काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ ।
यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ । सो अवधिमा स्पेयर पार्टपुर्जा, हवाइजहाजको स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, लत्ताकपडा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, धान, चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्यातततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा तथा तातोपानी बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।
आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आवको आठ महिनामा कुल वस्तु व्यापार घाटा दुई दशमलव पाँच प्रतिशतले कमी आइ रु नौ खर्ब २९ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १७ दशमलव नौ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु ९८ अर्ब २९ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु ८५ अर्ब १२ करोड बराबरको भएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ३ गते, २०८२ - ०९:२७
पर्वत । पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वतखण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण सुरु भएको छ । राजमार्गको पर्वतखण्ड कालोपत्र सम...
माघ ३ गते, २०८२ - ०९:२२
बनियानी । झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छभने एक जनाको अवस्था गम्भीर छ । झापाको बिर्तामोड नगरपालिका–५ ...
माघ ३ गते, २०८२ - ०९:१९
काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन गर्दैछन्। गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट...
माघ ३ गते, २०८२ - ०७:४७
काठमाडौं । आमनिर्वाचन आउन ४८ दिन बाँकी रहँदा एउटा ठूलो र पुरानोमध्येको राजनीतिक दलको किचलोका कारण निर्वाचन आयोग अहिले नसोचेको गाँठो फुकाइदिनुपर्ने अवस...
माघ ३ गते, २०८२ - ०७:४१
काठमाडौं । ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उ...
माघ ३ गते, २०८२ - ०७:३७
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
माघ ३ गते, २०८२ - ०७:३०
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँल...
माघ ३ गते, २०८२ - ०७:२६
बागलुङ । यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ । ढोरपाटनमा चिसो बढेपछ...
माघ ३ गते, २०८२ - ०७:१८
काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा ह...
माघ ३ गते, २०८२ - ०७:०९
काठमाडौँ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिव...




प्रतिकृया लेख्नुहोस्: