काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारे। प्रतिनिधिसभाको आजको बैठकको प्रश्नोत्तरमा सांसद प्रेम सुवालले सोधनुभएको प्रश्नको जवाफ दिँदै मन्त्री तामाङले भने,“व्यवस्थापन करार भनेको बिक्री हेइन, मन्त्रालय निगमको सारभूत परिवर्तनको लागि नागरिक उड्डयनको क्षेत्रमा प्रचलित असल अभ्यास प्रयोग गरेर अघि बढ्न चाहेको र निर्णय हुनुभन्दा अघि ब्यापक छलफल हुनेनैछ ।”
मन्त्री तामाङले निगम सार्वजनिक संस्था र सबै नेपाली जनताको सरोकारको विषय भएकाले यस सम्बन्धमा मन्त्रालयबाट चालिने कदम राष्ट्रिय हितमा केन्द्रित हुने विश्वास व्यक्त गरे। सांसद सुुवालले पर्यटनमन्त्रीसमक्ष निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपातलाई अन्त्य नगरी निगमलाई व्यवस्थापन करार दिने प्रक्रिया किन सुरु गरियो भनी प्रश्न सोधेको थिए । पर्यटनमन्त्री तामाङ्ले निगमभित्रको आर्थिक अनियमितता भ्रष्ट्राचार र पक्षमता अन्त्य गर्न मन्त्रालय दृढ रहेको विश्वास व्यक्त गरे। उनले भने,“निगम नेपालको महत्वपूर्ण सार्वजनिक संस्थान हो ।
निगमको संस्थागत सुधार, व्यावसायिक विकासमार्फत नेपालको हवाई यातायातको क्षेत्रमा योगदानसहित पर्यटन क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय योगदान पुर्याउनेगरी मन्त्रालयले सुधारको पहलकदमी लिएको छ, विभिन्न समिति गठन गरेर सुझाव लिँदै कार्यान्वयनमा लगिएको छ ।”
निगमले सार्वजनिक क्षेत्र भएको हैसियतले क्षेत्राधिकारमा रहेर निगमले काम गरिरहेको, निगमले बिनाप्रतिस्पर्धा कुनैपनि निकायसँग कुनैपनि किसिमको काम नगर्ने र काम गर्नुपरे कानुनबमोजिम पारदर्शी ढङ्गले गर्ने बताए। मन्त्री तामाङले हवाई टिकटमा कालोबजारी हुनुहुन्न भन्ने मन्त्रालयको स्पष्ट निर्देशन रहेको र कुनै कमजोरी भएको पाइए कानुनी दायरामा ल्याइने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: