Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

गाजामा सक्रिय सहायताकर्मी मारिनु दुःखदः इजरायली सेना प्रमुख

खबरडबली संवाददाता

एजेन्सी । इजरायली सेना प्रमुख हर्जी हालेभीले गाजामा इजरायली सेनाले गरेको हवाई हमलाबाट सात जना सहायताकर्मी मारिएको घटनाबाट आफू दुःखित भएको बताएका छन् । 

सहायताकर्मीको मृत्यु भएकाप्रति अन्तर्राष्ट्रिय समुदायले तिब्र आलोचना गरेसँगै सेना प्रमुख हालेभीले इजरायली सेनाबाट “गम्भीर त्रुटी” भएको स्वीकार गरेका हुन् । इजरायली सेनाले वर्ल्ड सेन्ट्रल किचेन नामको सहायता टोलीमाथि सोमबार रातिको समयमा हवाई हमला गरेको थियो । सेना प्रमुख हालेभीले एक भिडियो सन्देशमा वल्र्ड किचेनको सहायता टोलीका गतिविधिलाई राम्रोसँग पहिचान गर्न नसक्दा त्रुटिबस सेनाले हमला गरेको बताए । 

उनले वर्ल्ड किचेनका सदस्यमाथि जानाजान आक्रमण नगरिएको पनि दाबी गरे । गत अक्टोबरमा युद्ध प्रारम्भ भएयता अमेरिकी परोपकारी संस्था वर्ल्ड किचेनले पहिलो पटक गाजामा विस्थापित सर्वसाधारणलाई खाद्यान्न समेतका दैनिक उपभोग्य राहत सामग्री वितरण गर्न थालेको थियो । हवाई हमलाबाट वल्र्ड किचेनको राहत सामग्री राखेको सवारी साधन ध्वस्त भएको थियो ।

वर्ल्ड किचेनले प्रकाशन गरेको विज्ञप्तिमा समुद्री मार्गहुँदै गाजामा ल्याइएको १०० टनभन्दा बढी मानवीय खाद्यान्न सहायता सामुद्रिक जहाजबाट अर्को गाडीमा राख्दै गर्दा आफ्ना कर्मचारीमाथि हमला भएको जनाएको छ ।

यस आक्रमणबाट अस्ट्रेलिया, बेलायत, प्यालेस्टाइन, पोल्यान्ड र अमेरिकी–क्यानाडेली नागरिक हताहत भएका थिए । अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गरेका छन् । उनले इजरायलले गाजामा मानवीय सहायताका लागि मद्दत गरिरहेका सहायताकर्मीमाथि हमला गर्नु अत्यन्त निन्दनीय घटना भएको बताएका छन् । 

राष्ट्रपति बाइडेनले उक्त आक्रमणको तत्काल छानबिन गरी घटनाका दोषीमाथि कारबाही गर्न इजरायलसँग माग गर्नु भएको छ । राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पनि मानवीय सहायताकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद रहेको बताउँदै हालसम्म इजरायली आक्रमणबाट १९६ जना मानवीय सहायताकर्मी मारिइसकेको बताए । उनले गाजामा तत्कालै मानवीय युद्धविराम गर्न इजरायललाई आग्रह गर्नु भएको छ ।

वर्ल्ड किचेनले इजरायली आक्रमणबाट मारिएका व्यक्तिहरुको नाम पनि सार्वजनिक गरेको छ । मारिनेहरुमा साइफेडिन इसाम आयाद अबुताह, जोमी फ्रान्कोम, पोल डामियन सोबोल, ज्याकोब फ्लिकिन्गर, जोन च्यापम्यान, जेम्स हेन्डरसन र जेम्स कर्बी रहेका छन् ।

डब्लुसीकेका प्रमुख कार्यकारी एरिन गोरले एक विज्ञप्ति जारी गर्दै दिनभरको कामबाट थकित हाम्रा सहायताकर्मीमाथि इजरायलले हवाई हमला गरेर अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन गरेको बताए । उनले इजरायली सेनासँग समन्वय गरिए पनि इजरायली आक्रमण आफूहरुमाथि लक्षित रहेको जनाए । यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले डब्लुसीकेमाथि भएको हमला जानाजान नभएको दाबी गरेका थिए । प्रधानमन्त्री नेतान्याहुले उक्त घटनाप्रति क्षमा समेत नमागेको बताइएको छ । यद्यपी उनले घटनाको अनुसन्धान गरिने बताए । 

अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजले पनि इजरायली प्रधानमन्त्रीलाई टेलिफोन गरी उक्त घटनाप्रति रोश प्रकट गरेका थिए । बेलायतले इजरायली राजदूतलाई डाकेर उक्त घटनाको पूर्ण जिम्मेवारी लिन माग गरेको छ ।

पोल्यान्डले भने उक्त घटनामा मारिएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन इजरायलसमक्ष आग्रह गरेको छ । उक्त घटनामा मारिएका सहायताकर्मीको शव दक्षिण गाजा सीमाबाट बुधबार आ–आफ्ना मुलुकतर्फ लैजाने प्रबन्ध मिलाइएको छ । 

यसैबीच, इजरायलले गाजामा जारी राखेको सैनिक कार्यबाहीका क्रममा बुधबार राति कम्तीमा ६० जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट पाए सफाइ

काठमाडाैं । जलहरी प्रकरणका तीन प्रतिवादीले विशेष अदालतबाट सफाइ पाएका छन् । विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले प्रतिव...

‘आगामी बजेटमा पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने’

काठमाडौं । सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल पर्यटन, परम्परागत सीप विकास, बन्द भएका उद्योग सञ्चालनलगायतमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । ...

अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब पुग्ने अनुमान

काठमाडौं । केन्द्रीय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार ५७ खर्ब ४ अर्ब ८४ करोड पुग्ने अनुमान गरिएक...

नक्कली ड्राइभिङ लाइसेन्स बनाइदिने सरकारी कर्मचारी पक्राउ

काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा यातायात कार्यालय बुटवलमा ...

वीरगन्जको नबिल बैंकबाट एक करोड ३४ लाख रकम चोरी

वीरगन्ज । वीरगन्जमा रहेको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख रुपैयाँभन्दा बढी नगद रकम चोरी भएको छ । बाइपास सडकमा रहेको बैंकको शाखाबाट गत आइतबार रात...

‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पूजार सार्की’को दोस्रो गीत 'रिमै' सार्वजनिक गरिएको छ । मंगलबार  युट्युबमा सार्वजनिक गीतमा न...

कञ्चनपुरमा चोरी मुद्दाका फरार अभियुक्त पक्राउ

कञ्चनपुर । कञ्चनपुरबाट चोरी मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् ।  अदालतले चोरी मुद्दामा एक वर्ष कैद र १२ हजार जरिवाना चोकिएका शुक्लाफाँटा न...

माेरङमा आफ्नै सन्तानको हत्या गर्ने आमा पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले आमालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–१ सातबोटेकी २६ वर्षीया अस...

दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् ।  उनले मध्यप...

जोखिम न्यूनीकरणका लागि साझा प्रयास आवश्यक: मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि साझा प्रयासको खाँचो औंल्याएका छन...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies