काठमाडौं । सूर्यग्रहण हेर्न अमेरिकामा ६ जना बन्दीलाई रिहा गरिएको छ । टाइम म्यागजिनका अनुसार न्युयोर्क सहरका ती कैदीबन्दीलाई रिहा गर्ने निर्णय गरिएको हो ।
यी बन्दीहरूले ग्रहण हेर्नको लागि आवेदन दिएका थिए । अमेरिकाको स्थानीय समयअनुसार बिहान ११ बजेदेखि पूर्ण सूर्यग्रहण सुरु हुनेछ । सूर्यग्रहण मेक्सिको र अमेरिकाबाट प्रस्ट रुपमा देख्न सकिन्छ ।
सूर्यग्रहणका कारण अमेरिकामा अनुमानित १३ हजार करोड भारु बराबरको व्यापार हुने टाइम म्यागजिनले जनाएको छ । साथै, अमेरिकामा सूर्यग्रहणको रुटमा पर्ने विमानमा टिकटको माग १५ सय प्रतिशतले बढेको छ ।
यसअघि ७ वर्षअघि सन् २०१७ मा पूर्ण सूर्यग्रहण लागेको थियो । आज देखिने सूर्यग्रहणको प्रभाव यसअघिको भन्दा बढी हुनेछ र धेरै क्षेत्रमा देखिनेछ। अमेरिकामा अब अर्को पूर्ण सूर्यग्रहण सन् २०४५ मा लाग्नेछ ।
के हो सूर्यग्रहण ?
पृथ्वी र अन्य सबै ग्रहहरू गुरुत्वाकर्षण बलका कारण सूर्यको वरिपरि घुम्छन् । पृथ्वीले सूर्यको वरिपरि ३६५ दिनमा एक पटक परिक्रमा गर्छ । चन्द्रमा एउटा उपग्रह हो, जसले पृथ्वीको परिक्रमा गर्छ।
चन्द्रमाले पृथ्वीको परिक्रमा गर्न २७ दिन लाग्छ । चन्द्रमाको परिक्रमाको क्रममा कहिलेकाहीँ चन्द्रमा सूर्य र पृथ्वीको बीचमा आउँदा सूर्यको प्रकाश पृथ्वीमा पुग्न नसक्ने अवस्था उत्पन्न हुन्छ । यसलाई सूर्यग्रहण भनिन्छ।
धेरै जसो सूर्यग्रहणहरू नयाँ चन्द्रमाका दिनहरूमा हुन्छन्, किनभने त्यो समय हो जब चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुन्छ। प्रत्येक १८ महिनामा विश्वको कुनै न कुनै भागमा सूर्यग्रहण लाग्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ३ गते, २०८३ - २०:५३
ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थ...
जेष्ठ ३ गते, २०८३ - २०:०२
सुर्खेत । नेकपाका संयाेजक पुष्पकमल दाहाल प्रचण्डलेअहिलेको सत्ता समीकरणमाथि तीखा टिप्पणी गर्दै कांग्रेस–एमालेले प्रदेश सरकार गठनका लागि दिएको प्रस्ताव ...
जेष्ठ ३ गते, २०८३ - १९:५९
रुपन्देही । नेपाली कांग्रेस रुपन्देहीभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ । जिल्ला सभापति रामकृष्ण खाणको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपसभापत...
जेष्ठ ३ गते, २०८३ - १९:४१
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मर्म...
जेष्ठ ३ गते, २०८३ - १९:३५
ललितपुर । ललितपुरको कुम्भेश्वर मन्दिर परिसरमा रहेको एउटा पिपलको रुख ढलेको छ। स्थानीयका अनुसार आज दिउँसो ४:४५ बजेतिर सो रुख ढलेको हो। रुख ढले पनि ...
जेष्ठ ३ गते, २०८३ - १९:२८
विराटनगर । विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको शवबाट सुनको मुन्द्रा गायब भएको घटनाले अस्पतालको सुरक्षा र लापरबाहीम...
जेष्ठ ३ गते, २०८३ - १९:२३
काठमाडौं । नेपाल धितोपत्र बोर्डले हालसम्म २४ कम्पनीलाई साधारण शेयर (आईपीओ) बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले चालु आर्थिक वर्षको चैत मसान्त...
जेष्ठ ३ गते, २०८३ - १९:२१
नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जङ्गल क्षेत्रमा आज कार दुर्घटना हुँदा चाल...
जेष्ठ ३ गते, २०८३ - ०९:०३
काठमाडौं । पश्चिम एसियामा चुलिँदै गएको तनावबीच भारत सरकारले सुनपछि अब चाँदी आयातमा पनि कडा नियन्त्रण सुरु गरेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्न ...
जेष्ठ ३ गते, २०८३ - ०९:००
काठमाडाैं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग इरान युद्धको बारेमा संवाद गर...



प्रतिकृया लेख्नुहोस्: