Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

गठबन्धनमा मिल्यो प्रदेशको भागबण्डा, कहाँ कसलाई ?

खबरडबली संवाददाता

काठमाडौं । सत्ता गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे सहमतिको खाका तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच प्रदेश भागबन्डाबारे सहमतिको आधार तयार पारेको हो। 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच प्रदेश भागबन्डामा मोटामोटी समझदारी भएको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । 

“प्रधानमन्त्रीसहित केपी कमरेड र माधव कमरेड बसेर छलफल गर्नुभयो । समझादारीबमोजिम बागमती प्रदेशमा शालिकराम जम्कट्टेलले विश्वासको मत पाउनुभयो,” उनले भने, “अरू प्रदेशमा बिस्तारै समझदारीमा पुग्ने भनिएको छ । यस्तै प्रदेशका मन्त्रीसहित अन्य राजकीय पदमा भागबन्डा गरेर जाने समझदारी भएको छ ।” 

उनले सुदूरपश्चिम प्रदेशमा पहिलो चरण एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने समझदारी भएको जानकारी दिए । त्यसपछि दोस्रो चरणमा कुन पार्टीबाट मुख्यमन्त्री बन्ने निष्कर्षमा नपुगेको उनले बताए। 

तर एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सुदूरपश्चिम प्रदेशमा पहिलो चरणमा आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने त्यसपछि दोस्रो चरणमा बागमती प्रदेशमा आफ्नो पार्टीले मुख्यमन्त्री लिने समझदारी बनेको दाबी गरे। 

उपाध्यक्ष पाण्डेले कर्णालीका मुख्यमन्त्रीले विश्वासको मतको प्रक्रियामा गएपछि भागबन्डामा समझदारी बन्ने बताए। कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार ३ बजे विश्वासको मत लिने तयारी गरेका छन्। 

कर्णालीमा मुख्यमन्त्री एमालेको भागमा परको छ । त्यस अनुसार वातावरण मिलाउन प्रधानमन्त्री प्रचण्डले आफूलाई भनेको नेकपा माओवादीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले बताए। 

लुम्बिनी प्रदेशको चैत २२ गतेसम्म समझदारी बन्ने बताए। यस्तै मधेश प्रदेशको मुख्यमन्त्री जनता समाजवादी पार्टी जसपाकै भएकाले त्यसमा तत्काल फेरबदल नहुने बताइएको छ । दोस्रो चरणमा मधेशको मुख्यमन्त्री को हुने भन्नेबारे कुनै समझदारी भएको छैन । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रक्रियामा गएपछि समझादारी बन्ने छ । यस प्रदेशमा एमालेबाट मुख्यमन्त्री हुने दलहरूबिच मोटामोटी समझदारी बनेको छ । कोशी प्रदेशमा धेरै अन्योल भएकाले तत्काल कुनै निर्णयमा नपुगिएको नेताहरूले बताएका छन् ।  

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending