Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

भकुण्डो ठानेर बमसँग खेल्दा ९ जनाको मृत्यु

खबरडबली संवाददाता

काठमाडौं । अफगानिस्तानको दक्षिणपूर्वी प्रान्त गजनीमा भएको विस्फोटमा परी नौ बालबालिकाको मृत्यु भएको छ । उनीहरूले पुरानो ल्यान्ड माइन वा ‘विस्फोटक बल’ फेला पारेको बताइएको छ, जससँग उनीहरू खेलिरहेका थिए।

बलसँग खेल्दै गर्दा विस्फोट भयो । तालिवानका प्रवक्ताले गजनी प्रान्तको गेरो जिल्लामा रहेको आफ्नो गाउँ नजिकै बालबालिकाले फेला पारेको बारुदी सुरुङ दशकौं पुरानो भएको बताएका छन् ।

तालिबानका प्रवक्ता हमिदुल्लाह निसारले आइतवारको विष्फोटमा ५ देखि १० वर्ष उमेरका पाँच केटा र चार केटीको मृत्यु भएको बताएका छन्। अफगानिस्तानलाई ‘साम्राज्यको चिहान’ भनिन्छ, जहाँ रुसदेखि अमेरिकासम्म सबैको पतन भएको थियो।

तालिबानका प्रवक्ता हमिदुल्लाह निसारले गजनीमा विष्फोट भएको बारुदी सुरुङ सन् १९८० को रुसी आक्रमणको समयको भएको दाबी गरेका छन् ।

तालिबान शासनद्वारा दिइएको जानकारीका अनुसार संयुक्त राष्ट्र संघले सोमबार अफगानिस्तानमा महिला र बालबालिकासहित हजारौं मानिस ल्यान्ड माइन र युद्धका विस्फोटक अवशेषका कारण मारिएका वा घाइते भएको बताएको छ।

अफगानिस्तानको माटोमा गाडिएका बारुदी सुरंग हटाउने काम पनि भइरहेको छ । संयुक्त राष्ट्र संघले माइन एक्सन टोलीले ३ हजार ११ किलोमिटर क्षेत्र सफा गरेको जनाएको छ । सन् १९९० को दशकमा रुसी सेनाले देश छोडेपछि अफगानिस्तानले धेरै वर्षको गृहयुद्ध देखेको छ।

सन् १९९६ मा तालिवानको कब्जा र त्यसपछि अमेरिकी आक्रमणपछि अफगानिस्तानको अवस्था झनै बिग्रियो । यद्यपि, २०२० मा, तालिबानले फेरि अफगानिस्तान कब्जा गर्‍यो र उनीहरूले अन्तरिम सरकार चलाइरहेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८ वर्षपछि तमोर पुलमा गति, ट्रस जडान सुरु हुँदा स्थानीय उत्साहित

ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...

प्रदेश सरकार फेरबदलको खेलमा नलाग्ने प्रचण्डको दाबी

सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...

सभापतिसँग असन्तुष्ट उपसभापति : फेसबुकबाटै राजीनामा, कांग्रेस रुपन्देहीमा नयाँ तरंग

रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको  कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...

जेनजी आन्दोलनले जलेको सिंहदरबार फेरिँदै : प्रधानमन्त्री कार्यालयको धमाधम मर्मत

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...

ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा पिपलको रुख ढल्यो

ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ।  स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...

मृत्यु भएपछि कानैबाट गायब भयो सुन: अस्पतालले चेक थमाएर मिलाउन खोज्यो विवाद

विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...

२४ कम्पनीको आईपीओ बिक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...

बर्दघाट सुस्तापूर्वमा कार दुर्घटना, चालकको मृत्यु

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...

डलर जोगाउन भारतको नयाँ कदम : सुनपछि अब चाँदी आयातमा पनि कडाइ

काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...

पुटिनले इरान युद्धबारे यूएईका राष्ट्रपतिसँग गरे कुरा, क्रेमलिनले के भन्यो ?

काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending