Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

पोर्चुगल र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । वैदेशिक रोजगारीमा युरोपेली मुलुक पोर्चुगल र क्रोएसिया पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगार विभागमा परेको उजुरीका आधारमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा पाँचपोखरी गाउँपालिका–२ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मिङमार लामा र मध्य नेपाल नगरपालिका–५ लमजुङ घर भई हाल बौद्ध बस्ने ३६ वर्षकै प्रकाश वंशी ठकुरी रहेका छन् ।

पक्राउ परेका लामाविरुद्ध आमान बोम्जन नामका व्यक्तिले आफूलाई क्रोएसिया पठाइदिन्छु भन्दै तीन लाख लिएर ठगी गरेको भन्दै उजुरी दिएको र ठकुरीले पोर्चुगल पठाइदिने भन्दै विशाल चौहानसमेत तीन जनासँग ११ लाख २७ हजार रकम लिएर ठगी गरेको उजुरी रहेको छ ।

दुवै जनालाई मंगलबार पक्राउ गरेर कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जानकरी दिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: हालसम्म ७२० मत खस्यो

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिलेसम्म ७ सय २० मत खसेको छ । दिउँसो साढे चार बजेसम्म ७ सय २० मत खसेको हो । बिहान करिब साढे ९ बजे...

जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण

धनुषा  । जापान सरकारको आर्थिक सहयोगमा धनुषामा दुई वटा सामुदायिक विद्यालयको भूकम्प प्रतिरोधात्मक एवं सुविधासम्पन्न भवन निर्माण भएकोे छ । प्लान इन्टनेसन...

हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक सिधा बस सेवा सुरु

हुम्ला । हुम्लाबाट काठमाडौंसम्म पहिलो पटक नियमित बस सेवा सुरु भएको छ। बुधबारदेखि यो सेवा सञ्चालनमा आएको हो। हुम्ला हिल्सा यातायात प्रालिका सञ्चालक ...

भक्तपुरको बालकोटका एमाले नेताहरु नेकपा प्रवेश

भक्तपुर । भक्तपुरको बालकोट–२ वडाका नेकपा (एमाले) का नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीको एकता अभियानमा सहभागी भएका छन् । उनीहरू आज नेपाली...

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending