एजेन्सी । तालिबान अधिकारीहरूले अफगानिस्तानी आप्रवासीलाई स्वदेश फर्काउने विषयमा एकतर्फी निर्णय नगर्न पाकिस्तानलाई आग्रह गरेको छ ।
आप्रवासीलाई जबरजस्त देश छोड्न बाध्य पारिनु उनीहरूमाथिको ‘उत्पीडन’ हुने अफगानिस्तानी अधिकारीले बताएका छन् । इस्लामाबाद र काबुलबीच सम्बन्ध बिग्रँदै गएपछि गत वर्ष पाकिस्तान सरकारले कागजातविहीन आप्रवासीलाई देश छोड्न वा पक्राउ गर्न आदेश दिएको थियो । त्यसपछि पाँच लाखभन्दा बढी अफगानीहरू छोटो समयमा पाकिस्तान छोड्न बाध्य भएका छन् ।
इस्लामाबादले शुरुमा नोभेम्बर २०२३ को समयसीमा तोकेको थियो तर नाम नबताउने शर्तमा आधिकारिक स्रोतहरूले मार्चमा एएफपीलाई बताएअनुसार पाकिस्तानले अफगानिस्तानमा कानुनी रूपमा बसोबास गरिरहेका अफगान आप्रवासीहरूको तथ्याङ्क सङ्कलन गरिरहेको छ ।
पाकिस्तानी अधिकारीका अनुसार स्वदेश पाकिस्तानमा रहेका अफगानी आप्रबासी फर्काउनेबारे अन्तिम निर्णय भएको छैन । यस सन्दर्भमा अफगानिस्तानका शरणार्थी उपमन्त्रीले काबुलमा एक शीर्ष पाकिस्तानी कूटनीतिज्ञसँगको भेटमा संयमित हुन आग्रह गरेका छन् ।
“शरणार्थीको मुद्दा द्विपक्षीय हो र उनीहरूका बारेमा हुने निर्णय दुवै देशबीचको समझदारीबाट गरिनुपर्छ,” अब्दुल रहमान रशिदले बिहीबार मन्त्रालयले जारी गरेको र सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ ।
“संयुक्त संयन्त्र नबनेसम्म उनीहरूलाई उत्पीडन गर्नु हुँदैन,” उनले भने । तालिवान अधिकारीहरूले सन् २०२१ मा सत्ता सम्हालेदेखि नै अफगानीहरूलाई घर फर्कन आग्रह गरेका छन् तर उनीहरूले पाकिस्तानको कदमको निन्दा गर्दै इस्लामाबाद र काबुलबीचको तनावका कारण नागरिकलाई दण्डित गरिएको र मानिसहरूलाई देश छोड्न थप समय दिन आग्रह गरेका छन् ।
दशकौंदेखि लगातारको द्वन्द्व र राजनीतिक उथलपुथलबाट भागेर लाखौं अफगानीहरू पाकिस्तानमा पसेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: