कञ्चनपुर । सीमा क्षेत्रको समग्र अवस्थाबारे स्थलगत अनुगमन तथा सीमावासी नागरिक र जनप्रतिनिधिसित छलफलका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा साताव्यापी चौबीसैँ घण्टा पैदल गस्ती सुरु गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीको आयोजनामा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोलीले कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट सो पैदल गस्ती सुरु गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दले सीमा क्षेत्रमा सीमास्तम्भ, दशगजाको रेखदेखका साथै सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण, मानव बेचबिखन तथा लागुपदार्थ आयात नियन्त्रणलगायतका विषयलाई लक्षित गरी साताव्यापी पैदल गस्ती कार्यक्रम सुरु गरिएको जानकारी दिए ।
“सो क्रममा सीमाका नागरिकसित सीमा क्षेत्रको समग्र अवस्थाका विषयमा छलफलका साथै जनप्रतिनिधिसित टोलीले संवाद र छलफल गर्नेछ”, गणपति सशस्त्र प्रहरी उपरीक्षक चन्दले भने, “आगामी दिनमा सुदूरपश्चिममा नियमितरुपमा उक्त गस्ती भइरहनेछ ।”
उनले कञ्चनपुरको सीमा क्षेत्रको गस्ती सकिनासाथ कैलालीमा पनि सुरु हुने जानकारी दिए । “कैलाली सकिएपछि फेरि कञ्चनपुरमा सुरु हुन्छ”, चन्दले भने, “अब यो क्रम निरन्तर चलिरहँदा सीमा संरक्षणका साथै सीमा क्षेत्रको अवैध गतिविधिदेखि आपराधिक क्रियाकलाप नियन्त्रण हुन्छ ।”
उनले सशस्त्र प्रहरी बल केन्द्रको योजनाअनुसार आइतबारदेखि यहाँ गस्ती सुरु भइसकेको जानकारी दिए । डोकेबजारस्थित नेपाल–भारत सीमास्तम्भ नम्बर ७५२/७ बाट सुरु भएको गस्तीको नेतृत्व सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चन्दले गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: