एजेन्सी । विश्व बैङ्ले विशेष गरी महिलाहरूको स्वामित्वमा सञ्चालित अफगानी साना व्यवसायहरूलाई सहयोग गर्न एक करोड ६० लाख अमेरिकी डलर छुट्याएको खामा प्रेसले जनाएको छ ।
बैङ्कले बुधबार संयुक्त राज्य अमेरिकाको आगा खान फाउन्डेसनले अफगानिस्तान पुनर्निर्माण ट्रस्ट कोषमार्फत यस कोषलाई प्रत्यक्ष वितरण गर्ने उल्लेख छ ।अफगानिस्तानमा साना वित्तीय प्रदायकलाई सहयोग गर्ने अफगानिस्तानमा वित्तीय स्रोतहरूमा पहुँच बढाउनका लागि सान्दर्भिक विकल्पमध्ये यो सहयोग एक हो । यो कार्यक्रम महिला लक्षित रहेको अफगानिस्तानका लागि विश्व बैङ्ककी निर्देशक मेलिन्डा गुडले बताए ।
परियोजनाको उद्देश्य अफगानिस्तानमा साना वित्तीय क्षेत्रलाई सुदृढ पारी साना व्यवसाय र महिला नेतृत्वको उद्यम व्यवसायको पुनर्निर्माण गर्नु, र निजी क्षेत्रको पुनरुत्थानमा योगदान पुर्याई आवश्यक वित्तीय ऋणमा पहुँच गर्न सकून भन्ने रहेको निर्देशक गुडले जानकारी गराए ।
विश्व बैङ्कले अफगानिस्तानमा साना र मध्यम आकारका उद्यमहरूका लागि वित्तीय स्रोतहरूमा पहुँच बढाउन प्रयास गरिरहेको जनाएको छ । जुन निजी क्षेत्रका व्यापार र लगानीमा काम गर्ने महिलाहरूका लागि अन्तर्राष्ट्रिय संस्थाहरूको समर्थनमा भएको वृद्धिसँग समानान्तर हुन्छ ।
बैङ्कका अनुसार यो पहल अफगानिस्तानका काबुल, कुन्दुज, नङ्गरहार, परवान, समङ्गन, सर–ए पोल, तखर, हेरात, डिकुन्डी, फरयाब र जोजजानलगायतका १५ प्रान्तहरूमा केन्द्रित हुनेछ ।
यसबाहेक, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले महिलाहरूलाई रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले धेरै परियोजनाहरू घोषणा गरेको छ । यसले अफगानिस्तानको अर्थतन्त्रलाई बढावा दिई अफगान महिला उद्यमीहरूको कम्पनीहरू चलाउन सशक्त बनाउने कुरामा जोड दिएको छ ।
अफगानिस्तानमा, शिक्षा र रोजगारीमा महिलाहरूको पहुँचमा सीमितताको परिणाम स्वरूप व्यापार र व्यवसायमा महिलाको चासो बढेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १३ गते, २०८१ - २०:४७
रसुवा । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका-१ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । आगलागीका कारण घर तथा लत्ता कपडा, भाडा...
मंसिर १३ गते, २०८१ - २०:३९
काठमाडौं । सरकारले १२ जना उपसचिवको सरुवा गरेको छ । बिहीबार गृह मन्त्रालयले उपसचिव, कारागार प्रशासक, सहायक प्रमुख जिल्ला अधिकारीलगायतको सरुवा गरेको ...
मंसिर १३ गते, २०८१ - २०:३४
काठमाडौं । बयानकाे लागि पाेखराबाट काठमाडाैं ल्याइएका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेलाई भद्रकालीकाे हिरासत कक्षामा राखिएकाे छ । सहकार...
मंसिर १३ गते, २०८१ - २०:०५
काठमाडौं । सर्वोच्च अदालतले विद्युतीय कारोबारसम्बन्धी कसुरमा अनुसन्धानका लागि थुनामा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उचित उपचारको प्रबन्ध गर्न ...
मंसिर १३ गते, २०८१ - १९:५०
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बिहीबार चीन पुगेकी छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनि बिहीबार साँझ चीनक...
मंसिर १३ गते, २०८१ - १९:४४
काठमाडौं । लगानी बोर्डको आजको ६० औँ बोर्ड बैठकले बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली...
मंसिर १३ गते, २०८१ - १९:३९
कोलम्बो । भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षाका कारण आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको र बाढीका कारण डुबेका अन...
मंसिर १३ गते, २०८१ - १९:३४
वासिङ्टन । निवर्तमान राष्ट्रपति जो बाइडनको प्रशासनको प्रमुख लक्ष्य पूरा गर्दै चीनले संयुक्त राज्य अमेरिकासँगको कैदी आदानप्रदानमा हिरासतमा लिइएका तीन अ...
मंसिर १३ गते, २०८१ - १९:३०
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्यान्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबिच आ...
मंसिर १३ गते, २०८१ - १९:२४
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले पियोर इनर्जी लिमिटेडलाई विद्युत् खरिद बिक्री (पीपीए)को रकमबाट डेडिकेटड तथा ट्रंक...
प्रतिकृया लेख्नुहोस्: