Khabar Dabali २९ फाल्गुन २०८२ शुक्रबार | 13th March, 2026 Fri
Investment bank

केरा किसानले अझै पाएनन् बीमाबापतको रकम

खबरडबली संवाददाता

चितवन । जिल्लामा केरा खेती गरेर बसेका किसानले विगत १० महिनादेखि बीमा दाबी भुक्तानी पाउन सकेका छैनन् । यहाँ रहेका २८ जना केरा उत्पादक किसानले बीमाबापतको रकम पाउन नसकेका हुन् ।

केरा उत्पादक सङ्घ चितवनका उपाध्यक्ष शङ्कर सुवेदीका अनुसार गत वर्ष वैशाख, जेठमा आएको हावाहुरीका कारण क्षति भएका केराको बीमा दाबी भुक्तानी अहिलेसम्म नपाएका हुन् । उनले भने, “मेरो ५५ बिघा क्षेत्रफलमा लगाएको केरामा क्षति भयो । अहिलेसम्म बीमा दाबी भुक्तानी पाउन सकेको छैन ।”

हरेक वर्ष साउनमा व्यावसायिक किसानले बाली बीमा गर्ने गर्दछन् । जिल्लामा करिब तीन सय किसानले केराको बीमा गरेका छन् । ती बीमित किसानले रु आठ करोड हाराहारी बीमा दाबीसहित निवेदन दिएको उनले बताए । 

जसमध्ये अधिकांशको बीमाबापतको रकम सुरुआतमा नै आएको भए पनि अहिलेसम्म बाँकीको रकम नआउँदा किसान मर्कामा परेको उनले जानकारी दिए । उनले भने, “अझै चितवनका केरा उत्पादक किसानले बीमा दाबी भुक्तानीमार्फत रु एक करोड ५० लाखदेखि दुई करोडसम्म पाउन बाँकी छ ।”

सङ्घका पूर्वअध्यक्ष घनश्याम महतो आर्थिक वर्ष २०७८/०७९ को बीमाबापतको रकम पाउन नसकेको बताए । उनले भने, “किसानले पटकपटक बीमा कम्पनीमा सम्पर्क गर्दा पनि भुक्तानी पाउन सकेका छैनन् ।” क्षति भएको ३५ दिनभित्र बीमाबापतको रकम दिने भनिएको भए पनि दश महिनादेखि रकम पाउन नसक्दा किसान समस्यामा परेको उनले बताए । उनले भने, “किसान गयो पैसा निकासा भएको छैन भनेर पठाउँछ ।”

शिखर इन्सुरेन्स कम्पनी लि नारायणगढ शाखाका व्यवस्थापक अरुणदेव आचार्य राज्यले दिने अनुदान रकम निकासा नहुँदा किसानले बीमा भुक्तानी पाउन कठिन भएको बताए । उनले भने, “किसानले निवेदन दिएको लामो समय भयो । समस्यामा परेका छन् । अब केही निकास निस्किन्छ होला ।” अहिले सरकारले अनुदानबापतको रकम पठाएको आफूले जानकारी पाएको जनाउँदै उनले केही समयमा नै भुक्तानीबापतको रकम पाउन सक्ने बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: