Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

कपाल काट्ने तालिम सञ्चालन गर्दै चन्द्रागिरि नगरपालिका

खबरडबली संवाददाता

काठमाडौं । काठमाडाैंको चन्द्रागिरि नगरपालिकाले विभिन्न सीपमुलक तालिम कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

नगरको आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विभिन्न विषयमा तालिम कार्यक्रम सञ्चालन हुन लागेको हो ।

चन्द्रागिरि नगरपालिकाको आर्थिक विकास शाखाका अनुसार ती तालिम कार्यक्रम अन्तर्गत सिलाई, कटाईको आधारभूत ज्ञान भएका व्यक्तिका लागि एक महिने स्तरोन्नति तालिम, कलात्मक काष्ठ कला सम्बन्धी तालिम र कपाल काट्ने तालिम सञ्चालन हुन लागेको हो ।

कलात्मक काष्ठकला सम्बन्धी तालिम २ महिनाको हुनेछ भने सिलाई, कटाई र कपाल काट्ने तालिम एक महिनाको हुनेछ । नगरपालिकाले सञ्चालन गर्ने ती तालिम कार्यक्रममा सहभागिताका लागि चैत्र १९ गतेसम्म सम्पर्क राख्न सकिने नगरको आर्थिक विकास शाखा प्रमुख राजु बहादुर खड्काले जानकारी दिए । 

नगरमा बेरोजगार रहेका नागरिकहरूका लागि छोटो अवधिमै सीप सिक्दै आयआर्जनको ढोका खोल्न थप विषयमा तालिम कार्यक्रम सञ्चालन गर्न लागिएको चन्द्रागिरि नगरका प्रवक्ता कृष्ण प्रसाद खड्गीले बताए ।

प्रवक्ता खड्गीका अनुसार चन्द्रागिरि नगरले गरिबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत चन्द्रागिरि नगरपालिकाबाट विभिन्न समयमा सञ्चालन भएका तालिम/प्रशिक्षण लिएका प्रशिक्षार्थीहरूले सुरु गरेका व्यापार, व्यवसाय तथा सेवाहरूको प्रवर्द्धनका लागि वडागत रूपमा शहरी बजार सञ्चालन गरिरहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: