इलाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मुलुकमा वाम शक्ति एकीकरणको सुरुआत भइसकेको बताएका छन् ।
केन्द्रीय राजनीतिमा फेरिएको नयाँ सत्ता समीकरणले नेपालमा कम्युनिष्टहरू एकढिक्का हुन सुरु भएको सङ्केत गरेको बताउँदै खनालले २०८४ को आम निर्वाचनअघि नै नेपालका वाम शक्तिबीच एकता हुने बताए ।
आज गृह जिल्ला इलाम आउने क्रममा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारमा पत्रकारसँग कुरा गर्दै खनालले यस्तो बताएका हुन् । “अहिलेको सरकार गठनबाट वाम एकताको यात्रा सुरु भइसकेको छ”, उनले भने, “आम निर्वाचनसम्म पुग्दा सबै कम्युनिष्ट एक भएर जान्छन् ।”
पूर्वप्रधानमन्त्री खनालले वाम एकताको कार्यदिशा आफैँले अगाडि बढाएको बताए । त्यही अनुरूप अहिले सरकार गठन भएको उनको भनाइ छ । “एकता भन्ने कुरा जहिले पनि सम्भव छ । अझ वाम एकता हुन त ढिला भइसक्यो । विचार र सिद्धान्त मिलेपछि कसैले रोक्न सक्दैन”, उनले भने, “तर अब टाउका मिल्ने होइन विचार मिल्नेबीच एकता हुनुपर्छ ।” पार्टी एकतापछि २०८४ सम्ममा चुनावी एकता हुने उनको भनाइ छ । “पार्टीसँगै चुनावी एकताका लागि मेरो अन्तिम कसरत हुनेछ”, नेता खनालले भने ।
सम्मानित नेता खनालले नयाँ सरकार गठनसँगै आम नागरिकमा उत्साह जगाएको बताउँदै यतिबेला मुलुक ठूलो सङ्कटमा रहेको बताए । “आर्थिक तरलता, राजनीतिक अस्थिरता, चरम भ्रष्टाचार र युवा पलायनका कारण देश सङ्कटमा परेको छ”, उनले भने, “आम नागरिक निराश भएका बेला बनेको नयाँ समीकरणका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारले जनमुखी काम गर्नुपर्छ ।”
खनाल इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा आफ्ना दलका उम्मेदवार जीतबहादुर राईलाई सघाउन इलाम आएका हुन् । वैशाख १५ गते इलाम क्षेत्र नं २ मा हुने उपचुनावमा एकीकृत समाजवादीको छुट्टै उम्मेदवार रहेको छ । माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष राईलाई पार्टीले अघि सारेको छ । खनालले केन्द्रमा गठबन्धन भए पनि जिल्लाको उपनिर्वाचनमा एमालेसहित अन्य दलसँग आफ्नो पार्टीले स्वस्थ प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
नेता खनालले ठूलो वाम शक्तिले आफूलाई साझा उम्मेदवारका रूपमा अघि सार्न खोजे पनि सत्ता साझेदार ठूलो दल एमालेले एक्लै चुनाव लड्ने भनेपछि आफूले विश्राम लिएको बताए ।
नेता खनाल २०७९ को निर्वाचनमा इलाम क्षेत्र नं १ मा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग पराजित भएपछि पहिलोपटक जिल्ला आएका हुन् । उनले इलाम–२ का विभिन्न चुनावी कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एसका जिल्ला उपाध्यक्ष चित्रकला बराइलीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: