सुनसरी । सुनसरी सदरमुकाम इनरुवा–९ बवियाबाट गोली प्रहार गरी रु पाँच लाखभन्दा बढी रकम लुटपाट गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।
पक्राउ पर्नेमा सप्तरी हनुमान कङ्कालिनी–३ का २९ वर्षीय इब्रान मन्सुरी मियाँ र भोक्राहा नरसिंह–४ का ३६ वर्षीय उमेश मुखिया रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयले पक्राउ परेका दुवै जनालाई आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो । पक्राउ परेकाको साथबाट प्रहरीले लुटपाटमा प्रयोग भएको एउटा मोटरसाइकल र नगद रु एक लाख दुई हजारसमेत बरामद गरेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।
गत बुधबार दिउँसो इनरुवा–९ स्थित नहरको डिलमा सुनसरी हरिनगर–२ का ६१ वर्षीय साहिरा मियाँ र उनका नाती आसिफ अन्सारीमाथि गोली प्रहार गरी रु पाँच लाख ३५ हजार लुटपाट गरेका थिए ।
जग्गा बिक्री गरेर रु पाँच लाख ३५ हजार लिएर घर फर्किरहेका बेला साथबाट लुटिएको रु एक लाख दुई हजार मात्र बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।
लुटपाटमा संलग्न अन्य एक जनाको पहिचान भइसकेको र बाँकी रकम चाँडै बरामद गरिने भण्डारीले जानकारी दिए । पक्राउ परेकालाई अदालतबाट छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घटनामा सङ्लग्न एक जनाको खोजी कार्य भइरहेको र चाँडै कानुनी दायरामा ल्याउने प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८१ - २०:५५
काठमाडौं । सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूच्ना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आइतबार न...
पौष ७ गते, २०८१ - २०:४१
लागोस । नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन...
पौष ७ गते, २०८१ - २०:२६
काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीत...
पौष ७ गते, २०८१ - २०:१५
पाेखरा । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभ...
पौष ७ गते, २०८१ - १९:४०
इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर, गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेप...
पौष ७ गते, २०८१ - १८:४९
महोत्तरी । महोत्तरी कारागारका एक थुनुवाको हृदयाघातबाट मृत्यु भएको छ । लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पूर्पक्षका लागि थुनामा रहेका सिन्धुली...
पौष ७ गते, २०८१ - १८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ । महाशाखाका मौसमवि...
पौष ७ गते, २०८१ - १८:३०
काठमाडौं । जिल्ला प्रहरी कार्यकालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेको सांसद पद निलम्बन गर्न प्रतिनिधिसभाक...
पौष ७ गते, २०८१ - १८:१६
काठमाडौं । काठमाडौंको बानेश्वरस्थित साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ परेका छन् । उनलाई सहकारीको करम अपचलनबारे अनुसन्धानक...
पौष ७ गते, २०८१ - १८:०८
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घ...
प्रतिकृया लेख्नुहोस्: