Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

योजनाहरूको काममा वार्गेनिङ गर्न होटलबाटै चल्छ विष्णुपुर गाउँपालिका कार्यालय

खबरडबली संवाददाता

सिरहा। सिरहाको विष्णुपुर गाउँ कार्यापालिकाको कार्यालय होटलबाटै सञ्चालन हुने गरेको छ। कार्यालय विरलै जाने प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार सिंहले गोलबजारका होटलहरूबाटै कार्यालय चलाउँदै आएको हो।

अधिकृत सिंह कार्यालय नगई महत्वपूर्ण कागजात र चेकहरूसमेत बोकेर लेखाका कर्मचारीलाई गोलबजारको होटलहरुमा बोलाउने गरेको विष्णुपुरका एक सेवा ग्राहिले बताए। विद्यालयका प्रधानाध्यापक समेत रहेका उनले भने, ‘हामी प्रशासकीय अधिकृतलाई काम विशेषले कार्यालय पुग्दा कहिल्यै भेटिनु हुन्न। उहाँ कार्यालय बाहिरै बसेर काम गर्न रुचाउनु हुन्छ। कार्यालय किन आउनु हुन्न हामीले जान्नै सकेका छैनौं।’

यतिमात्र हैन गाउँ पालिकाका अध्यक्षसँग हुने छलफल र काजगात मिलान समेत होटलमा गरिने गरेको स्रोतले जनाएको छ। पछिल्लो पटक गत शुक्रबार कार्यालयको समयमा पालिका अध्यक्ष, आर्थिक शाखाका एक कर्मचारी र प्रशासकीय अधिकृतको गोप्य बैठक गोलबजारको एक होटलमा बसेको स्रोतको दावी छ।

गाउँ पालिकाको गत वर्षको १८ नम्वर फायलको तीन करोडभन्दाबढी भुक्तानी दिनुपर्ने भएपनि प्रशासकीय अधिकृत कार्यालय नबस्दा काम हुन नसकेको वडा अध्यक्षहरुको गुनासो रहेको छ। वडा नम्वर ३ का वडा अध्यक्ष जय कुमार यादवले आफ्नो वडाको पनि काम गरेको भुक्तानी लिन बाँकी रहेको बताए। उनले भने, ‘काम भएको ८र९ महिना वितिसक्यो, उपभोक्ताको त्यत्रो लगानी लागेको छ। अधिकृत कार्यालयमा नबस्दा उपभोक्ताको लगानी फसिरहेको छ।’

अर्का एक वडा अध्यक्षले नाम नखोल्ने सर्तमा अध्यक्षले गराएको एउटा विवादित कामको भुक्तानीको विषयमा कुरा नमिल्द अहिलेसम्म १८ नम्वरको भुक्तानीमा समस्या भएको बताए। उनले भने, ‘अध्यक्ष त्यसको भुक्तानी नभई अरुको हुँदैन भन्ने अडान लिएपछि सवैको भुक्तानी रोकीएको छ।’

यहिँ भुक्तानीहरुको विषयमा आर्थिक बार्गेनिङ गर्न गाउँ पालिका अध्यक्ष र प्रशासकीय अधिकृत सिंहको विष्णुपुर बाहिरका होटलहरुमा गोप्य बार्ता हुनेगरेको स्रोतले जनाएको छ। 

पालिकाले लाखौं रकम खर्चेर प्रशासकीय कार्यालय, अध्यक्ष र उपाध्यक्षको छुट्टाछुट्टै कार्यालय, बैठक तथा सभाकक्षहरु भडामा लिएका छन्। सुविधा सम्पन्न कार्यालय, सबारी सुविधा हुँदाहुँदै प्रशासकीय अधिकृत सिंह कार्यालय भने विरलै जाने गरेको सा्रेतको दावी छ। 
आर्थिक प्रशासन शाखाका सहायक कर्मचारी गंगा प्रसाद यादवले कहिलेकाही विशेष अवस्थामा मात्र सरले बोलाएको ठाउँमा चेक सहितका फायल लिएर जाने गरेको स्विकारेका छन्। उनले भने, ‘कहिले काही विशेष अवस्थामा मात्र जाने गरेको हो। अर्को कुरा हामी कर्मचारीलाई हाकीमले बोलाएपछि त जानै पर्छ।’

गाउँ पालिका उपाध्यक्ष गीता कुमारी सिंहले प्रशासकीय अधिकृत नियमित कार्यालय नआउने गुनासो आउने गरेको बताए। उनले भने, ‘म सँगपनि सेवा ग्राहिहरुले प्रशासकीय अधिकृतको विषयमा गुनासो गर्ने गरेको छ। यस विषयमा एक पटक भेटेको बेलामा कुरा गरेको थिएँ तर, उहाँले वास्ता गर्नु भएन। उहाँका यस्ता गुनासा धेरै छन्।’

‘यस विषयमा फोन गरेर कुरा गर्ने प्रयास गरे पनि हाकीमले कहिल्यै फोन उठउदैनस उपाध्यक्ष सिंहले भने, ‘मैले फोनमा पनि कुरा गर्न खोजे, कहिल्यै फोन नै उठ्दैन।’ 

गाउँ पालिका अध्यक्ष सत्य नारायण यादवले पालिकामा केही समस्याहरु रहेको भन्दै आज बस्ने कार्यपालिकाको बैठकबाट समाधान गर्ने प्रयास हुने बताए। उनले भने, ‘पालिकामा केही समस्या त छ। त्यसैको लागि हामी आज कार्यपालिका बस्दै छौं। समाधानको प्रयास गर्दै छौं।’

यस विषयमा बुझ्न प्रशासकीय अधिकृत सिंहलाई पटक पटक फोन गर्दा पनि उठेन र म्यासेज गर्दा पनि त्यसको कुनै प्रतिकृया आएन। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका मापदण्ड

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...

प्रचण्डले सरकारलाई चेतावनी: कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...

काठमाडौँ आइपुगे रवि लामिछाने, विमानस्थलमा भव्य स्वागत

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...

खुला मञ्च खुला गर्न सरकार र महानगरलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...

यस्तो देखियो नेकपाको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो ।  सभालाई नेकपा ...

राम्रोलाई राम्रो भन्नुस्, नराम्रोलाई आलोचना गर्नुहोस्, हामी स्वीकार्छौं: माधव नेपाल

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...

ओलीको अभिव्यक्तिप्रति नेतृ रिमाको आपत्ति, देश कुनै व्यक्तिको कुटि होइन, खुल्न र ठप्प पार्नलाई

चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending