काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी गठी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए ।
'विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,' महरले भने ।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याविनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए ।
अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ। ुआज चैत्र २४ गते २०४६ सालमा जनआन्दोलन सुरु भएको दिए । सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ। आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ,ु उनले भने ।
भ्रमको ललिपप देखाएर वदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन्। अरुलाई गाली गरेरमात्र सधैँ भ्रमको राजनीति गर्न नसकिने उनले बताए ।
ुपार्टी जन्मिने वित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,ु महरले भने। नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन् ।
ुअप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधै निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कुटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारिदिनुपर्ने, जनमतको अपमान गर्दै संसद विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ। त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ,ु महरले भने। उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २ गते, २०८२ - १७:४३
.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...
चैत्र २ गते, २०८२ - १७:०२
काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...
चैत्र २ गते, २०८२ - १६:४९
काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...
चैत्र २ गते, २०८२ - १६:४३
ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...
चैत्र २ गते, २०८२ - १६:२७
काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...
चैत्र २ गते, २०८२ - १६:२०
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...
चैत्र २ गते, २०८२ - १६:१४
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...
चैत्र २ गते, २०८२ - १५:३०
काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...
चैत्र २ गते, २०८२ - १५:२०
काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...
चैत्र २ गते, २०८२ - १५:१०
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...


प्रतिकृया लेख्नुहोस्: