Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

हामीलाई मिल्न नदिन प्रचण्डसँग लागेर नबिग्रन भन्दैछन् : विप्लव

खबरडबली संवाददाता

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन्। सो पार्टी निकट युवा सङ्गठन  नेपालद्वारा धनगढीमा आयोजित पाँचौँ राष्ट्रिय सम्मेलनमा उनले विभिन्न घटकमा छरिएका माओवादी मिल्नुपर्ने बेला आएको बताए । 

उनले भने, “माओवादी मिल्नुपर्छ भन्ने झुपडी÷झुपडी र घर÷घरको आवाज छ । देश विकासका लागि माओवादी मिलिदिए हुन्थ्यो भन्ने जनताको चाहना छ।”

समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए।  समाजवादी मोर्चालाई व्यापक बनाउन जरुरी रहेको बताउँदै उहाँले समाजवादी मोर्चामा एमाले पनि आओस् भन्ने आफ्नो चाहना रहेको बताए । 

उनले देशका युवा निराश हुन नहुने बताउँदै देशका युवा निराशावादी नभइ आशावादी हुनुपर्ने बताए। उनले भने, “जुन देशका युवा निराश हुन्छन् । त्यो देशका जनताले दुःख पाउँछन्। हाम्रा देशका युवा निराश हुनुपर्दैन । दुई छाक टार्नकै लागि विदेशिनु पर्दैन । हामी यहीँ काम गर्न सक्छौँ । तराईको जमिनमा मात्रै खेती गर्ने हो भने छ÷सात करोड मान्छेलाई खान पुग्छ ।”

एमसीसीमार्फत नेपाल पसेको अमेरिकाले एमसिएमार्फत नेपालमा सैन्य अखडा बनाउने सपना नेपाल कम्युनिष्ट पार्टी रहुन्जेल पूरा हुन नदिने बताए । उनले इष्ट्रइण्डीया कम्पनीमार्फत व्यापार गर्ने उदेश्य बोकेर आएको अंग्रेजले भारतमा लामो समय शासन गरेको बताउदै देशको राष्ट्रियता र स्वाधीनतामा कसैले आँच पु¥याउने दुस्साहस गरे ३ करोड जनताले हतियार उठाउन बाध्य हुने र त्यसकोे नेतृत्व नेकपाले गर्ने बताए ।

हामीलाई हतियार उठाउने आरोप लागेको छ । तर हामी गर्वका साथ भन्छौँ, राष्ट्रियताका सवालमा हामी लुकेर नभई खुल्ला रुपमा जनताका साथ हतियार उठाएर देशको रक्षा गर्नेछौँ । देशको स्वाधीनताको लागि नेपाली युवाहरुले ज्यान दिन पनि तयार हुनु पर्छ उनले भने ।

जनताले ल्याएको लोकतान्त्रिक गणतन्त्र जनताको गणतन्त्र हुन नसकेको बताउदै महासचिव विप्लवले जनताले दुस्ख पाएको बताए । उनले व्यवस्था नफेरि व्यवस्था नफेरिने बताउदै खोट व्यवस्थामै भएकाले व्यवस्था फेर्नुपर्ने बताए । उनले सबैले समाजवादको कुरा गरिरहेको अवस्थामा व्यवस्था ठीक छ अवस्था बदल्नु पर्छ भन्ने रवि लामिछानेले पनि समाजवादको कुरा उठाउन थालेको बताए ।

महासचिव विप्लवले नेपाल कम्युनिष्ट पार्टीले नेपाली विशेषताको समाजवादको परिकल्पना गरेको बताउदै समाजवाद प्राप्तिका लागी राष्ट्रवादी देशभक्तहरु एकजुट हुनु पर्ने बताए । उनले नेपाली कांग्रेसले पनि विपीको समाजवादका विषयमा पार्टीभित्र छलफल चलाउनु पर्ने बताए । 

साम्राज्यवादी साङ्लोले समाजवादलाई बाँधेर राखेको बताउँदै महासचिव विप्लवले नेपाली विशेषताको समाजवादका लागि एक पटक मौका दिनु पर्ने बताए ।

हामी सहिद परिवारसंगै रोएका छौँ, सुकुम्बासीको अगेनामा बसेर उनीहरुका दुस्ख नजिकबाट देखेका छौँ, सहिदसँगै लड्दालड्दै ज्यान गुमाएको देखेका छौँ त्यसैले हामी परिवर्तनको पक्षमा छौँ, देशको पक्षमा छौँ, राष्ट्रियताको पक्षमा छौँ उनले भने ।

नेपाल प्रश्नैप्रश्नको घेरामा उभिएको बताउदै कोही खुसी नभएको बताए । कैलाली जिल्ला देशको आमुल परिवर्तनका लागि ज्यान गुमाउने सहिदहरु जन्माउने जिल्ला भएको बताउदै उनले जनयुद्धमा भागेका भगौडाहरुले तर्साउदैमा कोही नडराउने बताए । जनताका बैरीहरुले टाउको उठाउने कोशिस गरिरहेको बताउदै उनले समाजवादी मोर्चाको गठनले उनीहरुको निदहराम भएको बताए । समाजवादी कम्युनिष्टहरुलाई एक हुन नदिन एक अर्काको कुरा काट्दै हिडेको बताए ।

हामीलाई प्रचण्डसँग लागेर नबिग्रन भन्दैछन्, प्रचण्डलाई हामीसँग नलाग्न भन्दैछन्, हामीलाई टुक्तयाउने र कमजोर बनाउने षडयन्त्र हुँदैछ, हामी सबै कम्युनिष्टहरु मात्र नभई देशभक्तहरु एकजुट हुन जरुरी छ उनले भने । 

निरासा सबै भन्दा ठुलो सत्रु भएको बताउदै युवाहरुले निराशा विरुद्ध खुकुरीको धार बनेर स्पात बन्नु पर्ने बताए । महासचिव विप्लवले २ सय ५० वर्ष शासन चलाई सकेको राजतन्त्र फर्केर नआउने बताउदै व्यवस्था परिवर्तनका लागी संसदीय व्यवस्था कि समाजवाद भन्ने विषयमा जनमत संग्रह गर्न सकिने बताए । उनले एक पटक नेकपालाई मौका दिनु पर्ने बताउदै किनेर पाउने भोटको औचित्य नभएको बताए ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानले अमेरिकासँग वार्ताको प्रस्ताव अस्वीकार गर्दा झल्कियो गहिरो अविश्वास

काठमाडौं । यो साता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका र इरानबीच युद्ध अन्त्यलाई लिएर "एकदमै राम्रो र उत्पादक संवाद" भएको बताए। तर इरानको प्रति...

घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु

डोटी । खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु भएको छ ।  जिल्लाको आदर्श गाउँपालिका–७ दहकालीकाका ५० वर्षीय काले नेपालीको मास...

बालेन्द्र सरकारमा यी हुन् सम्भावित मन्त्रीका नाम, एक तिहाइ महिला समेट्ने प्रयास

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह आज प्रधानमन्त्रीमा नियुक्त हुँदै छन् ।  राष्ट्रपति कार्यालयका प्रवक्ता ...

अवैध रूपमा सञ्चालित क्रसरबाट नुवाकोटका स्थानीयवासी पीडित

विद्यालय र अस्पताल झनै समस्यामा

अधिकांश विदेशी मुद्राको भाउ घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना भएको हो।   जिल्ला प्रहरी का...

प्रधानमन्त्रीको शपथ लिँदै बालेन

काठमाडौँ ।  मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र प...

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बुधबार र बिहीबार पक्राउ गरिएको हो ...

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौँ । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट र पेन्टमा जिल्ला अदालत काठमाडौँ परिसरमा भेटिएका बाजुरा त्रिवेणी नगरपालिका–७ का लोकेशकुमार अयडी नि...

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी देशभर मनाइँदै छ । त्रेता युगमा...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending