काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानविन समिति गठन हुन नसकेको बताएका छन् ।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ केन्द्रीय परिषद भेलालाई बिराटनगरमा सम्बोधन गर्दै नेता महरले एमाले र रास्वपाका अधिकांश नेता सहकारी गठी प्रकरणमा मुछिएको र मन्त्रिपरिषदमा पनि विवादित व्यक्तिहरू रहेकाले वर्तमान सरकारबाट सुशासनको कुनै अपेक्षा नरहेको बताए ।
'विवादित व्यक्ति यतिबेला मन्त्रिमण्डलमा छन्। हामीले सडकदेखि सदनसम्म सहकारीमा जम्मा गरेको जनताको रकम दुरुपयोग गर्नेहरूमाथि छानविनका लागि आवाज उठाइरहेका छौं। तर, सरकार अटेरी गरिरहेको छ। किनकि सरकारमा प्रधानमन्त्री भन्दा बलिया अपराधिक मानसिकता भएका व्यक्तिहरू छन्। उनीहरूले प्रधानमन्त्रीलाई विभिन्न दवाव र प्रभावमा पारिरहेका छन्,' महरले भने ।
त्यस्ता व्यक्तिहरूलाई जनताले समयमै पाखा लगाउनु पर्ने महरले बताए । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएकाहरू वर्तमान पुप्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी रहेकाले उनको हालको क्याविनेट नै अपराधिको संगठन जस्तो रहेको महरले आरोप लगाए ।
अपराधमा संलग्न मन्त्रीहरूले आफूलाई जोगाउन चलखेल गर्ने बाहेक उनीहरूबाट अन्य कुनै अपेक्षा गर्न सक्ने ठाउँ नरहेको महरको भनाइ छ। ुआज चैत्र २४ गते २०४६ सालमा जनआन्दोलन सुरु भएको दिए । सोही आन्दोलनको जगमा प्रजातन्त्र स्थापना भएको थियो। आज नै उपनिर्वाचनका उम्मेदवारहरूको उम्मेदवारी दर्ताको दिन परेको छ। आजकै दिनबाट सबै जनताले प्रण गरेर जनता र देशका प्रति गद्दारी गर्नेहरूलाई कहिले साथ दिने छैनौं भनेर प्रण गर्नु आवश्यक छ,ु उनले भने ।
भ्रमको ललिपप देखाएर वदमासी गर्न खप्पिस नयाँ राजनीतिक दलहरूसँग जनता विशेष सतर्क रहनु पर्ने महर बताउँछन्। अरुलाई गाली गरेरमात्र सधैँ भ्रमको राजनीति गर्न नसकिने उनले बताए ।
ुपार्टी जन्मिने वित्तिकै रास्वपालगायत नयाँ दलमा आवद्ध नेताहरूका एकपछि अर्को आपराधिक कुकर्म सार्वजनिक भइरहेका छन्। अब जनताले प्रस्टरूपमा बुझिसक्नु भएको छ। त्यसैले उहाँहरूले धेरै ठूला कुरा नगर्दा हुन्छ,ु महरले भने। नेपालमा प्रजातन्त्र प्राप्तिका लागि कर्मचारी, श्रमिकलगायत सबैको महत्त्वपूर्ण भूमिका रहेकाले नेपाली राजनीतिले उक्त भूमिकालाई भुल्न नहुने बताएका छन् ।
ुअप्ठ्यारोमा पर्दा कांग्रेसले नेतृत्व गर्ने, सधै निर्वाचन कांग्रेसकै नेतृत्वमा हुने, विदेशसँगको कुटनीतिक सम्बन्ध कांग्रेसले नै सुधारिदिनुपर्ने, जनमतको अपमान गर्दै संसद विघटन गर्दा कांग्रेसले नै जोगाउनु पर्ने। यसरी मुलुक अप्ठ्यारोमा पर्दा कांग्रेसले काँध हाल्दै आएको छ। त्यसैले सस्तो लोकप्रियता खोज्ने र मुलुकलाई भड्खालोमा हाल्नेहरूलाई किन कुर्सीमा पुगाएर स्वार्थ केन्द्रित गतिविधिमा सहभागी गराउने। त्यसैले अब हामी सबैले सोच्ने बेला आएको छ,ु महरले भने। उनले उप निर्वाचनमा दुवै क्षेत्रमा कांग्रेसलाई विजयी गराएर स्वार्थ केन्द्रित राजनीतिक दलहरूलाई गतिलो झापड दिन जनतासँग आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १२:३१
काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...
पौष ४ गते, २०८२ - १२:२४
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...
पौष ४ गते, २०८२ - ११:५१
गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...
पौष ४ गते, २०८२ - १०:५७
मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...
पौष ४ गते, २०८२ - १०:५०
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...




प्रतिकृया लेख्नुहोस्: