Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

सूर्यग्रहण हेर्न अमेरिकामा ६ जना कैदी रिहा

खबरडबली संवाददाता

काठमाडौं । सूर्यग्रहण हेर्न अमेरिकामा ६ जना बन्दीलाई रिहा गरिएको छ । टाइम म्यागजिनका अनुसार न्युयोर्क सहरका ती कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरिएको हो । 

यी बन्दीहरूले ग्रहण हेर्नको लागि आवेदन दिएका थिए ।  अमेरिकाको स्थानीय समयअनुसार बिहान ११ बजेदेखि पूर्ण सूर्यग्रहण सुरु हुनेछ । सूर्यग्रहण मेक्सिको र अमेरिकाबाट प्रस्ट रुपमा देख्न सकिन्छ ।

सूर्यग्रहणका कारण अमेरिकामा अनुमानित १३ हजार करोड भारु बराबरको व्यापार हुने टाइम म्यागजिनले जनाएको छ । साथै, अमेरिकामा सूर्यग्रहणको रुटमा पर्ने विमानमा टिकटको माग १५ सय प्रतिशतले बढेको छ ।

यसअघि ७ वर्षअघि सन् २०१७ मा पूर्ण सूर्यग्रहण लागेको थियो । आज देखिने सूर्यग्रहणको प्रभाव यसअघिको भन्दा बढी हुनेछ र धेरै क्षेत्रमा देखिनेछ। अमेरिकामा अब अर्को पूर्ण सूर्यग्रहण सन् २०४५ मा लाग्नेछ ।

के हो सूर्यग्रहण ?

पृथ्वी र अन्य सबै ग्रहहरू गुरुत्वाकर्षण बलका कारण सूर्यको वरिपरि घुम्छन् । पृथ्वीले सूर्यको वरिपरि ३६५ दिनमा एक पटक परिक्रमा गर्छ । चन्द्रमा एउटा उपग्रह हो, जसले पृथ्वीको परिक्रमा गर्छ।

चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न २७ दिन लाग्छ । चन्द्रमाको परिक्रमाको क्रममा कहिलेकाहीँ चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा सूर्यको प्रकाश पृथ्वीमा पुग्न नसक्ने अवस्था उत्पन्न हुन्छ । यसलाई सूर्यग्रहण भनिन्छ।

धेरै जसो सूर्यग्रहणहरू नयाँ चन्द्रमाका दिनहरूमा हुन्छन्, किनभने त्यो समय हो जब चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ। प्रत्येक १८ महिनामा विश्वको कुनै न कुनै भागमा सूर्यग्रहण लाग्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

कलेजो क्यान्सर बढ्दै, के के हुन्छन् लक्ष्यण ?

काठमाडौं । कलेजो हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । कलेजोले रगतमा रासायनिक स्तरलाई सन्तुलनमा राख्न, खाना पचाउन पित्त नामक उत्पादन र...

सिँचाइ आयोजनाले किसानलाई गोठ सुधारमा सघाउँदै

कैलाली । कैलालीमा रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइले कृषि र पशुपालनमा किसानलाई सघाउँदै आएको छ । आयोजनाले कैलालीमा तीन प...

योगेन्द्र कार्कीको निर्देशनमा भजन 'जे सुख मिल्दछ' सार्वजनिक

काठमाडाैं । ईश्वर मगियाको स्वरमा रहेको भजन गीत ‘जे सुख मिल्दछ’ सार्वजनिक भएको छ । खेमराज केशवशरणको शब्द, नरेन्द्र प्यासीको सङ्गीतमा रहेको भजन गीतको भि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies