Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

हट्यो पाठ्यपुस्तकको अभाव- शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै वितरण

खबरडबली संवाददाता

काठमाडौं । नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै जिल्लाका स्थानीय तहका विद्यालयमा पाठ्यपुस्तक पुगेका छन् । हरेक वर्ष पाठ्यपुस्तक अभाव खेप्दै आएका यहाँका सामुदायिक विद्यालयले यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पाठ्यपुस्तक पाएका हुन् ।  

बाजुरामा  तल्लो क्षेत्रका बूढीगङ्गा, त्रिवेणी र बडीमालिका नगरपालिकाका साथै खप्तड छेडेदह र गौमूल  गाउँपालिकाका सामुदायिक विद्यालयमा जनकशिक्षा सामग्री केन्द्रको आधिकारिक बिक्रेता करुणा पुस्तक पसलले पाठ्यपुस्तक खरिद गरी पु¥याएको हो । 

पूर्वी उत्तरी भेगका चार पालिकाका सामुदायिक विद्यालयमा पनि पाठ्यपुस्तक वितरण गर्न थालिएको छ । यहाँका बूढीनन्दा नगरपालिका तथा हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकामा रारा कर्णाली पुस्तक पसल कोल्टीले जिम्मेवारी लिएसँगै वितरण सुरु गरिएको जनाइएको छ । 

प्रत्येक वर्ष सामुदायिक विद्यालयले पाठ्यपुस्तक अभावका कारण पठनपाठनमा समस्या हुने गरेकामा यस वर्ष शैक्षिकसत्र सुरु हुनु एक महिनाअगावै पुस्तक पाइएको पशुपति माविका प्रधानाध्यापक दयाराम जोशीले बताए । 

शैक्षिकसत्र सुरु हुनुभन्दाअगावै पाठ्यपुस्तक पुगेको भन्दै केही अपुग भएमा विद्यार्थी भर्नापश्चात् सोहीअनुसार पुनः माग गर्न सकिने प्रअ जोशीले बताए । समयमै पुस्तक पुगेसँगै शैक्षिकसत्र सहजरुपमा सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

विगतका वर्षमा शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो । आगामी शैक्षिकसत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते नै पुस्तक पुगिसकेको प्रअ जोशीले जानकारी दिए । 

जनकशिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले यही चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको जनाएको छ । जिल्लामा एक लाख १० हजार ३७ थान पाठ्यपुस्तक पुगिसकेको कार्यालयका प्रमुख रामबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बाजुरामा आठ बिक्रेतामध्ये सात जनाले पुस्तक लिइसकेका छन् भने एक जना लिने क्रममा छन् । 

बाजुरामा विसं २०८१ का लागि अनुमानित एक लाख २७ हजार आठ सय छ थान पाठ्यपुस्तक रहेको कार्यालयका प्रमुख कुँवरले बताए । सोमध्ये ८६ प्रतिशत पुस्तक जिल्लामा पुगिसकेका भन्दै बाँकी केही दिनमा पुग्ने उहाँले जानकारी दिए । 

करुणा पुस्तक तथा डेल्टा स्टोरका सञ्चालन नृप खातीका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामै पाठ्यपुस्तक पुगेका बताए । “आफूले वितरण गर्ने कार्यक्षेत्रमा ९५ प्रतिशत विद्यालयमा पुस्तक पुगिसकेको छ”, उनले भने, “बाँकी रहेका विद्यालयमा केही दिनमा पु¥याउने छौँ ।”

केन्द्रले प्रदेशका विकट तथ दुर्गम गाउँलाई पहिलो प्राथमिकतामा राखेर पुस्तक बिक्री तथा वितरण सुरु गरिएको जनाएको छ । बाजुरापछि दार्चुला र बझाङमा पनि वितरण भइसकेको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले जानकारी दिए । 

उनका अनुसार दार्चुलामा ९१ हजार चार सय ८६ थान र बझाङमा २६ हजार ५१ थान पुस्तक पठाइसकिएको छ । सबै जिल्लामा चैत महिनाभित्रमा पुस्तक पठाइसक्ने जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।

आगामी शैक्षिकसत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान पुस्तक आवश्यकपर्ने अनुमान गरिएको छ । बाजुरामा ढुवानीबापत १६ प्रतिशत खर्च जनकशिक्षाले दिनेछ । चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीले दाबी गरेको छ । केन्द्रले चालु शैक्षिकसत्रमा १७ लाख ४१ हजार ७८ थान पुस्तक बिक्री गरेको थियो ।

पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकासा भएको छैन् । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ ।

प्रदेशका स्थानीय तहले पुस्तक खरिदका लागिसमेत बजेट विनियोजन र निकासा नगरेको पाइएको छ । ८८ स्थानीय तहमध्ये अधिकांशले बजेट विनियोजन र निकासा गरेका छैनन् ।

सामुदायिक विद्यालयमा पुस्तक खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको केन्द्रको प्रादेशिक कार्यालयका प्रमुख कुँवरले बताए । पाठ्यपुस्तकका लागि रकम निकासा नहुँदा समस्या हुनसक्ने उनको भनाइ छ ।

“स्थानीय तहहरुले विद्यालयलाई रकम दिने हो । सम्बन्धित विद्यालयले व्यवसायीलाई दिने हो । रकम निकासा नभएको भन्ने आएको छ । यसले गर्दा केही समस्या पर्छ कि भन्ने आशङ्का गरेका छौँ”, प्रमुख कुँवरले भने। 

उनका अनुसार पाठ्यपुस्तक बिक्रेताले भने केन्द्रबाट खरिद गरेर विद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै बजेट निकासा दिए वितरण गर्न बाँकी रहेका पुस्तक पनि समयमै विद्यालय पुग्ने उनको भनाइ छ ।

ताप्लेजुङमा पनि पुग्यो 

ताप्लेजुङका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको छ । जिल्लाका स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीमार्फत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण सुरु भएको हो । 

शैक्षिक सत्र सुरु हुनुभन्दा दुई साता अघि नै पाठ्यपुस्तक जिल्लामा आएपछि वितरण सुरु गरिएको जिल्लास्थित पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले जनाएको छ ।

तत्कालका लागि कक्षा १ देखि १० सम्मका २२ हजार थान पाठ्यपुस्तक आएसँगै वितरण सुरु गरिएको महासङ्घका अध्यक्ष ज्ञानप्रसाद मिश्रले जानकारी दिए । 

उनका अनुसार नेपाली माध्यमका प्रतिकक्षा एक हजार पाँच सयका दरले १५ हजार थान, कक्षा १ देखि ७ सम्म अङ्ग्रेजी माध्यमका तीन हजार पाँच सय थान र लिम्बू भाषाको पुस्तक कक्षा १ देखि ७ सम्मको तीन हजार पाँच सय थन छन् । 

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै सम्बन्धित विद्यालयमा पाठ्यपुस्तक पु¥याउने गरी जिल्लामा पुस्तक ल्याइएको सङ्घका सदस्य दिनेश भट्टराईले बताए । 

उनले भने,“यस वर्ष सबै कक्षाका पुस्तकमा कुनै पनि विषय छुट्टाएका छैनौँ । विद्यार्थीलाई एक थानमा हुने सबै पुस्तक एबैपटक उपलब्ध गराएका छौँ।” 

महासङ्घले जनक शिक्षा सामग्री केन्द्र लिमिटेड विराटनगरबाट सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ल्याएको हो । ताप्लेजुङमा तीन सय ३० सामुदायिक विद्यालय रहेका जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन पूर्वप्रधानमन्त्रीविरुद्ध सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको हो?

काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल 'प्रचण्ड'विरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थ...

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बालेनले सोमबार दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। ...

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुरको विज्ञप्तिले झन्झन् पेचिलो हुँदै कांग्रेस विवाद

काठमाडौं । आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै तथा निर्वाचनमा अनपेक्षित हार खाएकै वेला कांग्रेसको आन्तरिक विवाद झन्झन् बढ्दै गएको छ । जे...

औपचारिक माफी माग्ने सरकारको प्रतिबद्धताप्रति दलित समुदायद्वारा स्वागत

काठमाडौँ । दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि सरकारले औपचारिक रूपमा माफी माग्ने विषयको दलित समुदायले स्वागत गरेका छन् । दलित समुदायका नेता...

पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य: नेपाल उद्योग परिसंघ

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै पुराना ऐन खारेजी तथा नीतिगत सुधारको प्रतिबद्वताप्रति नेपाल उद्योग परिसंघ...

लहान नगरपालिकाका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

सिरहा । यहाँको लहान नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकहरूको विगत चार महिनादेखि तलब रोकिएको छ । तलब नपाउँदा उनीहरूको दैनिकी चलाउनै समस्या भएको गुनास...

यस्तो छ कृषि उपजको आजका लागि थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

गतलाङ क्षेत्रमा ‘ड्रोन’बाट वनस्पतिका बीउ छरिदै

रसुवा । डडेलोका कारण उजाड बनेको यहाँको गतलाङस्थित वन क्षेत्रलाई पुनः हरियाली बनाइने भएको छ । यसका लागि डिभिजन वन कार्यालयले ‘ड्रोन’मार्फत वनस्पतिका बी...

एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।  सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरे। ...

स्पा सेन्टरमा बालिकालाई काममा लगाएको आरोपमा लेकसाइडका आठ सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा सेन्टरमा बालिकाहरूलाई काममा लगाएको आरोपमा आठ जना स्पा सञ्चालकलाई आइतबार पक्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending