चितवन । चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो।
प्रजनन केन्द्रमा सात वर्ष पूरा भएका घडियाल गोहीलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालसहित विदेशी पर्यटकको उपस्थितिमा निकुञ्जको मुख्यालय नजिकै रहेको राप्ती नदीमा छाडिएको हो।
त्यस अवसरमा भरतपुर महानगरपालिका प्रमुख दाहालले बर्सेनि बाढीको समय घडियाल गोही बगेर भारत जाने समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने बताए।
घडियाल गोही भरतपुर तथा चितवन र नवलपुरको पर्यटनको अर्को पहिचान भएकाले यसको संरक्षण गरी पर्यापर्यटनसँग जोड्नुपर्ने उनको धारणा थियो । महानगर प्रमुख दाहालले प्रजनन केन्द्रमा अहिले पनि अध्ययन अनुसन्धानका लागि धेरै विदेशी पर्यटक आउने गरेकाले अनुसन्धानको थलो बनेको बताए।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल पुर्जा पुनले घडियाल गोही विश्वका केही देशमा पाइने भएकाले यसको संरक्षण गर्न नदीलाई प्रदूषणमुक्त बनाउनुपर्नेमा जोड दिए।
घडियाल गोही नेपाल, भारत, पाकिस्तान, भुटान, बङ्गलादेशमा र म्यानमारमा करिब १० हजारको सङ्ख्यामा प्राकृतिक अवस्था विचरण गर्ने गरेको र यो सङ्ख्या सङ्कटग्रस्त भएकाले यसको संरक्षणमा सबै पक्ष लाग्नुपर्नेमा उनले जोड दिए।
गोही संरक्षणका लागि २०३० सालमा स्थापना भएको प्रजनन केन्द्रले अण्डा सङ्कलन गरी वार्षिक दुई सय बच्चा उत्पादन गर्ने गरेको उनले जानकारी दिए। निकुञ्जका अनुसार प्रजनन केन्द्रमा हुर्किएका एक हजार नौ सय १७ वटा गोही नदीमा छाडिएका छन्। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: