Khabar Dabali २४ श्रावण २०८३ आईतवार | 9th August, 2026 Sun
Investment bank

राजस्व अनुसन्धान विभागका अधिकार पुन: बाँडफाँट, ४ वटा ऐन र एउटा नियमावली खारेज गर्दै सरकार

खबरडबली संवाददाता

काठमाडौं । सरकारले पुराना तथा हालको संरचनासँग मेल नखाने चारवटा ऐन र एउटा नियमावली खारेज गर्ने तयारी गरेको छ। यसका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’ संसदमा प्रस्तुत गरेका छन्।

विधेयकको दफा ५ मा खारेजी तथा बचाउसम्बन्धी व्यवस्था राखिएको छ। उक्त व्यवस्थाअनुसार विभिन्न पाँचवटा कानुन खारेज गर्ने प्रस्ताव गरिएको छ।

खारेज गर्न प्रस्ताव गरिएका ऐनहरूमा प्रादेशिक विकास योजनाहरू (कार्यान्वित गर्ने) ऐन, २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४, आय टिकट दस्तुर ऐन, २०१९, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन, २०५५ रहेका छन्।

त्यसैगरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७९ पनि खारेज गर्ने प्रस्ताव गरिएको छ।

विधेयक ऐनका रूपमा लागू भएपछि राजस्व अनुसन्धान विभागमा दर्ता भएका तर अनुसन्धान भइरहेका वा अनुसन्धान पूरा भए पनि मुद्दा दायर हुन बाँकी रहेका उजुरी तथा फाइलहरू सम्बन्धित निकायमा हस्तान्तरण गरिने व्यवस्था प्रस्ताव गरिएको छ।

प्रस्तावित व्यवस्थाअनुसार करसम्बन्धी विषयहरू सम्बन्धित विभागमा पठाइनेछ। आयकर, अन्त:शुल्क, मूल्य अभिवृद्धि कर (भ्याट) तथा गैरकरसम्बन्धी विषयहरू आन्तरिक राजस्व विभागमा हस्तान्तरण हुनेछन्।

त्यस्तै, चोरी निकासी वा पैठारीसँग सम्बन्धित कसूरहरू भन्सार विभागमा पठाइनेछन्। विदेशी विनिमयसम्बन्धी कसूरहरू भने विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अनुसार तोकिएको अनुसन्धान अधिकारीसमक्ष हस्तान्तरण गरिनेछ।

विधेयक प्रारम्भ हुँदाका बखत राजस्व अनुसन्धान विभागमा रहेका अभिलेखहरू पनि नेपाल सरकार, अर्थ मन्त्रालयको निर्णयअनुसार सम्बन्धित निकायमा सारेर व्यवस्थापन गरिने उल्लेख छ।

सरकारले कानुनी संरचनालाई समयानुकूल बनाउँदै राजस्वसम्बन्धी अनुसन्धान र कारबाहीलाई सम्बन्धित निकायमार्फत प्रभावकारी रूपमा सञ्चालन गर्ने उद्देश्यले यस्तो व्यवस्था प्रस्ताव गरेको हो।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

संविधान र संघीयतामाथि आक्रमण भए ‘अग्रगामी मोर्चा’ले प्रतिवाद गर्ने परियारको चेतावनी

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय समिति अध्यक्ष सन्तोष परियारले संघीयता, गणतन्त्र, समावेशिता र सामाजिक न्यायजस्ता राजनीतिक उपलब्धिम...

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु

नयाँदिल्ली। उत्तरी भारतीय राज्य हिमाञ्चल प्रदेशमा शनिबार एउटा निजी बस सडकबाट चिप्लिएर दुर्घटना हँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै र अन्य दश जना ...

एमालेबाट चार समूह टाढिएको पोखरेलको स्वीकारोक्ति, ‘पपुलिज्म’ चुनौती बन्दै

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो निर्वाचनयता पार्टीसँग जोडिएका चार महत्वपूर्ण समुदाय क्रमश: टाढिँदै गएको बताएका छन्। उनले सहर...

देउवा नेपाल फर्किने मिति परिवर्तन

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किने मिति परिवर्तन भएको छ। कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा अब साउन ...

काम गर्ने कार्यकर्तालाई राप्रपामा अवसर, निष्क्रियलाई विदाइ गर्ने लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र जिम्मेवारी लिएर सक्रिय रूपमा काम गर्ने कार्यकर्तालाई अवसर...

पूर्व नगर प्रमुख सिंह सम्पर्कविहीन

कपिलबस्तु। सम्पर्कविहीन भएका कपिलवस्तु नगरपालिकाका पूर्व नगर प्रमुख किरण सिंहको खोजी कार्य शनिबार बिहानदेखि पुन: सुरु गरिएको छ । शुक्रबार राति २ बजेसम...

आठदलीय अग्रगामी मोर्चाको अवधारणापत्र सार्वजनिक, जनार्दन शर्माले भने– ‘देश सङ्कटपूर्ण अवस्थामा छ’

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले मुलुक गम्भीर सङ्कटको अवस्थाबाट गुज्रिरहेको भन्दै राजनीतिक शक्तिहरूबीचको सहकार्यका लागि...

दैलेखमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पञ्चकोशी दैलेख। दैलेखमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको च्यापिएर चालकको मृत्यु भएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२, तल्लो डुङ्गेश्वर...

सुनसरीमा ४ क्विन्टल १८ किलो गाँजासहित ४ जना पक्राउ

सुनसरी । बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन् । बराहक्षेत्रबाट चतरातर्फ आउँदै गर...

धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

धरान। धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ । शनिबार धरान उपमहानगरपालिकाका ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending