Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

नेपाल नेत्रज्योति सङ्घको अध्यक्षमा पुनः प्रा डा पन्त

खबरडबली संवाददाता

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको अध्यक्ष पदमा प्रा डा चेतराज पन्त पुनः निर्वाचित भएका छन् । भरतपुरको चितवनमा हालै सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले उनलाई दोस्रो कार्यकालका चयन गरेको हो ।  

नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको आतिथ्यतामा यही चैत्र २३ र २४ गते सम्पन्न अधिवेशनले प्राडा पन्तको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ । सङ्घको विधानबमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये एक जना अध्यक्ष, १२ जना खुला सदस्य र दुई जना महिला सदस्य गरी १५ सदस्य अधिवेशनमार्फत निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै सदस्य पदमा कृष्णकुमार गिरी, चिजकुमार मास्के, दिव्यप्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा नन्द श्रेष्ठ, नरबहादुर रोकाया, पद्मनारायण चौधरी, विष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरतबहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्र्मा, मन्जु कँडेल र प्रा डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचित सदस्यमध्ये बाट नै पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्थाबमोजिम अधिवेशनलगत्तै बसेको केन्द्रीय समिति बैठकले सङ्घको वरिष्ठ उपाध्यक्षमा पोखरेल, महासचिवमा चन्द र कोषाध्यक्षमा मास्केलाई जिम्मेवारी तोकिएको छ । 

त्यस्तै सङ्घका सातवटै प्रदेशका प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्थाबमोजिम कोशी प्रदेश सभापति श्यामसुन्दर उदास, मधेश प्रदेश सभापति रवीन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा चयन भएका छन्, भने बाँकी सदस्य केन्द्रीय समितीले मनोनीत गर्ने सङ्घले जनाएको छ ।  

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य

विराटनगर । कोशी प्रदेशसभाको पाचौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख अम्बरबहादुर विष्टले कोशी प्रदेशसभाको पाँचौं तथा बर्खे अधिवेशन आज राति १२ बजेदे...

वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारकाे जोड छ: उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले नवीन सोच र प्रविधिमा आधारित स्टार्टअप व्यवसायलाई वित्तीय पहुँच सुुनिश्चित गर्न सरकारले जोड द...

क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठग्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिने भन्दै रु १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ...

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ ।  बैठकमा पार्टी केन्द्रीय का...

उदयपुरको कटारी सोरुङ्गछविसेमा आमा-छोरा हत्याका अभियुक्त सार्वजनिक

कटारी । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेमा गत भदौ २० मा भएको आमा-छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार एक जनालाई सार्वजनिक गरेको छ ।  ...

रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ ।  सहकारीको बचत अप...

नेपाली सेनाको अगुवाईमा रौतहटमा ७ हजार वृक्षारोपण

रौतहट । रौतहटमा नेपाली सेनाको अगुवाईमा बृहत रुपमा वृक्षारोपण गरिएको छ । संबिधान दिवसको अवसर पारेर नेपाली सेनाको अगुवाईमा रौतहटको चुरे क्षेत्रमा बिभिन्...

राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।  राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्...

चितवन कांग्रेस विद्युतीय हाजिरीमा अभ्यस्त

चितवन । नेपाली कांग्रेस पार्टी कार्यालय चितवनले पार्टीका जिल्ला नेताहरुका लागि विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । जिल्लास्तरीय नेताहरूको पार्टी कार...

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

मुस्ताङ​ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२ वर्षदेखि अध्यापन गराउँदै आएका पोखराका नारायण पौड...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy