Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

विद्यार्थी अभाव भएपछि चौँरी देउरालीमा २५ सामुदायिक विद्यालय बन्द

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन् । पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन् भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका छन् । 

विद्यार्थीको अभावमा उक्त गाउँपालिका–७ स्थित विसं २०३२ मा स्थापित स्वस्थानी माध्यमिक विद्यालय २०८० साल साउन महिनाबाट बन्द भयो । गाउँपालिका कार्यालयले शिक्षक र विद्यार्थीको अनुपात नपुगेको भन्दै नजिकको सृजनशील माविमा विद्यार्थीलाई अध्ययन गराउने जनाउँदै स्वस्थानी मावि बन्द गर्ने निर्णय गरेको थियो ।

सो विद्यालयमा चालु शैक्षिक सत्रका लागि ३५ जना विद्यार्थी भर्ना भएका थिए । “विद्यार्थी नहुँदा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि विद्यालय बन्द गर्ने निर्णय गरियो”, गाउँपालिका अध्यक्ष रेणुका चौलागाईले भनिन् ।

उक्त गाउँपालिकाको स्वस्थानी माविझैँ अन्य प्राथमिक र निम्न माध्यमिक गरी २४ विद्यालय बन्द भइसकेका छन् । गाउँपालिका कार्यालयले नै विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपात नपुगेपछि निर्णय गरी विद्यालय बन्द (स्थगन) गराइएको चौलागाईंले बताइन् ।

उनका अनुसार नौवटा वडा अवस्थित गाउँपालिकाका १२ मावि तहका विद्यालयमध्ये हाल दश सञ्चालनमा छन् । गाउँपालिकाको मावि तहका स्वस्थानी र धुसेनी ग्राम विकास बन्द गरिएको हो । 

गाउँपालिकाका शिक्षा शाखाप्रमुख कालीप्रसाद पाण्डेका अनुसार गाउँपालिकामा प्राथमिक तहका १५ विद्यालय बन्द गरिएका छन् । यस्तै, आधारभूत तहका आठवटा विद्यालय बन्द छन् । विद्यार्थीको सङ्ख्या बर्सेनि घटेपछि गाउँपालिकाले केही विद्यालयको तह घटुवासमेत गरेको छ । आगामी शैक्षिकसत्रबाट गाउँपालिकाको दर्जनौँ विद्यालय बन्द हुने अवस्थामा पुगेको बताइएको छ । 

स्वस्थानी माविलगायत विद्यालय बन्द भएपछि गाउँपालिकाले नजिको विद्यालय जनाउँदै तोकिदिएको विद्यालय जान पहिलेको भन्दा टाढा हिँडेर जानुपर्ने बाध्यतामा छन् । शिक्षा शाखाका अनुसार चालु शैक्षिक सत्रमा गाउँपालिकामा कक्षा १२ सम्म दुई हजार दुई सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिक सत्रको सुरुआतमा दुई हजार आठ सय भर्ना रहेकामा करिब ६ सय विद्यार्थी ‘ड्रपआउट’का कारण घटेको अनुमान गरिएको छ । 

गाउँपालिकामा सबै तहमा चार सय १० जना शिक्षक कार्यरत छन् । शिक्षा ऐनअनुसार विद्यार्थी–शिक्षक अनुपात पहाडमा ४५–१, उपत्यकामा ५०–१ र हिमालमा ४०–१ रहने व्यवस्था छ । गाउँपालिकामा कक्षा ११ र १२ मा भर्ना भएका अधिकांश विद्यार्थी सङ्घीय राजधानी काठमाडौँ वा अन्यत्र गएको हुनसक्ने गाउँपालिकाले जनायो । शिक्षा शाखाका अनुसार हाल एसइई परीक्षामा गाउँपालिकाका दुई सय २७ विद्यार्थी सहभागी भएका छन् । विसं २०६७ सम्म सो गाउँपालिकामा करिब आठ हजार विद्यार्थी थिए । 

वडा नं ९ का अध्यक्ष रामबहादुर लामा युवाहरु विदेश र सहर पलायन भएका कारण गाउँ रित्तिँदै गएको बताउँछन् । उनी एकातिर कम सन्तान जन्माउने र अर्कातर्फ अभिभावक रोजगारका लागि परिवारसहित विदेश पलायन हुँदा गाउँ रित्तिँदैछ । यसकारण विद्यालमा बालबालिका कम हुँदै जाने नै भए । उनका अनुसार विद्यार्थी अभावमा विद्यालय बन्द हुँदै गएपछि स्थानीय शिक्षकले आफूहरुलाई नजिकको अन्य विद्यालयमा व्यवस्थापन गरिदिन गाउँपालिकामा धाउन थालेका छन् ।

जिल्लाको कोशीपूर्वको उत्कृष्ट रुपमा रहेको प्रभा उच्च मावि कात्तिके देउरालीमा समेत बर्सेनि विद्यार्थीको सङ्ख्या घटिरहेको पाइएको छ । हाल ३१ शिक्षक कर्मचारी रहेको सो विद्यालयमा तीन सय ५० विद्यार्थी रहेका छन् तर त्यहाँ पनि नियमित विद्यालय आउने विद्यार्थीको सङख्या घटेको बताइन्छ । 

गाउँपालिका अध्यक्ष चौलागाई भूकम्पपछि पुनःनिर्माण भएका विद्यालय भवन निकै राम्रा छन् तर विद्यार्थी अभावका कारण सङ्कट उत्पन्न हुँदै गएको बताउँछिन् । उनी भन्छिन्, “गाउँगाउँमा विद्यालय, स्वास्थ्य संस्था, पक्की सडकलगायत विकासका पूर्वाधार हुँदै गएका छन् तर स्थानीयहरु अवसरको खोजीमा सहर जान थालेपछि विद्यार्थीसमेत सङ्कटमा पर्न थालेका छन् ।”

उनका अनुसार बन्द भएका विद्यालय र बन्द हुँदै जाने विद्यालयका शिक्षकको व्यवस्थापनमा चुनौति देखिएको छ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending