Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

पाँच जनाको मृत्युसँग सम्बन्धित स्वास्थ्य पूरक बनाउने कारखानामा जापानी प्रहरीको छापा

खबरडबली संवाददाता

काठमाडौं । जापान सरकारका स्वास्थ्य अधिकारीहरूले शनिबार स्वास्थ्य पूरक बनाउने एक कारखानामा छापा मारेको बताएका छन् । उनीहरूका अनुसार उक्त कारखानाबाट उत्पादिन स्वास्थ्य पूरकको सेवनले कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै अस्पताल भर्ना भएका छन् ।     

सार्वजनिक प्रसारक एनएचकेसहित जापानी टिभी समाचारहरूमा व्यापकरूपमा देखाइएको छापामा गाढा रङको सुट लगाएका करिब एक दर्जन व्यक्तिहरू कोबायाशी फर्मास्युटिकल कम्पनीको ओसाका संयन्त्रमा पसेका थिए । 

कम्पनीले मिर्गौला फेल हुने बिमारीको सही कारणबारे अत्यन्त कम जानकारी भएको बताएको छ । सरकारी स्वास्थ्य अधिकारीहरूको सहकार्यमा उत्पादनहरूको अनुसन्धान भइरहेको छ ।

सबै पूरकहरूले ‘बेनिकोजी’ को प्रयोग गर्थे । कोबायाशी फर्मास्युटिकल्सको बेनिकोजी कोलेस्टे हेल्प नामक गुलाबी चक्कीहरूलाई कोलेस्ट्रलको स्तरलाई कम गर्न सहयोग गर्ने बताइएको थियो ।

पश्चिमी जापानी सहर ओसाकास्थित कोबायाशी फर्मास्युटिकल्सले पछिल्लो तीन आर्थिक वर्षमा करिब १० लाख प्याकेज बेजिकोजी बिक्री गरेको बताएको छ । कम्पनीले बेनिकोजीलाई अन्य निर्माताहरूलाई पनि बिक्री गरेको छ र केही उत्पादनको निर्यात पनि गरेको छ । पूरकलाई चिकित्सकको प्रेस्क्रिप्सनबिना औषधि पसलमा खरिद गर्न सकिन्छ ।    

बेनिकोजीको प्रयोग वर्षौंदेखि विभिन्न उत्पादनमा भइरहेको भए पनि सन् २०२३ मा स्वास्थ्य समस्याहरूको रिपोर्ट आएको थियो । 

कम्पनीका अध्यक्ष अकिहिरो कोबायाशीले तत्काल कारवाही नगरेकामा माफी माग्नुभएको छ । कम्पनीको समस्याका बारेमा आधिकारिक मेडिकल रिपोर्ट प्राप्त भएको दुई महिनापछि मार्च २२ मा यी औषधि फिर्ता गरिएको छ ।

उक्त उत्पादन प्रयोग गरेपछि पाँच जनाको मृत्यु भएको र अन्य एक सय १४ जनाको अस्पतालमा उपचार भइरहेको कम्पनीले शुक्रबार बताएको छ । जापानको स्वास्थ्य मन्त्रालयले मृत्यु र बिरामीका लागि पूरक जिम्मेबार रहेको बताउँदै प्रभावित मानिसहरूको सङ्ख्या बढ्नसक्ने चेतावनी दिएको छ ।

केही विश्लेषकहरूले हालैको कमजोर अनुगमन पहललाई दोष दिएका छन् । उनीहरूका अनुसार कमजोर अनुगमनले आर्थिक विकासलाई गति दिनका लागि स्वास्थ्य उत्पादनहरूको अनुमोदनलाई सरल र गति दिएको छ । 

यद्यपि उपभोक्ता उत्पादनहरूमा सरकारी जाँच तुलनात्मकरूपमा अपेक्षाकृत कडा भएकाले जापानमा ठूलो मात्रामा उत्पादित वस्तुहरूबाट मृत्यु विरलै हुन्छ । सरकारले पूरकसम्बन्धी रोगहरूको प्रतिक्रियामा अनुमोदन प्रणालीको समीक्षा गर्न आदेश दिएको छ । यसको प्रतिवेदन मेमा आउन बाँकी छ ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending