Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

लगानी गर्दा बुझेर गर्न मन्त्री महासेठको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ । भेटमा संघका अध्यक्ष डा केसीले गैरआवासीय नेपालीले उठाएका मुद्दाप्रति नेपाल सरकारले हालसम्म गरेका विभिन्न नीतिगत व्यवस्था  र तिनको कार्यान्वयनका लागि कृतज्ञता व्यक्त गर्दै नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका विविध क्षेत्रको समृद्धिको लागि सरकार तथा सरोकारवालाहरुसँग हातेमालो गर्दै सहकार्यका लागि संघको तर्फबाट प्रतिबद्धता जनाए ।

सो क्रममा  अध्यक्ष डा केसीले देशको पूर्वाधार विकासका लागि विश्वभरका  गैरआवासीय नेपाली मिलेर १० अर्बको लगानी रहेको परियोजना सुरु गरेको जानकारी गराए । उनले भने ‘अहिले १० अर्ब लगानीबाट सुरु गरेपनि भविष्यमा हाम्रो योजना ५० अर्बको लगानी भित्र्याउनेछ ।’

त्यसका लागि गैरआवासीय नेपालीहरुको बाहुल्य रहेको देशमा रोड शो समेत गर्ने र त्यसमा नेपाल सरकारलाई समेत सहभागी गराउने योजना रहेको डा केसीले बताए ।

लगानी सम्मेलनमा एनआरएनएले सरकारसँग सहकार्य गर्न लागेको जानकारी गराउँदै अध्यक्ष डा केसीले गैरआवासीय नेपालीहरुलाई हालको समयमा लगानीको वातावरण बन्दै गएपनि केही प्रावधानको सहजीकरणका लागि निरन्तर छलफलमा रहेको उल्लेख गरे । केन्द्रमा मात्रै नभई नेपालका सातै प्रदेशका लागि बृहत योजना बनाई काम गर्ने रणनीति रहेको उनको भनाई थियो । सोही अवसरमा आगामी जुन महिनामा संघले प्रथम एनआरएन विश्व महिला सम्मेलन गर्न लागेको अवगत गराए ।

जवाफमा मन्त्री महासेठले लगानीका क्षेत्र पहिचान गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । बिना अध्ययन ठूला ठूला परियोजनामा लगानी गर्नुभन्दा साना तर लगानी सुरक्षित हुने क्षेत्र पहिचान गर्न आवश्यक रहेको उनको भनाई थियो ।  फरक प्रसंगमा मन्त्री महासेठले जो जहाँ भएपनि गैरआवासीय नेपालीहरु एउटै कित्तामा उभिएर देशको लागि हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो उनले भने ‘मन ठूलो बनाएर सबैसँग मिलेर अघि बढ्नुस् ।’

भेटमा संघकी महिला सचिव तथा विदेशमा नेपाली सामान प्रवर्द्धन कमिटीकी संयोजक राधिका गुरुङ एनआरएन अभियन्ता तीर्थ भट्टराई र अधिकृत कुनाल मिश्र उपस्थित थिए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अब त्रिविले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्नेछ: शिक्षाध्यक्ष प्राडा केसी

काठमाडौं । नेपाल सरकारले हालै त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्षमा प्रोफेसर डा खड्ग केसीलाई नियुक्त गरेको छ । २०५३ सालदेखि त्रिविमा प्राध्यापन कार्...

इलाममा तीन मतदान केन्द्रमा महिला कर्मचारीको नेतृत्वमा मतदान

इलाम । इलाम २ मा भइरहेको उपनिर्वाचनअन्तर्गत तीन मतदान केन्द्रमा महिला मतदान अधिकृत रहेका छन् । इलाम नगरपालिका ५ तोरीबारी, इलाम नगरपालिका ७ को मरब क्या...

प्रविधि प्रयोग गर्दा हुने जोखिमबारे सबैलाई सचेत गराउन आवस्यक

झापा । झापाको बिर्तामोडामा आयोजित कार्यक्रममा प्रविधिको बढ्दो प्रयोग, साइबर अपराध र कानुनी प्रणालीका बारेमा छलफल भएको छ । नारी सञ्चार गृह झापाकाे आयोज...

ताइवानमा ६.१ रेक्टरको भूकम्प

काठमाडौँ । ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी काउन्टी हुआलियननजिकै शनिबार गएको भूकम्पको तीव्रता ६.१ रिक्टर स्केल रहेको उक्त टापु...

अझै सम्पर्कविहीन रुसी सेनामा भर्ना भएका तनहुँका नौ युवा

तनहुँ। रुसी सेनामा भर्ना भएका यहाँका नौ युवा अझै परिवारको सम्पर्कमा नआएपछि परिवारजन शोक र चिन्तामा परेका छन्। स्वदेशमा केही गर्ने विकल्प नभएपछि रुसी स...

इलाममा नक्कली मतदानमा सम्लग्न ४ जना नियन्त्रणमा

काठमाडौं । इलाम २ मा भइरहेको उपनिर्वाचनमा एक्जिट पोलको नाममा नक्कली मतदान भएको छ। जारी उपनिर्वाचनमा एक्जिट पोलको नाममा मतदान केन्द्रभित्रै नक्कली मतपत...

इलाममा मिलन लिम्बूले गरे आचारसंहिता उल्लंघन

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेका छन् । शनिबार मतदानका क्रममा उनले निर्वाचन आचारसंह...

ट्राफिकको लापसे चेकिङमा ६ चालक नियन्त्रणमा

काठमाडौँ । काठमाडौंको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरूलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।  न...

को हुन् ‘मिस्टर एन्ड मिस नेशनल’मा बिजेताको दावेदारी प्रतिष्पर्धी रजिता ?

सुनसरी । पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा समेत रुची राख्दै गएकी कोशी प्रदेशको इटहरी निवासी रजिता पराजुली अहिले ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२४’ ना...

महोत्तरी एकडाराकी उपाध्यक्ष सहित ६ जनाले भ्रष्टाचार गरेको ठहर

महोत्तरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको एकडारा गाउँपालिकाकी उपाध्यक्ष महजवी खातुन सहित ६ जना विरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डौमा...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies