काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घर तथा कार्यालयहरूमा गरिएको छापामारीप्रति आपत्ति जनाएका छन्। सोमबार जारी विज्ञप्तिमार्फत उनले राज्यका निकायले अनुरोध गर्दा आफू उपस्थित हुन तयार हुँदाहुँदै छापा मारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
उनले भनेका छन्, “राज्यको एक जिम्मेवार पदाधिकारीको हैसियतले पुन: स्पष्ट पार्न चाहन्छु कि संवैधानिक र कानूनी दायराभित्र रहेर गरिने हरेक अनुसन्धानमा मेरो पूर्ण समर्थन र सहयोग रहनेछ।”
मुख्यमन्त्री बानियाँले आफ्ना शुभेच्छुक तथा समर्थकहरूलाई चिन्तित नहुन आग्रह गर्दै आफूले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
यसअघि अवैध सम्पत्ति लुकाएको आशंकामा सम्पत्ति शुद्धीकरण विभागले हेटौंडास्थित उनको घर र व्यवसाय, साथै काठमाडौंको नक्साल र सुन्धारास्थित कार्यालयहरूमा छापा मारेको थियो। छापामारीका क्रममा केही कागजात तथा प्रमाण संकलन गरी सर्जमिन र मुचुल्का समेत तयार गरिएको बताइएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँ विगतमा निर्माण व्यवसायसँग आबद्ध थिए र हाल पनि विभिन्न व्यावसायिक क्षेत्रमा उनको लगानी रहेको बताइन्छ।
विज्ञप्तिमा उनले आफूले प्रदेश सरकारमा खर्च कटौती, आर्थिक मितव्ययिता र पारदर्शितालाई प्राथमिकता दिँदै आएको उल्लेख गरेका छन्। “आवश्यकता र औचित्यतामा आधारित योजना तथा कार्यक्रम तथा बजेटमा पारदर्शिता अघि बढाइएको छ,” उनले भनेका छन्।
उनले थपे, “राजनीतिक र व्यावसायिक जीवनका विषयमा हुने छानबिनलाई मैले सकारात्मक रूपमा लिएको छु। तर सञ्चार माध्यममा आएका समाचारअनुसार गरिएको छापामारीले मेरो व्यक्तिगत तथा सामाजिक चरित्रमा आघात पुगेको महसुस भएको छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १५ गते, २०८३ - १८:०६
काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...
आषाढ़ १५ गते, २०८३ - १८:००
काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...
आषाढ़ १५ गते, २०८३ - १७:४२
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...
आषाढ़ १५ गते, २०८३ - १७:३२
काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...
आषाढ़ १५ गते, २०८३ - १७:१८
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...
आषाढ़ १५ गते, २०८३ - १६:५२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...
आषाढ़ १५ गते, २०८३ - १६:३५
काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...
आषाढ़ १५ गते, २०८३ - १६:०३
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...
आषाढ़ १५ गते, २०८३ - १५:५६
काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...
आषाढ़ १५ गते, २०८३ - १५:४४
काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्। सोमब...



प्रतिकृया लेख्नुहोस्: