काभ्रेपलाञ्चोक । निर्माणाधीन नमोबुद्ध–तेमाल सडक खण्डअन्तर्गत तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानका ५९ घर तथा भौतिक संरचना भत्काइने भएको छ । यसका लागि स्थानीयलाई सार्वजनिक स्थलमा बनाइएका उक्त संरचना भत्काइ सडक दायाँबाँयाँ खाली गरिदिन गाउँपालिकाले ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
हाल बिपी राजमार्गअन्तर्गत नमोबुद्धनगरस्थित भकुण्डेचोबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मच्छेसम्मको १३ किलोमिटर स्तरोन्नतिसहित पक्की बनाउने कार्य भइरहेको छ । पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा कब्जा गरी पक्की संरचनासमेत निर्माण गरिएको थियो । विसं २०५५ मा भकुण्डे–मेच्छे सडक निर्माणका क्रममा उक्त स्थानमा घर बनाउन थालेपछि बजारका रुपमा विकसित भइसकेको छ ।
गाउँपालिका उपाध्यक्ष दलमान लामाले पोखरी नारायणस्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण भएका सबै घर–टहरासहितका संरचना हटाउन ३५ दिने सूचना जारी गरिएको बताए । उनका अनुसार स्थानीयलाई समयसीमाभित्रै घर–टहरा हटाउन सूचनाबाहेक अन्य माध्यमबाटसमेत अनुरोध गरिएको हो । उक्त स्थानमा रहेको सार्वजनिक पोखरीमा निर्माण गरिएका पक्की संरचना हटाइ पहिलाकै अवस्थामा ल्याउन पनि अनुरोध गरिएको उनले बताए ।
बजारमा स्थानीय तेमाल सिं तामाङलगायत केहीले विसं २०५९ पछि पक्की घर निर्माण गरेका छन् । “पक्की संरचना त बनाइयो, तर गाउँपालिकाले आफँैं भत्काउन सूचना गरेको छ, हामी पक्की संरचना जोगाइदिन आग्रह गर्दैछौँ”, तामाङले भने । उनले केही स्थानीयवासीको ‘घरबास’नै उठ्ने भएकाले संवेदनशील बन्न जनप्रतिनिधिलाई अनुरोध गरेको बताए ।
गाउँपालिकाद्वारा जारी सूचनामा समयसीमाभित्र आफैँले भत्काउन र अटेर गरेमा गाउँपालिका कार्यालयले भत्काउने उल्लेख गरिएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरले भकुण्डेबाट मेच्छेसम्म दुई खण्डअन्तर्गत १३ किमी सडक कालोपत्र गर्नेगरी २० महिनाअघि ९२०७९ साउन १६ गते० निर्माण कम्पनी केएस देवी रमनरतेज जेभीसँग रु २० करोड ८९ हजारमा ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने, नाली निर्माण गर्ने, सववेस, वेस र कालोपत्र गर्नुपर्ने छ ।
आगामी साउन १५ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने उक्त सडक स्तरोन्नति एवं विस्तारको काम ढिलाइ हुँदा पानी परे हिलो र घाम लागे धुलोका सास्ती खेप्नुपरेको भन्दै नमोबुद्ध नगर र तेमाल गाउँपालिकाका स्थानीयले सडक डिभिजन कार्यालय तथा निर्माण कम्पनीलाई विरोध जनाउँदै आएका छन् । हाल उक्त खण्डमा २२ प्रतिशत मात्रै काम भएको कार्यालयले जनाएको छ ।
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले शुक्रबार निर्माणाधीन उक्त सडकको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समयसीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन निर्देशन दिएको छ । साथै कामको प्रगति विवरण पेस समेत गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । यसअघि स्थानीयले स्तरोन्नति सुरु गरिएको उक्त सडकको अनुगमन गरी काम छिटो सम्पन्न गराउनुपर्ने माग गर्दै आएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...
मंसिर २८ गते, २०८२ - ११:५१
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल प्रतिस्पर्धा गर्ने दुवै टिमलाई शुभकामना व्यक्त गरेको छिन् । उनले आ...
मंसिर २८ गते, २०८२ - ११:३९
नेपालगन्ज। बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर...




प्रतिकृया लेख्नुहोस्: