Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

‘अनजान’ मा इजराइली आक्रमणमा गाजाका ७ सहायताकर्मी मारिएको प्रधानमन्त्रीद्वारा स्वीकार

खबरडबली संवाददाता

काठमाडौं । इजराइलका प्रधानमन्त्री नेतान्याहुले मङ्गलबार आफ्ना सशस्त्र बलबाट गाजामा भएको हवाई हमलामा ‘अनजान’ मा सात सहायताकर्मी मारिएको स्वीकार गरेका छन् ।

“दुर्भाग्यवश अन्तिम दिन गाजा क्षेत्रमा हाम्रा सेनाबाट अनजानमा निर्दोष मानिस मारिएको एउटा दुःखद घटना भएको छ”, हर्नियाको शल्यक्रियापछि जेरुसेलममा अस्पतालबाट बाहिर निस्कँदै गर्दा उनले भने, “यस्तो युद्धमा हुन्छ, हामी यसको अनुसन्धान अन्तिमसम्म गर्नेछौँ, हामी सरकारहरूसँग सम्पर्कमा छौँ र यस्तो नदोहोरियोस् भनेर हामी सबै गर्नेछौँ ।”

मारिने सबै सात जना अमेरिकास्थित वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) का लागि काम गर्दथे । डब्ल्युसिकेले साइप्रसबाट सामुद्रिक मार्ग हुँदै युद्धग्रस्त गाजामा खाद्य सहायता पुर्याइरहेको छ । सोमबारको ‘लक्षित इजराइली आक्रमण’ पछि उसले आफ्नो गाजा अभियान रोकेको छ । डब्ल्युसिकेका अनुसार मारिएका सात जना अस्टे«लिया, पोल्यान्ड, संयुक्त अधिराज्य, अमेरिका र क्यानाडाका दोहोरो नागरिक तथा प्यालेस्टिनी थिए ।

इजराइली सैन्य प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले आफ्नो ‘गहिरो समवेदना’ प्रकट गर्न डब्ल्युसिकेका संस्थापक सेलिब्रिटी शेपा जोस एन्ड्रेससँग कुराकानी गरेको बताएका थिए। इजराइली सेनाको तथ्य पत्ता लगाउने र मूल्याङ्कन संयन्त्रले अनुसन्धान गर्ने जानकारी दिँदै उनले भने, “हामी आफ्नो निष्कर्ष पारदर्शीरूपमा साझा गर्नेछौँ ।”

प्रवक्ता हगारीले इजराइलका चिफ अफ जनरल स्टाफ हर्जी हलेवीले ‘आज राति प्रारम्भिक अनुसन्धानको निष्कर्षको व्यक्तिगतरूपमा समीक्षा गर्नुहुने’ बताए ।

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले स्थितिलाई मानव निर्मित सङ्कट भन्दै उत्तरी गाजा भोकमरीको सङ्घारमा रहेको बारम्बार चेतावनी दिएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending