विराटनगर । तरुण दल कोशीका केन्द्रीय सदस्यहरुले निरङ्कुश कम्युनिष्टहरुले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको बताएको छ ।
एमाले र माओवादीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिनुका साथै तीन जना मन्त्रीहरुले सोमबार राजीनामा बुझाएका थिए । उक्त घटनाप्रति आपत्ती जनाउँदै काँग्रेसको भातृ संगठन तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्हरुले मंगलबार एक विज्ञप्ति जारी गर्दै नाटकीय रूपमा संविधान विपरीत सर्वसत्तावादी सोच, लोकतन्त्रमा विश्वासमा नराख्ने निरंकुश कम्यूनिष्टहरूले सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रिपरिषद्बाट राजीनामा दिएको दाबी गरेका हुन् ।
‘नेपालको संविधानको मूलमर्मलाई जोगाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनजीविकाको सवाल र प्रदेशको विकास निर्माणलाई तीब्र गतिमा अगाडि बढाइरहेको अवस्थामा नियोजित रुपमा अवरुद्ध पार्ने, संविधानविरुद्ध बलमिच्याई गर्ने तत्वका विरुद्ध नेपाल तरुण दल वैचारिक र कानूनी बहस गर्न तथा संविधानको रक्षार्थ सतिशाल झैं उभिने र आवश्यकता अनुसार प्रतिकारमा उत्रने समेत तयार रहेको कुरा सम्प्रेसण गर्न चाहान्छौं’, विज्ञप्तिमा भनिएको छ । यस्तै कोशी प्रदेश प्रमुख पर्शुराम खापुङलाई संविधानको रक्षा र पालना गर्न आग्रह गर्दै संविधान विपरीत कसैको उक्साहट र प्रलोभनमा पारेर सरकारका विरुद्ध कुनै पनि कदम नचाल्न आग्रह पनि गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०८१ - २१:३५
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...
जेष्ठ ५ गते, २०८१ - २१:२८
काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...
जेष्ठ ५ गते, २०८१ - २१:०५
काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...
जेष्ठ ५ गते, २०८१ - १२:१४
काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...
जेष्ठ ५ गते, २०८१ - १२:११
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...
जेष्ठ ५ गते, २०८१ - १०:०५
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...
जेष्ठ ५ गते, २०८१ - १०:०३
कञ्चनपुर । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...
जेष्ठ ५ गते, २०८१ - १०:००
काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...
जेष्ठ ५ गते, २०८१ - ०९:५७
काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । ...
जेष्ठ ५ गते, २०८१ - ०९:५३
मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...
प्रतिकृया लेख्नुहोस्: