Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’

खबरडबली संवाददाता

एजेन्सी । दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बीच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई आइतबार सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताएकी छन् । 

मुख्यमन्त्री केजरीवालको पक्षमा समर्थन जुटाउन आम आदमी पार्टी (आप), विपक्षी दलहरूको गठबन्धन (इन्डिया) र उसका साझेदारहरूको शक्ति प्रदर्शनमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सुनिताले भनिन्, “केजरीवाल देशभरका करोडौं जनताको हृदयमा बसिसकेकोले संघीय सरकारले उहाँलाई लामो समयसम्म हिरासतमा राख्न सक्दैन ।”

दिल्लीका मुख्यमन्त्री हाल मदिरा नीतिसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशालय (इडी) को हिरासतमा छन् । उक्त मुद्दा अनुसन्धानका लागि उनलाई १ अप्रिल (सोमबार) सम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उनले भनिन्, “केजरीवालले जुन दृढ सङ्कल्प र साहसका साथ लड्नुभएको छ यसले भारतीय स्वतन्त्रताका लागि सङ्घर्षका क्रममा अन्तिम बलिदान दिएका स्वतन्त्रता सेनानीहरूको सम्झना गराउँछ ।”

सभालाई सम्बोधन गर्दै उनले आगामी लोकसभा चुनावमा सत्तामा आएमा विपक्षी गठबन्धनले पूरा गर्ने बताएका छ वटा वाचा पढेर सुनाएकी थिइन् । 

विपक्षी गठबन्धनले देशभर २४ सै घण्टा बिजुली आपूर्ति, गरिबका लागि निःशुल्क विद्युत सेवा, प्रत्येक इलाका/गाउँमा राम्रो सरकारी विद्यालय, स्वामीनाथन आयोगको प्रतिवेदन अनुसार किसानहरूको सहयोगका लागि लागि न्यूनतम समर्थन मूल्य र दिल्लीलाई पूर्ण राज्यको दर्जा प्रदान गर्नु समावेश छ । केजरीवाललाई ईडीले २१ मार्चमा मदिराको अन्तः शुल्क नीतिसम्बन्धि मुद्दामा घण्टौँ लामो सोधपुछपछि गिरफ्तार गरेको थियो ।

आइतबार सबै प्रमुख विपक्षी नेताहरू रामलीला मैदानमा मञ्चमा भेला भएर केजरीवालको गिरफ्तारीको विरोध गरेका थिए ।

महार्‍यालीलाई सम्बोधन गर्दै आम आदमी पार्टीका वरिष्ठ नेता तथा दिल्लीका मन्त्री गोपाल रायले वर्तमान् मुख्यमन्त्री केजरीवाललाई मदिरा नीति प्रकरणमा पक्राउ गर्नुपर्ने कारणबारे प्रश्न उठाएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उष्ण लहरले दक्षिण कोरियामा बन्दागोभीको मूल्य बढाउँदा किम्ची खतरामा

सोल । दक्षिण कोरियामा अभूतपूर्व उष्ण लहरले बन्दागोभीको मूल्य बढाएको शुक्रबार सार्वजनिक भएको तथ्याङ्कले देखाएको छ । बन्दागोभी दक्षिण कोरियाको लोकप्रिय ...

इजरायकाे हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहिबार राति इजरायले गरेको हवाई आक्रमणमा परी कैयाैँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् ।  इजर...

तामाको तरकारीकाे माग बढेपनि उत्पादन घट्दो

बर्दिवास । नेपाली स्वाद र संस्कृतिको पहिचान बनेको तामाको माग बढ्दो क्रममा छ । बजारमा तामा किन्नेको भीडभाड थेग्ननसक्नु छ । शुभ कार्यदेखि पितृ कार्यसम्म...

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

सिरहा । सिरहाको एक आधारभुत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभ...

नारायणी नदीमा एक शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा एकजना पुरुषको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय त्रिवेणी...

लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ

काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ गरेको छ ।  जसमा कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीस्थित नेपाल भारत सिमा...

प्रधानमन्त्री ओली कतारको दोहामा

दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युय...

प्रधानसेनापति र भारतका राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका महामहिम राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएको शिष...

मनपरी ढङ्गले चल्ने र पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय छ: अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम्  पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनीय रहेको बताएक...

कोभिड विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु

बाँके । बाँकेमा कोभिड–१९ विरुद्धको फाइजर बाइभ्यालेन्ट खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत नरेश श्रेष...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy