Khabar Dabali १८ फाल्गुन २०८२ सोमबार | 2nd March, 2026 Mon
Investment bank

भारतमा १३ जना माओवादी विद्रोहीकाे मृत्यु

खबरडबली संवाददाता

नयाँदिल्ली । मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । 

छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो । 
स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मेसिन गन र गोलाबारुद  ठूलो परिणममा जफत गरेको बताए । 

मृतकहरुको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताए । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन्  जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा र अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन् ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएकोे विद्रोही बहुल “रेड करिडोर“ मा माओवादी विद्रोहीहरूसँग लड्न भारतले दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबहरूका लागि लडिरहेका विद्रोहीहरूले सन् १९६७  देखि छापामार आक्रमण गरिरहेका छन् । भारत सरकारले दुर्गम क्षेत्रहरूमा पूर्वाधार विकासमा लाखौं डलर खर्च गरेको छ । सन् २०१० मा ९६ जिल्लामा फैलिएको माओवादी प्रभाव सन् २०२३ मा ४५ जिल्लामा सीमित भएको छ । 

सरकारी तथ्याङ्क अनुसार गत दशकमा मारिएका विद्रोहीहरूको वार्षिक सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको छ । भारतमा आगामी अप्रिल १९ देखि लोकसभाका लागि छ हप्ता लामो आमनिर्वाचन हुँदैछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE