Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

इजरायली सेना अल शिफा अस्पतालबाट फिर्ता, सहयोगका लागि राष्ट्रसङ्घ अस्पतालमा पुग्ने

खबरडबली संवाददाता

एजेन्सी । गाजा शहरको अल शिफा अस्पतालबाट इजरायली सेना फिर्ता भएपछि संयुक्त राष्ट्रसङ्घले आफ्नो सहयोगलाई त्यहाँको लक्ष्य बनाउने तयारी गरेको संयुक्त राष्ट्रसङ्घका एक प्रवक्ताले सोमबार बताएका छन् । 

“मानिसहरूलाई उपचार गर्न र अस्पतालको अवस्था बुझ्न मद्दत गर्न सकियोस् भनी हामी जतिसक्दो चाँडो अस्पताल जाने योजना बनाइरहेका छौँ,” संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन दुजारिकले भने । 

यसैबीच मध्य गाजास्थित अल अक्सा अस्पतालमा आइतबार डब्लुएचओको एक टोलीले मानवीय सहायता अभियान सञ्चालन गरिरहेको बेला अस्पताल परिसरभित्र रहेको शिविरमा इजरायली हवाई आक्रमण भएको थियो । घटनामा चार जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

उनले इजरायली रक्षा बलले अल शिफा अस्पताल परिसर खाली गरेको भन्ने समाचार आएपछि यो कदम चालिएको बताए । इजरायली सरकारबाट द्वन्द्व कम गर्न र उचित सुरक्षा आश्वासनको प्रतिक्षा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूुएचओ) ले गरिरहेको प्रवक्ताले बताए । 

डब्ल्यूुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयेससका अनुसार उनीहरूले प्राप्त गरेको सूचना निकै निराशाजनक रहेको दुजारिकले बताए । 

प्यालेस्टाइनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय युएनआरडब्लुएले गाजा प्रवेश गर्ने मानवीय सामग्रीको परिमाणमा कुनै उल्लेखनीय परिवर्तन नभएको वा उत्तरमा पहुँचमा सुधार नआएको जनाएको छ । मार्च १ देखि ३० सम्म दैनिक औसत १५९ सहायता ट्रक गाजा प्रवेश गरेका छन् । 

बिहीबार सबैभन्दा बढी २६४ ट्रक गाजामा प्रवेश गरेका थिए । यो दैनिक ५०० ट्रक सञ्चालन लक्ष्यभन्दा निकै कम रहेको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: