काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ । आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो भने पूर्वी तराईमा पनि अधिकतम तापक्रम ४० डिग्री सेल्सियसकै आसपासमा पुगेको छ ।
तराई मधेशका धेरै जिल्लामा न्यूनतम तापक्रम पनि २७–२८ डिग्री सेल्सियसको आसपासमा रहेकाले रातमा पनि अत्याधिक गर्मी हुने गरेको छ । तराई मधेशका जिल्लामा तातो हावाको लहर अझै केही दिन चल्ने देखिएको छ ।
मौसम तथा जलवायु विज्ञहरुले अझै केही दिन तराई मधेशमा गर्मी बढ्ने अनुमान गरेका छन् । कतिपय ठाउँमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
संयुक्त राष्ट्रसंघको विपद जोखिम न्यूनिकरण कार्यालयले तातो हावाको लहर अर्थात् ’लू’ लाई जलवायुजन्य विपद मानेको छ ।
तर नेपालमा केन्द्रीय स्तरमा तथा पालिकामा आवश्यक पूर्व तयारी पाइँदैन । मौसम पूर्वानुमान महाशाखाले भने तापक्रम वृद्धिको पूर्वानुमानको आधारमा सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८१ - १५:१५
काठमाडौं । आफ्नै छोरा र दाइद्वारा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीणको मंगलबार राति अत्येष्टि गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालको...
पौष १० गते, २०८१ - १५:०८
काठमाडौं । प्रहरीले काठमाडौंबाट ९२ लाख रुपैयाँसहित पुनः तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवा घर भएका जितबहादुर तामाङ, संखुवासभा घर भएका ...
पौष १० गते, २०८१ - १४:४६
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणको मुद्दा अदालती प्रक्रियामा छ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने ...
पौष १० गते, २०८१ - १४:१२
काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक तीन घण्टा ढिलो गरी सुरु भएको छ। पार्टी मुख्यालय च्यासलमा ११ बजेका ला...
पौष १० गते, २०८१ - १३:५०
काठमाडौं । बिहान ११ बजे बस्ने गरी बोलाइएको एमाले सचिवालय बैठक अझै सुरु भएको छैन । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेगर...
पौष १० गते, २०८१ - १३:२३
काठमाडौं । बाध्यात्मक देहव्यापारमा संलग्न एक युवती (यौनकर्मी) माथि शारीरिक आक्रमण भएको दुई महिना बितिसक्दा पनि न्याय पाएकी छैनन् । रत्नपार्क, पुरान...
पौष १० गते, २०८१ - १३:१५
काठमाडौं । मानिसहरू सबैकाम भुल्न सक्छन् तर सास लिने काम भुलियो भने ज्यानै जान सक्छ । त्यसैले सास लिन कहिलेपनि भुलिँदैन । यहाँ एउटी बच्चीले सुत्ने बेला...
पौष १० गते, २०८१ - १३:११
सुनसरी । जिल्ला सदरमुकाम इनरुवा-२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै आएका छन् । रोजगारीको खोजीमा दैनिक रूप...
पौष १० गते, २०८१ - १२:०६
ललितपुर । ललितपुरकाे च्यासलमा एक युवकमाथि चच्कु प्रहार गरी हत्या गरेको प्रकरणमा पक्राउ परेका मध्ये एक जनालाई प्रहरीले रिहा गरेको छ । सुनसरीको इटहरी...
पौष १० गते, २०८१ - ११:५८
मुग्लिन । सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले इच्छाकामना गाउँपालिका र रत्ननगर नगरपालिकाका नौ सय ५० विपन्न परिवारलाई सुधारि...
प्रतिकृया लेख्नुहोस्: