मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिएको छ ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आइबार आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेशसभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो ।
बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो ।
बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदै छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
बागमतीको एक सय १० सदस्यीय प्रदेशसभामा बहुमत कायम रहन मुख्यमन्त्री जम्कट्टेलले ५६ मत प्राप्त गर्नुपर्ने हुन्छ । प्रदेशसभामा कांग्रेसका ३७, नेकपा (एमाले) का २७, नेकपा (माओवादी केन्द्र) का २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १३, नेकपा (एकीकृत समाजवादी) का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ८ गते, २०८१ - १८:२३
पेशावर । पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा भएको साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते भएको पाकिस्तानी सुरक्षा अधिकार...
मंसिर ८ गते, २०८१ - १८:२०
इलाम । इलामको नेपाल भारत सीमावर्ती बजार पशुपतिनगरमा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीको संक्रमणपछि सुस्ताएको पशुपतिनगरमा भारतीय पर्यटकको...
मंसिर ८ गते, २०८१ - १७:५८
महेन्द्रनगर । कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना४ख ७७५५ नम्...
मंसिर ८ गते, २०८१ - १७:५६
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बिआरआई)मा ऋण अस्वीकार्न नसकिने बताएका छन् । सिरहाको लहानमा शनिबार कांग्...
मंसिर ८ गते, २०८१ - १७:५४
पोखरा । पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ । प्याराग्लाइडिङ, जिपलाइन र बञ्जीजम्प, स्का...
मंसिर ८ गते, २०८१ - १७:४५
ब्रसेल्स । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुख मार्क रुटबिच फ्लोरिडामा ‘नेटो गठबन्धनले साम...
मंसिर ८ गते, २०८१ - १७:४१
बाँके । चिसो मौसम सुरु भएसँगै बाँकेमा फेरि एक पटक रगत अभाव सुरु भएको छ । जाडोको मौसममा अन्य समयको तुलनामा रक्तदान कम हुने हुँदा रगत अभाव सुरु भएको नेप...
मंसिर ८ गते, २०८१ - १७:३६
भारत । बोल्न र सुन्न समस्या भएका २५ वर्षीय रोहिताश कुमारलाई बिहीबार बिरामी परेपछि उपचारका लागि अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरे । अस्पताल...
मंसिर ८ गते, २०८१ - १७:३२
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा व्यहोरेका छ । भन्सार विभागले सार्वजनिक गरेक...
मंसिर ८ गते, २०८१ - १७:२८
धनगढी । सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। शनिबार बिहान करिब ११ बजे सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेख...
प्रतिकृया लेख्नुहोस्: