Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन

खबरडबली संवाददाता

वीरगञ्ज । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व सङ्कलन भएको हो ।  

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४० दशमलव ५५ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको बताउनुभयो । “विकास निर्माण लक्षित पुँजीगत खर्च हुने समय भर्खरै सुरु भएकाले पनि चालु आवमा राजस्व सङ्कलनमा सुधार हुने पर्याप्त सम्भावना रहेको छ”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यको कम्तीमा पनि ७२ देखि ७५ प्रतिशत राजस्व सङ्कलन गर्ने लक्ष्यसहित काम गरिरहेका छौँ ।” 

भन्सार कार्यालयले सरदर दैनिक रु ४० करोडको हाराहारीमा राजस्व सङ्कलन गर्ने गरेको छ । कार्यालयले विशेष गरी १२ शीर्षकमा राजस्व सङ्कलन गर्दै आएको प्रमुख भन्सार प्रशासक पन्थीले बताउनुभयो । यसअन्तर्गत भन्सार महसुल ९आयात०, मूल्यअभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार शुल्क, भन्सारसम्बन्धी अन्य आय र सडक मर्मत तथा सुधार दस्तुर, सडक निर्माण तथा सम्भार दस्तुर र विलासिता शुल्क उठाउँदै आएको छ । भन्सार विभागले चालु आवमा कार्यालयलाई रु दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको छ ।

प्रमुख भन्सार प्रशासक पन्थीका अनुसार साउनमा रु ११ अर्ब ८६ करोड राजस्व सङ्कलन भएको छ । भदौमा रु १२ अर्ब ७१ करोड, असोजमा रु १४ अर्ब २७ करोड, कात्तिकमा  रु १० अर्ब ३२ करोड, मङ्सिरमा रु १२ अर्ब ८२ करोड, पुसमा रु १२ अर्ब ७४ करोड, माघमा रु ११ अर्ब ८३ करोड तथा फागुनमा रु १३ अर्ब १३ करोड राजस्व सङ्कलन भएको छ । 

आव २०७९/८० को आठ महिनाको अवधिमा रु एक खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु एक खर्ब एक अर्ब ५३ करोड ८० लाख ७५ हजार राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक पन्थीले बताए । 

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल नेपालका उद्योगधन्दा धरासायी अवस्थाबाट गुज्रिरहेकाले पनि पर्याप्त मात्रामा उद्योगलाई आवश्यक पर्ने कच्चापदार्थ आयात नहुँदा राजस्व घटेको हुन सक्ने बताउछन्  । 

“सरकारले उद्योगी व्यवसायीलाई प्रवद्र्धन गर्ने खालको नीति ल्याउन जरुरी छ”, उनले भने ।
 
प्रमुख भन्सार प्रशासक पन्थी भने चालु आवमा भन्सारको राजस्व घट्नुमा विविध कारण भएको बताउछन् । “चालु आवमा इन्धनबाट चल्ने सवारी साधनको आयात निकै घटेको छ । आएका सवारीसाधन पनि अधिकांश विद्युतीय सवारीसाधन भएकाले राजस्वमा प्रत्यक्ष असर देखिएको हो”, उनले भने, “कच्चा खानेतेलको आयात ६२ प्रतिशतले गिरावट आएको छ । यसका साथै औद्योगिक क्षेत्रमा आवश्यक पर्ने कच्चापदार्थ र सुर्तीजन्य पदार्थको आयात घटेकाले राजस्व सङ्कलनमा प्रत्यक्ष असर देखिएको हो ।”

कार्यालयले आव २०७८/७९ मा रु दुई खर्ब चार अर्ब  राजस्व सङ्कलन गरेको थियो । आव २०७९/८० मा रु एक खर्ब ५७ अर्ब १५ करोड ४९ लाख २१ हजार सङ्कलन गरेको थियो । यस्तै कार्यालयले चालु आर्थिक वर्षका  आठ महिनाको अवधिमा भने रु ९९ अर्ब ७१ करोड राजस्व सङ्कलन गरेको छ ।

राजस्व सङ्कलनमा वीरगञ्ज भन्सार कार्यालय मात्रै होइन, समग्रमा सङ्घीय सरकारले पनि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न सकिरहेको छैन । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको २०८० चैत १४ गतेसम्मको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार राजस्व शीर्षकमा लक्ष्यको ४६ दशमलव ३५ प्रतिशत अर्थात् रु ६ रु खर्ब ५९ अर्ब ३४ करोड मात्रै सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा राजस्व शीर्षकमा रु १४ खर्ब २२ अर्ब ५४ करोड सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाको केन्द्रीय समिति बैठक जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...

यो बेलामा निर्वाचनमा जानुको विकल्प छैन: रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...

मधेश प्रदेशसभाको सभामुखमा जसपाका रामअशिष यादव निर्वाचित

जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...

कोशी प्राइड लिग क्रिकेट फागुन ९ देखि २१ गतेसम्म हुने

काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ ।  आयोजक ...

अनलाइन टिभी मिडियासँग सहकार्य गर्न सरकार तयार छ : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...

प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा कांग्रेसका ६५ सांसदको हस्ताक्षर, शीर्ष नेताले गरेनन्

काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...

रास्वपा केन्द्रीय कार्यालयमा रविलाई बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...

मधेश प्रदेशसभाको सभामुख पदका लागि मतदान आज, दुई प्रस्ताव पेस

जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...

२० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...

रास्वपाको केन्द्रीय समिति बैठकलाई रविले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending