नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरङ्कुश पञ्चायती कालरात्रि जस्तो छ!
मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरु राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए!
दिनदिनै रेडियोबाट समाचार आउँथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पञ्चायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी) का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुसी गर्थे - राजाको निरङ्कुश ‘पञ्चायती प्रजातन्त्र’ सय वर्ष टिक्ने भयो!
अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पञ्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमतसंग्रहमा बहुदललाई धाँधली गरेर हराइयो!
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट बिदा भए! बिपीले केही वर्षपछि २०३९ सालमा हताश र निराश अवस्थामा इहलोक परित्याग गरे।
दश वर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिस्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिस्टका भित्तामा पुष्पलाल सजिए।
परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश वर्षको सशस्त्र सङ्घर्ष र त्यसको पूरक जनआन्दोलन/मधेस विद्रोह लगायतका सङ्घर्षको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो!
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो!
युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भइरहेछन्।बाबुरामहरू जस्ता केही “मूर्ख” हरू नयाँ ढङ्गले राजनीतिको अग्रगामी पुनर्संरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!
के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ती सच्याऊँ, इतिहास दोहोरिन नदिऊँ!
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमा राखेको अंश
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १३ गते, २०८२ - ०९:०७
काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...
चैत्र १३ गते, २०८२ - ०८:५७
डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...
चैत्र १३ गते, २०८२ - ०७:५७
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता ...
चैत्र १३ गते, २०८२ - ०७:५३
विद्यालय र अस्पताल झनै समस्यामा
चैत्र १३ गते, २०८२ - ०७:५०
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...
चैत्र १३ गते, २०८२ - ०७:४४
दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो। जिल्ला प्रहरी का...
चैत्र १३ गते, २०८२ - ०७:३१
काठमाडौँ । मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...
चैत्र १३ गते, २०८२ - ०७:२६
काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...
चैत्र १३ गते, २०८२ - ०७:२४
काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...
चैत्र १३ गते, २०८२ - ०७:२०
काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...



प्रतिकृया लेख्नुहोस्: