Ntc summer Offer
Khabar Dabali १६ बैशाख २०८१ आईतवार | 28th April, 2024 Sun
NIMB

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध

खबरडबली संवाददाता

काठमाडौं । दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई आगामी मे महिनामा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुनबाट रोक लगाइएको निर्वाचन आयोगले जनाएको छ । 

दक्षिण अफ्रिकामा आगामी मे २९ अर्थात् २०८१ जेठ १६ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् १९९४ यता पहिलो पटक राष्ट्रपति निर्वाचन सर्वाधिक प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको अल जजिराले जनाएको छ । 

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो दल अफ्रिकन नेसनल कङ्ग्रेस ९एएनसी० परित्याग गर्नु भएका पूर्व राष्ट्रपति जुमाले हालैमात्र नयाँ दल एमखोन्टो विसिज्वे ९एमके० पार्टी खोल्नु भएको छ । सन् २०२१ मा अदालतको अवहेलनाको आरोपमा केही समय जेलसजाय भोग्नु भएका जुमाले नयाँ दल खोलेर आफ्नो राजनीतिक यात्रा पुनः प्रारम्भ गर्न चाहनु भएको छ ।

दक्षिण अफ्रिकी निर्वाचन आयोगका अध्यक्ष मोसोथो मोप्याले पूर्व राष्ट्रपति जुमालाई निर्वाचनमा भाग लिन नपाउने गरी निर्णय भएको पुष्टि गर्नु भयो । उहाँ विरुद्ध एक उजूरी परेको थियो, जसलाई आयोगले स्वीकार गरेको छ, अध्यक्ष मोप्याले भन्नुभयो ।

सन् १९९४ मा सत्तामा आएयता एएनसीले पहिलो पटक ५० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने अनुमान गरिएको छ । अफ्रिकामा राष्ट्रपति निर्वाचित हुन कम्तिमा ५० प्रतिशत मत ल्याउनु पर्दछ । मुलुकको कमजोर आर्थिक अवस्था तथा अत्यधिक भ्रष्टाचारको आरोप खेपिरहेको एएनसीलाई जनमत हासिल गर्न निकै धौधौ परेको बताइन्छ । 

कुनै समय नेल्सन मण्डेलाले नेतृत्व गर्नु भएको एएनसीले यदि ५० प्रतिशतभन्दा कम मत प्राप्त गरेको अवस्थामा पार्टीले अन्य दलसँग गठबन्धन गर्नुपर्ने हुन्छ । 

भ्रष्टाचारको आरोप लागेपछि जुमाको राष्ट्रपतीय कार्यकाल सन् २०१८ मा समाप्त भएको थियो । त्यसबखत जुमालाई हटाएर सिरिल रामाफोसा राष्ट्रपति बन्नु भएको थियो ।

जुमालाई सन् २०२१ मा एक भ्रष्टाचार मुद्दामा अदालतमा उपस्थित हुन भनिए पनि उहाँ अनुपस्थित भएपछि १५ महिनाको जेल सजाय सुनाइएको थियो । उहाँलाई जेल सजाय भएपछि उहाँका समर्थकले देशव्यापी प्रदर्शन, हिंसा र लुटपाट मच्चाएका थिए । उक्त हिंसात्मक घटनामा ३५० जनभन्दा बढीको मृत्यु भएको थियो । 

जुमालाई दुई महिनापछि औषधि उपचारका लागि भन्दै जेलमुक्त गरिएको थियो । तर माथिल्लो अदालतले जुमालाई जेलमुक्त गर्ने निर्णय सही नभएको भन्दै पुनः जेलमै राख्नुपर्ने सजाय सुनाएको थियो ।   

अहिले भने निर्वाचन आयोगले संविधानमा भएको एक प्रावधानका आधारमा जुमालाई राष्ट्रपतिमा उम्मेदवार हुनबाट रोकेको छ । आयोगका अनुसार, दक्षिण अफ्रिकाको संविधानमा कुनै पनि व्यक्तिलाई १२ महिनाभन्दा बढी समय जेलमा रहेको भए त्यस्तो व्यक्तिलाई राष्ट्रपति उठ्न नपाउने संवैधानिक व्यवस्था छ । 

पूर्व राष्ट्रपति जुमामाथि उहाँ सन् १९९० को दशकमा उपराष्ट्रपति हुँदा भएको एक हतियार खरिद सम्झौतामा भ्रष्टाचार गरेको आरोप समेत अदालतमा विचाराधीन छ । एजेन्सी 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बझाङमा मतगणना सुरु

काठमाडौं । बझाङ प्रदेशसभा (१) मा भएको उपनिर्वाचनको मतगणना सुरू भएको छ । छविसपाथिभेरा गाउँपालिका-१ र २ बाट गणना थालिएको जिल्ला निर्वाचन अधिकृत मनबहा...

काठमाडौंको शंखमूलमा आगलागी, गाडीको वर्कसपसहित ५ पसलमा क्षति

काठमाडौं । काठमाडौंको शंखमूलमा आगलागी भएको छ । शंखमुलको दोभानचोकमा आगलागी भएको हो।  दोभान पुल नजिक गाडीको वर्कसप र त्यस वरपरका पसलहरुमा आगलागीबाट क...

इलाम-२ मा सुहाङको अग्रता, मुढा दोस्रो

काठमाडौं । इलाम २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिम...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ ।  ...

चीनले गर्याे मे १ देखि नेपाली नागरिकलाई भिसा निःशुल्क

काठमाडौं । चीनले नेपाली नागरिकलाई भिसा निःशुल्क दिने भएको छ । नेपालस्थित चिनियाँ दूतावासले एक सूचना जारी गर्दै १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ...

नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छः महासङ्घ अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका अपार सम्भावना रहेको बताउँदै लगानीका लागि विश्वका लगानीकर्ताहरुला...

उपनिर्वाचन बझाङः १२ बजेदेखि गणना हुने

बझाङ । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर–१, मा भएको उपनिर्वाचनको मतगणना आइतबार दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ । ११ बजे सर्वदलीय बैठक बसेपछि १२ बजेद...

उपनिर्वाचनः बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ । बझाङमा मतपेटिका सङ्कलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक ...

शुरु भयो लगानी सम्मेलन, प्रधानमन्त्री प्रचण्डद्वारा उद्घाटन

काठमाडौं । आजदेखि दुईदिने तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौँमा शुरु भएको छ ।  होटल सोल्टीमा हुने लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहा...

बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

बझाङ । बझाङ–१ (१) मा हेलिकोप्टरबाट मतपेटिका ल्याइँदैछ । मतपेटिका संकलन भइसकेपछि सर्वदलीय बैठक बस्ने र दिउँसोसम्ममा मतगणना सुरु गर्ने तयारी छ ।  साइ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies