Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्छ: उपसभामुख राना

खबरडबली संवाददाता

काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाली खानालाई अन्तर्राष्ट्रियरुपमा ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी छिन् । रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान) को ३४औँ वार्षिक साधारणसभा तथा ११ औँ महाधिवेशनको उद्घाटनसत्रमा उनले नेपाली खानामा विविधता रहेकाले अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न छुट्टै ‘ब्राण्डिङ’ गर्नुपर्ने बताएकी हुन् । 

“नेपाली खानालाई विश्वमाझ पस्कन रेवानको महत्वपूर्ण भूमिका रहेको छ, रेवानले यस्ता कुरामा ध्यान दिनुपर्छ”, उनले भनिन् । अन्तर्राष्ट्रिय पर्यटनमा नेपाली जनशक्तिको उच्च माग रहेकाले रेस्टुरेन्ट एण्ड बारले दक्ष जनशक्ति उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा पु-याउनुपर्ने उनकाे भनाइ छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई सवल बनाउनका लागि रेवानले खेलेको भूमिका सह्राहनीय रहेको बताए । “अनुगमन गर्ने धेरै चिज छन् तर बजारमा आएर व्यवसायीलाई तर्साउने काम नगर्नुस्, पहिले सुन्ने अनि थुन्ने प्रवृत्तिको विकास गरौँ”, उनले भने । सरकारले निजी क्षेत्रलाइ हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष कुशकुमार जोशीले पछिल्लो समय नेपाली रेस्टुरेन्टमा गएर खाने संस्कृतिको विकास हुँदै गएको बताए । “पाहुनालाई स्वच्छ र सफा खाना खुवाउनुपर्छ”, उनले भने, “नेपाली खानालाई विश्वमाझ चिनाउन रेवानको  भूमिका महत्वपूर्ण छ ।”

रेवानका वरिष्ठ उपाध्यक्ष सङ्घर्ष विष्टले रेवानले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि काठमाडौं, पोखरा, सौराह, बन्दीपुरलगायतका पर्यटकीय क्षेत्रमा सडक महोत्सव आयोजना गरिरहेको बताए । 

कोरोना महामारीबाट मारमा परेको अर्थतन्त्रलाई सडक महोत्सवले सहयोग पुग्ने उनको भनाइ थियो । उनले भ्याटलाई १३ प्रतिशतबाट घटाएर एकल अङ्कमा झार्नुपर्ने र सबै व्यवसायीलाई भ्याटको दायरमा ल्याउनुपर्ने उल्लेख गरे । विष्टले रेस्टुरेन्ट व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरे । 

रेवानको अध्यक्षमा विष्ट निर्वाचित

रेस्टुरेन्ट तथा बार एशोसियसन नेपाल (रेवान)को अध्यक्षमा सङ्घर्ष विष्ट निर्वाचित भएका छन् । रेवानको ३४औँ वार्षिक साधारणसभा तथा ११औँ महाधिवेशनबाट विष्टको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

रेवानको प्रथम उपाध्यक्षमा नरेसध्वज श्रेष्ठ, क्षेत्रगत उपाध्यक्ष पोखराबाट लक्ष्मण बराज, क्षेत्रगत उपाध्यक्ष सौराहबाट नरेश गिरी, महासचिव शरदकुमार दाहाल, कोषाध्यक्ष विप्लब भट्ट, सचिव सचिन कर्माचार्य, सहकोषाध्यक्ष उद्धव ढकाल निर्वाचित भएका छन् । 

यस्तै सदस्यमा अनुपलाल कक्षपति, नृपेश श्रेष्ठ, गुणराज श्रेष्ठ, तेजस सुन्दरलाल कक्षपति, रितेज श्रेष्ठ र डोलबहादुर थापा सारु, एकराज अधिकारी र देवेन्द्र गिरी निर्वाचित भएका छन् । 

निवर्तमान अध्यक्ष अरनिको राजभण्डारी स्वत सदस्य हुने व्यवस्था छ । रेवान पोखराबाट सदस्यमा नरेश भट्टराई, रेवान सौराहबाट ध्रुव गिरी, रेवान बन्दीपुरका जीतेन्द्रलाल भूमि र रेवान चितवनका अच्युत भट्ट निर्वाचित भएका छन् । 

विगत ३५ वर्षदेखि नेपालको रेष्टुरेन्ट व्यवसायमा संलग्न विष्टले अध्यक्ष निर्वाचित भएपछि रेवानलाई नेपाल अधिराज्यभर विस्तार गर्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: