एजेन्सी । इरानको प्रहरीले मुसलमानहरूको पवित्र महिना रमजानको अन्त्यमा आक्रमण गर्ने योजना बनाएका इस्लामिक स्टेट (आइएस) समूहका तीन संदिग्ध सदस्यलाई पक्राउ गरेको सरकारी मिडियाले शनिबार बताएको छ ।
आधिकारिक आइआरएनए समाचार एजेन्सीका अनुसार उत्तरपश्चिमी प्रान्त अल्बोरेजको कारज सहरमा पक्राउ परेकाहरूमा मोहम्मद जकर पनि रहेका छन् । उनको पहिचान आइएस समूहको ‘वरिष्ठ सदस्य’ का रूपमा गरिएको थियो ।
“रमजान समारोहको अन्त्यमा आत्मघाती आक्रमण गर्ने योजना बनाइरहेका इस्लामिक स्टेट समूहका तीन सदस्यलाई अल्बोरेज प्रान्तको प्रहरीले पक्राउ गरेको छ”, आइआरएनएले भनेको छ । पक्राउ कहिले गरिएको र पक्राउ पर्नेमा विदेशी नागरिक थिए वा थिएनन् भन्नेबारेमा तत्काल स्पष्ट भएको छैन ।
आइआरएनएले विस्तृत विवरण नखुलाई अन्य आठ ‘सहयोगी’ लाई पक्राउ गरिएको पनि जानकारी दिएको छ । स्थानीय सञ्चारमाध्यमहरूले मङ्गलबार पवित्र सहर कोममा दुई कथित आइएस सदस्य पक्राउ परेको बताएका छन् ।
आइएसले जनवरीमा ९० भन्दा धेरै व्यक्तिको ज्यान जाने गरी दक्षिणी इरानी सहर करमानमा भएको दोहोरो बम विस्फोटको जिम्मेबारी लिएको थियो । उक्त आक्रमण इराकमा अमेरिकी ड्रोन आक्रमणमा मारिएका शीर्ष रिभोल्युसनरी गार्ड्सका जनरल कासिम सुलेमानीको मृत्युको वार्षिकोत्सवमा आयोजित समारोहमा भएको थियो ।
इरानले वर्षौंदेखि जिहादी र अन्य आतङ्कवादी समूहहरूसँग लड्दै आएको छ । आइआरएनएले शनिबार पाकिस्तानसँगको सीमा नजिक जिहादीहरूले गरेको हालैको आक्रमणमा मारिएका ‘शहीद’ हरूको सङ्ख्या बढेर १६ पुगेको बताएको छ । मारिनेमा सबै सुरक्षा बलका सदस्य रहेका छन् ।
यसअघि सरकारी मिडियाले झडपमा १० सुरक्षाकर्मी र जैश अल–अदल जिहादी समूहका १८ सदस्य मारिएको बताएको थियो । सुन्नी मुस्लिम विद्रोही समूह जैश अल–अदलको स्थापना सन् २०१२ मा भएको थियो । उक्त समूहलाई इरान र अमेरिका दुवैले ‘आतङ्कवादी’ सङ्गठनका रूपमा सूचीकृत गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: