Ntc summer Offer
Khabar Dabali १० असार २०८१ आईतवार | 23rd June, 2024 Sun
NIMB

पाकिस्तानमा सडक दुर्घटनामा परी ३५ जनाको मृत्यु

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तानमा दुई छुट्टाछुट्टै सडक दुर्घटनामा शनिबार कम्तीमा ३५ जनाको मृत्यु भएको छ । 

पाकिस्तानको पञ्जाब प्रान्तको खुशाब जिल्लामा १७ जना यात्रु बोकी सडकमा गुडिरहेको एउटा ट्रक दुर्घटनामा कम्तीमा पाँचबालबालिकासहित १३ जनाको मृत्यु भएको छ । उक्त घटनामा कम्तीमा चार जना घाइते भएका छन् ।

मृतकमध्ये अधिकांश एकैघरका सदस्य रहेको बताइएको छ । उद्धार अधिकारीका अनुसार बन्नुबाट खुशाबको सून उपत्यका जाँदै गरेको र तीव्र गतिमा रहेको ट्रक चालकको लापर्बाहीका कारण सडकबाट चिप्लिएर केही तल खाल्डोमा खसेको थियो । 

दुर्घटनापछि घटनास्थलमा उद्धार टोलीले मृतक र घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेका थिए । 
यसैगरी कराँचीबाट बलुचिस्तानको शाह नुरानी मस्जिदमा तीर्थयात्रीहरू लिएर जाँदै गरेको अर्को एक ट्रक दुर्घटनाग्रस्त हुँदा कम्तिमा १८ जनाको मृत्यु भएको र करिब ५० जना घाइते भएका छन् ।

उक्त घटनापछि मृतक र घाइतेहरूलाई तुरुन्तै कराँची ट्रमा सेन्टरमा पठाइएको थियो । घाइतेजनको अहिले उपचार भइरहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

३३ केभी प्रसारण लाइनको विवाद समाधान

सुर्खेत । स्थानीयको अवरोधको कारण अवरुद्ध भएको चिसापानी–बावियाचौर– बड्डीचौर वीरेन्द्रनगर ३३ केभी विद्युत् प्रसारण लाइनको समस्या समाधान भएको छ । मुख्यमन...

सिन्धुलीकाे एक गोठमा भेटियो ६ सय १५ किलो गाँजा

सिन्धुली । हरिहरपुरगढी गाउँपालिका-७ चिसापानीबाट अवैध लागु औषध गाँजासहि एक जना पक्राउ परेका छन् । ६ सय १५ किलो ९३ ग्रामसहित सोही ठाउँ बस्ने उदयपुर कटार...

उदयपुर र स्याङ्जामा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

काठमाडौं । उदयपुर र स्याङ्जामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरको बेलका नगरपालिका-५ घुम्नेस्थित सडकमा सुपाडेबाट चता...

वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौँ कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय...

बुटवल उपमहानगरले ल्यायो २ अर्ब ९९ करोडको बजेट

बुटवल । बुटवल उपमहानगरपालिकाले २ अर्ब ९९ करोड २२ लाख बराबरको बजेट ल्याएको छ ।  आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेश्र...

मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–७, दुगुवाङमा जंगली च्याउ खाएर गम्भीर बिरामी परेका एक ज...

वरिष्ठ सचिव लीलादेवी गडतौलाले निमित्त मुख्य सचिवको जिम्मेबारी सम्हाल्ने

काठमाडौं । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मुख्यसचिव डा.वैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका छन् । अर्याल निलम्बनमा परेपछि प्रधानमन्त्र...

अशोक राई नेतृत्वको जसपाले बोलायो पहिलाे केन्द्रीय समितिको बैठक

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक डाकेकाे छ । जनता समाजवादी पार्टी नेपालबाट अलग भएर राई नेतृत्वमा बनेको जनता...

धमाधम छायांकनमा फिल्म एक्टर

काठमाडौं । फिल्म ‘एक्टर’को हाल धमाधम छायांकन भइरहेको छ । फिल्ममा नायक प्रदीप खड्का र नायिकाद्धय दिव्या रायमाझी र आना शर्मा मुख्य भूमिकामा छन् । दिव्या...

संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न मन्त्री गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन

काठमाडाैं । संघीय संसद् सचिवालयका कर्मचारीको माग सम्बोधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies