Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

‘खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना आवश्यक’

खबरडबली संवाददाता

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । 

सङ्घीय खानेपानी तथा ढल निकासी विभागद्वारा आज  धनुषाको लालगढमा आयोजित मधेस प्रदेशका लागि गुणस्तरयुक्त थोक खानेपानी  वितरणसम्बन्धी परामर्श गोष्ठीमा उनले मधेसको दक्षिणी भूभागमा केही वर्ष यता पानीको सतह घटेपछि सुक्खा याममा खानेपानीको हाहाकार हुँदै आएको जनाउँदै दुवैखाले योजनालाई अगाडि बढाउन सङ्घीय सरकारलाई आग्रह पनि गरे । 

सङ्घीय सरकारले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही पानीलाई प्रशोधन गरी मधेसका छ जिल्लामा खानेपानी आपूर्ति गर्ने नीति लिएकामा धन्यवाद दिँदै मुख्यमन्त्री यादवले भने, “योजना सराहनीय छ, मधेस सरकार हातेमालो गर्न प्रतिबद्ध छ, यो योजना पूरा हुन धेरै समय लाग्छ, तसर्थ तत्कालीन योजना अघि बढाउन आवश्यक छ, हामीलाई सहयोग गर्नुस्, मधेसका चापाकल अहिले नै सुक्न थालेका छन्, तत्कालीन योजनाका लागि सङ्घ सरकारलाई आग्रह गर्दछु ।”

सङ्घीय खानेपानीमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रतिनिधिसभाको महिला, बालविकास तथा सामाजिक समितिका सभापति किरण साह, पूर्वखानेपानीमन्त्री महेन्द्र राय यादव, मधेस सरकारका ऊर्जा, खानेपानी तथा सिँचाइमन्त्री सिंघासन साह कलवारलगायतका वक्ताले मधेसमा खानेपानी आपूर्तिको अवस्था र आगामी रणनीतिबारे आ–आफ्नो धारणा राखेका थिए । 

खानेपानी तथा ढल निकास विभागका निर्देशक कमलराज श्रेष्ठले थोक खानेपानी आपूर्ति प्रणालीसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सुनकोशी मरिन डाइभर्सनको पानीमध्ये केही भागलाई प्रशोधन गरेर मधेस प्रदेशको धनुषादेखि पर्सासम्म खानेपानी सप्लाइ गरी दीर्घकालीन समाधान गर्न सकिने बताए । सो परियोजनाका लागि रु ४६ अर्ब २० करोड १० लाख १५ हजार चार सय ८८ लागत अनुमान गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: