Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

केन्द्रीय बैंकले १३ अर्ब ५ करोडको ट्रेजरी बिल नवीकरण गर्दै

खबरडबली संवाददाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९१ दिन र १८२ दिनको लागि १३ अर्ब ५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। मंगलबार चैत २० गते सो ट्रेजरी बिल जारी हुने छ। यस ट्रेजरी बिलका लागि सोमबार(आज) दिउँसो ३ बजे बोलकबोल हुनेछ। 

केन्द्रीय बैंकले ९१ दिनका लागि ७ अर्ब ७५ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १९ गते परिपक्व हुने बैंकले जनाएको छ। साथै, १८२ दिनको लागि ५ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज १५ गते परिपक्व हुनेछ।

बैंकले ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ। सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन्। 

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता नपाउने

काठमाडौं ।  नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको छ । यही वैशाख २१ र २२ गते एएफसीका प्रतिनिधिल...

बाँकेमा ‘लू’ चल्दा जनजीवन कष्टकर

बाँके ।  अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन प्रभावित बन्दै गएको छ । दिउँसो १२ बजेपछि बेलुका ५ बजेसम्म अत्यधिक गर्मी र तातो हावा ‘लू’...

समीकरण फेरिएपछि दलमा विचलन आउनुहुन्न: महासचिव पोखरेल

ताप्लेजुङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नयाँ राजनीतिक समीकरणबाट सरकार बनेपछि कांग्रेसमा देखिएको विचलन दुःखदायी भएको बताएका छन् । एमाले ताप्ले...

सिंहदरबारमा सभामुखले बोलाएको शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी...

नफुटी मिलेर जान उपेन्द्रलाई प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । उपप्रधान एवम् स्वास्थ्यम...

जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरे

जुम्ला  । जुम्लामा भीरबाट खसेर ७० वटा भेडा मरेका छन् ।  भेडाहरुको बथानमा भालु पसेपछि तर्सिएर भागेका भेडाहरु भीरबाट खसेर मरेका हुन् । भागेका एक सय द...

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा स्तरोन्नतिमा भइरहेको ढिलासुस्तीको प्रत्यक्ष मार यात्रु र सवारीचालकले खेप्नुपरिरहे...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता, आत्मनिर्भरता र स्वरोजगारी प्रवद्र्धन गर्न पालिकाभित्र रहेका उद्यमीहरुलाई सरल...

हुन्डी कारोबारको आशंकामा ठमेलको चिनियाँ होटलमा छापा, तीनजना सीआईबीको नियन्त्रणमा

काठमाडौं । हुन्डी कारोबारको आशंकामा ठमेलस्थित एक होटलमा केन्द्रीय अनुसन्धान ब्युरोले छापा मारेको छ । चिनियाँ नागरिकले सञ्चालन गरेको होटलमा सीआईबीले छा...

अनलाइन सट्टेबाजी गराउने १३ भारतीय पक्राउ

काठमाडौं । अनलाइनमार्फत विभिन्न गेम खेलाएर सट्टेबाजी गराउने गरेको आरोपमा नेपाल प्रहरीले १३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies