धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वयले मात्र सङ्घीयता सवल हुने बताएका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेश र नेपाल कानुन समाजको संयुक्त आयोजनमा आज जनकपुरधाममा सम्पन्न प्रदेश र स्थानीय सरकारको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था र भावी रणनीति विषयक अन्तक्र्रिया कार्यक्रममा मुख्यमन्त्री यादवले सो कुरा बताए ।
नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरे पनि प्रदेश र स्थानीय तहबीचको समन्वयलाई व्याख्या नगरी सङ्घीयतालाई नै कमजोर गर्ने काम गरेकाले सङ्घीयतालाई बलियो पार्न स्थानीय तह र प्रदेश सरकारबीच समन्वय गर्नुको विकल्प नरहेको बताए ।
सङ्घीयता मधेसलाई नै चाहिएको उल्लेख गर्दै मुख्यमन्त्री यादवले स्थानीय तह र प्रदेश सरकार एकजुट भएर अघि बढ्नुपर्ने बताए । स्थानीय तहको परिषद् बैठकमा समेत प्रदेशसभा सदस्यहरूलाई प्रतिनिधित्व गराउन आग्रह गर्दै मुख्यमन्त्री यादवले प्रदेशको प्रतिनिधित्व गराइए स्थानीय तहलाई फाइदै हुने बताए ।
सङ्घीयताले मधेसको गाउँगाउँसम्म विकासको अनुभूति गराएको दाबी गर्दै मुख्यमन्त्री यादवले विगतका राजतन्त्रदेखि प्रजातन्त्रसम्म मधेसले भोगेको हविगत सबैसामु छर्लङ्ग रहेको बताए ।
कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले मधेस सरकारबाट निर्माण भएको कानुन कार्यान्वयनको अवस्था र चुनौती तथा नेपाल कानुन समाजका कार्यक्रम निर्देशक मोहनलाल आचार्यले प्रदेश र स्थानीय तहको समन्वयको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिका पूर्वसभापति परशुराम मेघी गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डल, गृहमन्त्री राजकुमार लेखीसहितका वक्ताले आ–आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा मधेस सरकारका प्रतिनिधि, स्थानीय तहका प्रतिनिधि, मधेस प्रदेशसभाका सभासद, गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: