Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

नेपाल नेत्रज्योति सङ्घको अध्यक्षमा पुनः प्रा डा पन्त

खबरडबली संवाददाता

काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको अध्यक्ष पदमा प्रा डा चेतराज पन्त पुनः निर्वाचित भएका छन् । भरतपुरको चितवनमा हालै सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले उनलाई दोस्रो कार्यकालका चयन गरेको हो ।  

नेपाल नेत्रज्योति सङ्घ चितवन शाखाको आतिथ्यतामा यही चैत्र २३ र २४ गते सम्पन्न अधिवेशनले प्राडा पन्तको नेतृत्वमा आगामी चार वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेको छ । सङ्घको विधानबमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये एक जना अध्यक्ष, १२ जना खुला सदस्य र दुई जना महिला सदस्य गरी १५ सदस्य अधिवेशनमार्फत निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै सदस्य पदमा कृष्णकुमार गिरी, चिजकुमार मास्के, दिव्यप्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा नन्द श्रेष्ठ, नरबहादुर रोकाया, पद्मनारायण चौधरी, विष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरतबहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरिप्रसाद शर्र्मा, मन्जु कँडेल र प्रा डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

निर्वाचित सदस्यमध्ये बाट नै पदाधिकारीको कार्यविभाजन गर्ने व्यवस्थाबमोजिम अधिवेशनलगत्तै बसेको केन्द्रीय समिति बैठकले सङ्घको वरिष्ठ उपाध्यक्षमा पोखरेल, महासचिवमा चन्द र कोषाध्यक्षमा मास्केलाई जिम्मेवारी तोकिएको छ । 

त्यस्तै सङ्घका सातवटै प्रदेशका प्रदेश सभापति केन्द्रीय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्थाबमोजिम कोशी प्रदेश सभापति श्यामसुन्दर उदास, मधेश प्रदेश सभापति रवीन्द्रलाल चौधरी, बागमती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा डा दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्रबहादुर सिंह केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा चयन भएका छन्, भने बाँकी सदस्य केन्द्रीय समितीले मनोनीत गर्ने सङ्घले जनाएको छ ।  

सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखा सञ्चालनमा छन् । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आवको लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्तिको प्रस्तावसमेत पारित गरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: