सप्तरी । ग्रामीण क्षेत्रमा उत्पादित तरकारी तथा फलफूल बिक्री वितरण सहज रुपले गर्ने वातावरण बनाउन एकीकृत हाटबजार निर्माण भइरहेको छ ।
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ भारदहमा एकीकृत कृषि हाटबजार निर्माण थालिएको हो । स्थानीय बिपी मावि भारदहले १५ कट्ठा जग्गा व्यवस्थापन गराएपछि हाटबजार निर्माणले तिव्रता पाएको वडाध्यक्ष सुरेन्द्र मण्डलले बताए ।
यसअघि खुला चौर वा सडक किनारमा बजार लाग्ने गरेकाले यसलाई व्यवस्थित बनाउँदै स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले एकीकृत कृषि हाटबजार निर्माण थालिएको उनको भनाइ छ ।
करिब पाँच सय व्यापारी अटाउन सक्ने क्षमतासहित निर्माण भइरहेको हाटबजारमा ५० मिटर लम्बाइ र ४० मिटर चौडाइको हाटबजार स्थल निर्माण भइरहेको स्थानीय जनमत पार्टीका नेता श्यामसुन्दर मण्डलले बताए । “ग्रामीण क्षेत्रलाई बजारीकरण गरी यहाँको विकास गर्न एकीकृत बजार निर्माण थालेका छौँ”, उनले भने, “यसले सबैलाई सहयोग पुग्नेछ । यहाँ खाद्यान, लत्ताकपडा, माछा, मासुसहित स्थानीय उत्पादन भएका सामग्री राखिनेछन् ।”
सार्वजानिक शौचालयसहित सडक बाटो र नालासमेत निर्माण गरिने हनुमाननगर कङ्कालिनी नगरपालिकाले जनाएको छ । रु १० करोडको लागतमा उक्त हाट निर्माण भइरहेको जनाइएको छ ।
जग्गा अभावका कारण भारदह, पोरताहा र मधवापुरमा हालसम्म व्यवस्थित बजारमा हटियाको सेड निर्माण हुन सकेको छैन । दर्जनौँ व्यक्तिको निजी जग्गामा हाल रहेको पोरताहामा तरकारी हटिया शुक्रबार र मङ्गलबार लाग्ने गर्दछ ।
रोड़ नेटवर्क, हरित पार्क, आधुनिक शौचालय, लाइट व्यवस्थापन र गाडी पार्किङको सुविधासहित तयार हुने एकीकृत भारदह हाटबाजार २४ घण्ट सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएर रहेको भारदहमा एकीकृत हाट सञ्चालनमा आएपछि यहाँ व्यापारव्यवसाय फस्टाउँनुका साथै आर्थिक समृद्धि हासिल हुने बुद्धिजीवीहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: