स्याङ्जा । स्याङ्जाको वालिङमा रहेको आप्रवासी स्रोत उपकेन्द्रको सहजीकरणमा मृतकका आफन्तले झन्डै रु दुई करोड क्षतिपूर्ति प्राप्त गरेका छन् ।
विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म आप्रवासी स्रोत उपकेन्द्रमा नौ मृतकका आफन्तले क्षतिपूर्तिको सहजीकरणका लागि निवेदन दिएकामा प्रक्रिया पूरा गरी नौजनाकै समस्या समाधान गरिएको परामर्शकर्ता भुसालले बताए।
मृतकका आफन्तलाई रु एक करोड ७३ लाख छ हजार क्षतिपूर्तिबापत रकम उपलब्ध गराइएको हो । त्यस्तैगरी, ठगीसम्बन्धी तीन समस्यामध्ये एउटा समाधान गरी रु सात लाख फिर्ता गराइएको होभने दुईजनाको प्रक्रियामा रहेको छ ।
पासपोर्ट होल्ड, भिसा चेक, परिवार तथा कामदार बिरामीजस्ता विभिन्न समस्यामा परेका १९ उजुरीमध्ये आप्रवासी स्रोत उपकेन्द्रमार्फत प्रक्रिया थाली पाँचवटा समाधान भएको उहाँले बताए । पाँचवटा समस्याको समाधान गर्दा रु दुई लाख पाँच हजार आर्थिक सहायता उपलब्ध गराइएको हो । बाँकी १४ वटा समस्या समाधानका लागि प्रक्रियामा रहेका छन् ।
इलाका प्रशासन कार्यालय वालिङमा राहदानीका लागि आएका व्यक्तिले साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम ९सामी० बाट तीन हजार ५० जनाले परामर्श लिएका हुन् । सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आइरहेको उनले बताए ।
“इलाका प्रशासन कार्यालय वालिङमा राहदानी बनाउन आएका व्यक्तिहरुको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवं शोषणरिहत बनाउनका लागि सामी कार्यक्रममार्फत परामर्श दिन्छौँ”, उहाँले भन्नुभयो, “परामर्श लिएर वैदेशिक रोजगारीमा जाँदै गर्दा धेरै सहज भएको बुझाइ हाम्रो छ ।”
आप्रवासी स्रोत केन्द्र वालिङमा परामर्श लिनेहरु दैनिकजसो आउने गरेका छन् । इलाका प्रशासन परिसरमै रहेको उक्त केन्द्रमार्फत परामर्श लिने बढ्दै गएका छन् । आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा छ महिनामा पुरुष एक हजार छ सय २२ र महिला एक हजार चार सय २८ रहेका उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै वालिङ नगरपालिकाका व्यक्तिहरुलाई परामर्श दिइएको छ । वालिङका कूल नौ सय ८६ जनाले परामर्श लिएका छन् ।
यसैगरी, गल्याङ नगरपालिकाका छ सय २८, चापाकोट नगरपालिकाका पाँच सय २७, कालीगण्डकी गाउँपालिकाका चार सय ३६, हरिनास गाउँपालिकाका एक सय ६२, भिरकोट नगरपालिकाका एक सय ६१, बिरुवा गाउँपालिकाका एक सय ४५, आँधीखोला गाउँपालिकाका दुई, पुतलीबजार नगरपालिका तथा फेदीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका एक–एक जनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिइएको हो ।
नेपाल सरकार र स्विटजरल्यान्ड सरकारबीच द्विपक्षीय सम्झौता भई सामी कार्यक्रम सञ्चालनमा रहेको छ । वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्य यस कार्यक्रमले राखेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...
पौष ८ गते, २०८२ - १३:४७
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बसाउने भएको छ। पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलका अनुसार बैठक दिउँसो १ ब...
पौष ८ गते, २०८२ - १३:४२
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनी भएका पार्टी कार्यालय अनुगमन गर्न र राजनीतिक दलहरूसँग संवाद गर्न सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली क...
पौष ८ गते, २०८२ - १३:३३
काठमाडौं । सरकारले गठन गरेको राजनीतिक संवाद समितिको टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालय अनुगमन गरेको छ।...
पौष ८ गते, २०८२ - ११:४८
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले संसद पुनर्स्थापनाको बाटो रोज्दै पार्टी महाधिवेशन ढिलो गर्नु कांग्रेसका लागि गम्भीर रूपमा प्रत्युत्पाद...




प्रतिकृया लेख्नुहोस्: