Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सम्झनामा सहिद कमरेड कुमारी योञ्जन

लक्ष्मी तामाङ

हामी दुईको त्यो भेट दिनभरिको आफ्नो दैनिकिको थकान संगै बेलुकिको खानाको मिठो अनि न्यानो निद संगै बितेका दिनका सपनाझै फेरि सुरु भयो । सपनामा कता कता चिनेका अनि अस्पष्ट सयौ साथिहरुका माँझ तिमी र म बिच धेरै मिठा अनि केही बिलौना व्यक्त भए– हिजोका दिनमा जसरी हुन्थ्यो त्यसरी नै धेरै धेरै कुराका बिच तिमी फेरि मलाइ भन्दै थ्यो ‘राम्ररी काम गर धेरै नरिसाउ’ पहिला तिमी सधै यसरी नै मेरो कमजोरी प्रती बारम्बार सचेत गराई रहन्थ्यौ। यति भन्दै तिमी म बाट एक्लै खै कता जान लाग्दैथ्यौ र मलाई लान चाहन्थ्यौ र मैले तिमिलाई सोधे पहिला हजुर मलाई जहाँ गएनि संगै लान खोज्नुहुन्थ्यो कि आफ्ना H.Q. संग घुर्काएर होस कि आफ्न बिभागिय कमान्डसंग रिसाएर होस तर आज म संगै जान्छु भन्दा किन लानुहुन्न?

हो दिदी यो प्रश्न संगै म झल्यास्स ब्युझे संगै फेरियो मेरो सपनाको लहर पनि अन्त्य भयो। कतै केही कोहि थिएन मात्र निस्पट अन्धकार रातमा थियो र मोबाइल अन गर्दा ठिक १ः०० बज्दैथ्यो। अति मिठा, न्यानो अनि सचेतताका भाबकासाथ हामी बिच भएका सपनाका हरेक शब्दलाई याद गरे। धेरै सोचे र सम्झे तिमिलाई अनि बिगतका साथलाई । रात बित्दै गइरहेको थियो। तिम्रो यादलाई मधुरो बनाउन किताब पढे ,नेट खोले झन तिम्रो तस्बिर आएर पुरै ढाकिदियो। ठुला ठुला आँखा स्पस्ट बोली खस भासामा कतै मिसावट तामाङ शब्द, मंगोलियन अनुहरमा अलिकती चुच्ची परेकी नाक अनि हल्का मुस्कानको हसाई। तिम्रो यादलाई केही पर लान बाहिर निस्के। धमिलो तुवाँलो मा मधुरो चन्द्रमाँको उज्यालो जहाँ धेरै चिसो र ठन्डि थियो । जुन चिसोको एक झट्काले त्यो गर्जाङ चुचुरेको भिडन्त पछि घाईतेको उपचार पस्चात पुनः भोजपुर जाँदा एक घरमा मलाई अगेँना छेउको तातोमा पुरै सिरक ओढाएर आफू अर्ध सिरक ओढी मलाई न्यानो पारेको यादले झन सतायो । त्यसपछी सानो टर्चको मदतले भुकम्पले घर भत्किदा बचेका दराजका भित्र एक कुनामा राखेको तिम्रो तस्बिरलाई निकाले र त्यो तस्बिरलाई छातिमा राखी धेरै बेर रोए दिदी, धेरै…धेरै बेर …..।

रामेछापको पासेबन, दर्गा काभ्रेका घर्तिछाप, ताल्ढुंगा र सिन्धुलीका मरिन बस्तिहरुमा तिमी बिनाको उपस्थितिमा मलाई दिदी खोइ भनेर सोध्थ्यो भने म बिनाको उपस्थितिमा बहिनी खोइ भनेर तिमिलाई सोध्थ्यो रे ! सर्लाहीको एक बसाईमा त, कमान्डर प्रमोद र पावेलले तपाँईहरु दिदी बहिनी हो? भन्दा तिमि कति खुसी भाको थियौ। कि तिमि बहिनी भन्न धेरै रुचाउथ्यौ र त्यो कमि हुन पनि मैले दिएन ।

प्रिय् दिदी, तिम्रो हरेक निशानीहरु म बाट समय र प्रकृतिले पटक–पटक खोसिरहेको छ । तिम्रो सम्झना, मायारुपी चिट्ठी र फोटोहरु अनि दोरम्बा मिनिरेड जाँदाको अघिल्लो रात साटा साट गरेको ब्यक्तिगत विवरण जहाँ यो यात्रामा कतै भौतिक शरीर छुट्न पुगेमा जिबनी लेख्न होस भन्ने यो सबै जनयुद्धको अन्तिम मोर्चा चौतारामा २ इन्चर्र्को ब्लास्टमा सब झोला सहित फस्यो भने बाकी निशानिहरु संगाल्दै, संगाल्दै भुकम्पले ध्वस्त घरमा ढुङगा माटो संगै पुर्यो । तिनै अवशेषका बिच बाट यो एउटा तिम्रो तस्बिर छ र त म कहि कतै यो तस्बिर राख्ने शुरक्षित ठाँउ भेटिरहेको छैन । अति डर लागिरहन्छ कतै यसलाई नी समयले खोसिदिने हो कि भनेर। हिजो रातको सपना पछिको तिम्रो यादले यो तिम्रो तस्बिरलाई मेरो लेखमा राख्ने निधो गरे । लाग्छ अब त तिमी म बाट म रहुन्जेल कतै हराउने छैन र हरेक सपनाको यादमा तिमिलाइ हेर्न पाउनेछ ।

प्रिय दिदी, तिमी आफुलाइ भन्दा मलाई धेरै माया गर्थ्यौ। दोरम्बा सैन्य क्याम्पको मिनिरेड पछि दुश्मनको एन्टी आक्रमनमा पर्दा शैलुङको जंगल तिर बाइनोकुलरले मलाई हेरोको भनी कमरेड उमंगले सुनाउदा कमिसार बिकास र कमान्डर निर्मल अनि हामीहरु धेरै हास्यौ । तर, तिमी भने मलाई हेर्दै हाँसिरहेको थ्यौ। हो दिदी, तिमी मलाई असिम माया गर्थ्यौ । अनि सक्षम बनाउन पनि चाहन्थ्यौ । र त तिमी मलाई कुनै अबसरबाट चुकाउन चहान्थेनौ। तिम्रै हातले सिकायौ मलाई Forcep समाउन र Injectionका प्रत्येक निशाना लगाउन। समयका गति संगै तिमी मलाई आफ्नो ठाँउको जिम्मेवारी सुम्पेर आफू अर्कै जिम्मेवारी पूरा गर्न हिड्यौ। जुन दिन देखि हाम्रो भेट भौतिक रुपमा कहिले भएन मात्र पत्रमा सिमित रहयो। मोर्चबन्दी लडाईहरु संगै गरे पनी आर्क र जिम्मेवारीको हिसाबले भिन्नै रहयौ। झुर्झुरेको लडाइँमा तिमिलाई भेट्न हर कोशिस गरे पनी परिस्थितिले भेट्न सकिन । यसरी अलग भईरहेका हाम्रो यात्रा दारेगौडामा कमान्डर अनिशको रगत संग साटेको अत्याधुनिक हतियार संगै वाफल नपुग्दै यता दारेचोकमा दर्जनौ साथिसंगै तिम्रो सहादतको खबर सुने।

पटक्कै बिश्वास लाग्थेन । मैले पल पल समय कुरिरह्न्त्थे । कि यो खबर झुट हो रे भनेर तर यो सहि थियो र त तिमी कहिले फर्किनौ।दिन, रात, हप्ता, महिना यसैगरी बिती रहेको छ । अहिले यसैगरी दिन रात बितिरहेको छ । हामीले हजारौ दिन देखेका ति सपनाका लहरहरु भन्दा बेग्लै किसिमले देश बदलिदै छ। हामीले सोचेका कल्पना भन्दा भिन्नै तरिकाले बदलिदै छ भेष र केश।तिम्रो अधुरा कल्पित संसारलाई पूरा गर्ने सामर्थ्य म संग छैन दिदी र म माफी माग्दै यो भन्छु दिदी तिमिलाई कोहि कबिको एक हरफ ‘ए शहिदहरु हो जिएर त हेर जिउन कति गाह्रो छ’। आत्मिय दिदी समय र नेताहरु किन यसरी परिबर्तन भा होलान म सोच्न सक्दिन। यति हो कि नेताहरुले हामीलाई भन्दै आएको नेपाल भुपरिवेष्ठित मुलुक भएकै कारणले यस्तो भएको त होईन? ठिकै छ यदि यहि सत्य सावित भयो भने केही छैन। अन्यथा तिमी जस्ता हजारौं महान सहिदहरुको रगतले माफी दिने छैन।

म भित्र सधै यो प्रश्न वल्झि रहन्छ कि यहाँ आफ्नाहरुले सुन्दर सपनाको महल माथी स्वार्थको महल ठड्याइरहेका छन। हिजो ०६२/०६३ का जनाअन्दोलनमा राजा ज्ञानेन्द्रले जेल हाल्ने भए पछि जनमुक्ति सेनालाई बाहिर सेनाको क्याम्पमा मोर्चाबन्दी गर्न लगाउने र राजधानीमा आफू आन्दोलन बिस्तार गर्ने भन्ने त्यो बेलाका नाटककारहरु आज हाम्रो ईतिहास माथी कालो दाग लगाउन किन खोजेका होलानरु तैपनी दिदी आशा अझै बाँकि छन । अझै कुनै एक दिन त ती हाम्रा सपनाहरु शिशिर बसन्तको आरु फुलेझै सेत्मे फुल्ने छ । र त्यो बगैचामा हरेक रातको सपनीमा तिमी र म हर हमेशा संगै डुल्ने छौं। हो दिदी हरेक रातको सपनिमा तिमी मिठा मिठा बात लिएर आउ म तिनै रातका सपनीको पर्खाइमा रहिरहने छु ! पर्खाईमा रहनेछु !! पर्खाईमा रहनेछु ......

(जनयुद्वमा मकवानपुर दारेचोकको भिडन्तमा शहादत प्राप्त गर्नु हुने महान सहिद जनमसक्ति सेना नेपालको कम्पनी कमाण्डर तथा स्वास्थ्य विभाग व्रिगेड सहायक कमरेड धनकुमारी योन्जन (कुमारी)को सम्झनामा यो मेरो नितान्त ब्यक्तिगत भावना हो।) 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारसँग ७ बुँदे सहमति, डा. गोविन्द केसीले तोडे अनसन

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच सात बुँदे सहमति भएपछि डा. केसीले आफ्नो सत्याग्रह (अनसन) अन्त्य गरेका छन्। सोमबार भएको सहमतिपछि स्वास्थ्य तथा खा...

देवानगञ्ज घटनापछि मुख्यमन्त्री कार्कीको अपिल : अफवाहमा नलाग्न र सामाजिक सद्भाव जोगाउन आग्रह

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको देवानगञ्ज गाउँपालिकामा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै नागरिकलाई संयमित...

८० महिनापछि सपना पूरा : आजदेखि सञ्चालनमा आउँदै नागढुङ्गा सुरुङमार्ग

काठमाडौं । नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थप्दै बहुप्रतीक्षित नागढुङ्गा सुरुङमार्ग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। निर्माण सुरु...

म्याग्दीमा पहिरोका कारण दुई घर पुरिए, एक जनाको मृत्यु, सडकसमेत अवरुद्ध

म्याग्दी । अविरल वर्षापछि म्याग्दीमा गएको पहिरोले दुई घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने प्रमुख सडकहरू अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय ...

अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम, सतर्क रहन विभागको आग्रह

काठमाडौं । मकवानपुरसहित मध्य पहाडी क्षेत्रमा अविरल वर्षा भइरहेपछि जल तथा मौसम विज्ञान विभागले लालबकैया नदीमा बाढी आउन सक्ने चेतावनी दिएको छ। विभागक...

'अहिल्यै पार्टी एकता होइन, पहिले सहकार्य सफल बनाऔँ' : ओलीको प्रचण्डलाई सन्देश

काठमाडौं । प्रदेश सरकारमा सहकार्य गर्ने तीनबुँदे समझदारीपछि नेकपा (एमाले) र नेकपाबीच भविष्यमा पार्टी एकताको सम्भावनाबारे चर्चा सुरु भएको छ। तर दुवै दल...

'अन्तिम भोज'सँग तुलना गर्दै गोकुलको कटाक्ष : ओली–प्रचण्ड गठबन्धनले देउवालाई मात्रै फाइदा !

काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बास्कोटाले एमाले र नेकपाबीच भएको नयाँ सत्ता सहकार्यप्रति असन्तुष्टि जनाउँदै त्यसलाई विजय मल्लको चर्चित नाटक ‘अन...

गोलीकाण्डपछि सुनसरीका पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँ...

सुनसरीमा मध्यरातको हिंसा : प्रहरीको गोली लागेर युवाको मृत्यु, १६ जना घाइते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवाको मृत्यु भएको छ। घटना...

प्रदेशमा सत्ता सहकार्यका लागि एमाले–नेकपाबीच ३ बुँदे सहमति, पाँच प्रदेशको नेतृत्व बाँडफाँट

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकार गठन तथा सत्ता सहकार्यका विषयमा तीनबुँदे सहमति भएको छ। शनिबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending