काठमाडौं । नेपालको एकमात्र अन्तर्राष्ट्रिय फुटबल मैदान दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको छ । यही वैशाख २१ र २२ गते एएफसीका प्रतिनिधिले गरेको निरीक्षणमा अन्तर्राष्ट्रियस्तरको रंगशालाका लागि आवश्यक मापदण्ड पूरा हुन नसकेको निश्कर्ष निकालेसँगै शरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्डमा ‘फेल’ भएको हो ।
निरीक्षणमा फ्लडलाइट १२ सय लक्स हुनुपर्नेमा करिब ७ सय लक्स मात्रै रहेको प्रतिवेदन भारतीय म्याच कमिसनर सुब्रदले बुझाएका छन् । सोही प्रतिवेदनमा रंगशालाको सेफ्टी सर्टिफिकेट पनि अहिलेसम्म नआइपुगेको उल्लेख गरिएको छ। फ्लडलाइट मात्र नभई एएफसीले मैदान, सुरक्षा र प्रशिक्षण मैदानका लागि आवश्यक मापदण्ड पूरा हुन नसकेको बताएको छ।
एएफसीका प्रतिनिधिलाई अखिल नेपाल फुटबल संघले त्रिभुवन आर्मी फुटबल क्लबको मैदान र च्यासल मैदान प्रशिक्षणका लागि देखाएको थियो । तर ती मैदानमा पनि एएफसीले मापदण्ड नपुगेको औँल्याएको छ।
एएफसीका प्रतिनिधि टोलीले दशरथ रगंशालाको मैदानको अवस्था पहिलेभन्दा सुधारिए पनि विश्वकप छनोटका लागि यूएईसँगको खेल गर्न नसकिने निष्कर्ष निकालेको छ। योसँगै अब यूएईसँगको खेल घरेलु मैदानमा नहुने पक्का भएको छ। अर्को खेल आयोजना गर्नका लागि पनि एन्फाले अहिले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ।
यूएईविरुद्धको खेल घरेलु मैदानमा नहुने भएपछि एन्फा तटस्थ मैदान कहाँ छान्ने अलमलमा परेकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: