Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

हेटौँडाको गुन्द्रुकलाई सरकारी गुणस्तरको मान्यता

खबरडबली संवाददाता
मनहरी । हेटौँडामा उत्पादित गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेको छ । हेटौँडा–१२ घलेगाउँस्थित कञ्चनजङ्गा कृषि सहकारी संस्था लघु उद्यमी उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि सरकारी मान्यता प्राप्त भएको हो ।
 
सो उद्योगले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएको भन्दै हेटौँडास्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज अनुज्ञा पत्र प्रदान गरेको उपमहानगरपालिकामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यममा लागेको साना व्यवसायीमध्ये गुन्द्रुक उद्योगले पहिलो पटक सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको हो ।
 
उपमहानगर प्रमुख मीनाकुमारी लामाले यहाँ उत्पादन भएको गुन्द्रुकको बजारीकरणमा उपमहानगरपालिकाले सहयोग बताए । उद्यमी समूहलाई अनुज्ञा पत्र हस्तान्तरण गर्दै उनले हेटौँडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पहिलो चरणमा हेटौँडा बजारमा र दोस्रो चरणमा बाहिरी जिल्लामा गुन्द्रुकको बजारीकरण गर्ने जानकारी दिए। 
 
होटल व्यवसायी सङ्घ मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशीले जिल्लामा मासिक एक हजार दुई सय किलो गुन्द्रुक खपत हुने गरेको बताए। उहाँले होटलहरुले यहीँ उत्पादन भएको गुन्द्रक खपत गर्नेमा प्रतिबद्धता जनाए । “सरकारी मान्यता प्राप्त भएपछि हामीले गुणस्तरका विषयमा शंका गर्नु परेन । अब जिल्लाका होटलहरुमा यहाँ उत्पादित गुन्द्रक प्रयोगमा समस्या छैन”, उनले भने।
 
गुन्द्रुकले सरकारी मान्यता प्राप्त गरेसँगै बजारीकरणका लागि बाटो खुलेको छ । करिब चार महिना लामो अनुगमन र परीक्षणपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट गुन्द्रुक प्रयोगका लागि अनुज्ञा पत्र प्राप्त भएको उपमहानगरपालिका उद्योग शाखाका प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए। 
 
उपमहानगरपालिकाको रु एक लाख लगानीबाट सुरु अग्र्यानिक साग उत्पादनबाट बनाइएको गुन्द्रुकले अनुज्ञा पत्र पाउँदा आफूहरु निकै खुशी भएको उद्यमी समूहका अध्यक्ष चिनिमाया गुरुङले बताए । 
 
“उपमहानगरले हामीलाई दिएको हौसलाले अहिलेको अवस्था आएको हो ।  उपमहानगरको सहयोग र सहकारीको रु ८० हजार ऋणबाट १५ कठ्ठा जमिन भाडामा लिएर सागखेती गरी गुन्द्रुक उत्पादन गरिएको हो”, उनले भने । 
 
अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाएको उनले बताए । “अनुज्ञा पत्रको अभावमा बजारीकरण गर्न नपाउँदा रु तीन लाख बराबरको गुन्द्रुक यत्तिकै थन्किएको थियो, अब सजिलो भएको छ”, उनले भन्नुभयो । 
 
यस समूहमा हाल १२ जना छन्। समूहले गत असोजमा उपमहानगरपालिकासँग सम्झौता गरी मंसिरबाट गुन्द्रुक उत्पादन सुरु गरेको थियो । उद्योग शाखाको तथ्याङ्कअनुसार उपमहानगरले आठ सयभन्दा बढीलाई विभिन्न प्रकारका तालिम दिएपनि हाल दुई सय ६८ जना उद्यममा जोडिएको जनाएको छ ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नागार्जुनबाट १ करोड १६ लाख नगदसहित दुई हुन्डी कारोबारी पक्राउ

.काठमाडौं । काठमाडौंमा १ करोड १६ लाख रुपैयाँ नगदसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंले भीमढुंगा क्षेत्रबाट दुई जनालाई नियन्त्र...

कांग्रेसका निवर्तमान सांसद चालिसे रिहा, तीन करोड ६८ लाखको मुद्दामा ५ लाख धरौटी माग

काठमाडौं । भ्रष्टाचारको आरोप खेपिरहेका कांग्रेसका निवर्तमान सांसद सन्तोष चालिसे सँग विशेष अदालत ले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। विशेष अदालतक...

स्वास्थ्य बिमा र राष्ट्रिय परिचयपत्र प्रणाली जोड्न समझदारी, अब राष्ट्रिय परिचयपत्र नम्बरबाटै स्वास्थ्य बिमा

काठमाडौँ। स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ । स्वास्थ्य बिमा सेवालाई प्रविधिमैत्री, सुरक्षित र भरपर्द...

मतान्तर मात्र पाँच खर्चमा भने ठुलो अन्तर : पोखरेलले १० लाख खर्च गर्दा लुईंटेल गरे झन्डै ३१ लाख

ओखलढुङ्गा। प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. १ ओखलढुङ्गाका विजयी र पराजित दुवै प्रमुख उम्मेदवारले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन् । ...

छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार श्रेष्ठ पक्राउ

काठमाडौँ। छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा नेपाल शे...

प्रधानसेनापतिसँग अमेरिकी लेफ्टिनेन्ट जनरलको भेट

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक म...

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।आज नेप्से परिसूचक २६ दशमलव ०७ अङ्कले घटेर दुई हजार ७९८ दशमलव ८३ को ब...

समानुपातिक सांसदको सूचीमा कुनै पनि दलको त्रुटि छैन: निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ सांसदका लागि दलहरूले पठाएको सूचीमा कुनै त्रुटि नभएको जनाएको छ। आयोगको कानुन तथा राजनीतिक दल व्यव...

काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ । यसका...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि: भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यवृद्धिको विरोध गर्दै सरकारले तत्काल सार्वजनिक यातायातको भाडा...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: