Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

सोलुखुम्बुको थुलुङ दुधकोशीमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु

खबरडबली संवाददाता

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशीमा ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु भएकाे छ । गाउँपालिका ‘मेरो कित्ता अनलाईन प्रणाली सेवा’ सुरु गर्ने पहिलो पालिका बनेको हाे ।

जिल्लाका ८ स्थानीय तहमध्ये सेवा प्रवाह गर्ने थुलुङ दुधकोशी गाउँपालिका पहिलो स्थानीय तह बनेसँगै अबदेखि नापी कार्यालयबाट प्राप्त गरिने नक्सा प्रिन्ट, फिल्ड बूक उतार, प्लट रजिष्टर प्रिन्टलगायतका सेवा गाउँपालिकाबाटै प्राप्त हुनेछ ।  यसअघि नक्सा प्रिन्ट गर्नकै लागि पनि नापी कार्यालय सदरमुकाम सल्लेरी नै पुग्नुपर्ने बाध्यता सेवाग्राहीलाई थियो । तर, अबदेखि थुलुङ दुधकोशी गाउँपालिकाको कार्यालय, मुक्लीबाटै यी सेवाहरू प्राप्त गर्न सकिने गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।

सेवा सञ्चालनका लागि नापी कार्यालय सोलुखुम्बुका प्रमुख प्रमोद गरागाईंले आवश्यक यूजर र पासवर्ड गाउँपालिका अध्यक्ष असिम राईलाई हस्तान्तरण गरेका छन् । यूजर पासवर्ड ग्रहण गर्दै अध्यक्ष राईले नागरिकलाई सहजरूपमा सेवा प्रवाहको लागि गाउँपालिकाले अथक प्रयास गरिरहेको बताए । “पालिकाका नागरिकलाई सहज ढङ्गले सेवा उपलब्ध गराउने सवालमा सबै पक्षसँग समन्वय गरी काम गरिरहेका छौँ,” उनले भने, “यसमा हाम्रो कुनै सम्झौता रहँदैन ।”

अध्यक्ष राईले गाउँपालिकाबाटे सेवा सुरु भएपछि एकसय राजश्व तिरेर प्राप्त हुने नक्सा प्रिन्टको लागि हजारौं खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए । सदरमुकाम पुगेर मात्रै प्राप्त गरिने सेवा गाउँपालिकाबाटै पाइने भएपछि सेवाग्राही उत्साहित भएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सरकारलाई प्राथमिकताका आधारमा बजेट विनियोजन गर्न कांग्रेस नेता रिजालको सुझाव

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताएका छन्। शनिबार काठमाड...

आरजे इन्टरटनमेन्टले शुरुवातमै ल्यायो प्रियंकाको गीत

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की अभिनित रोमान्टिक गीत ‘कालोकालो कपालमा खैरो कलरलाकी’ सार्वजनिक गरिएको हो । राजनराज सिवाकोटीको शब्द, संगीत, स्वर र...

तराईमा साउदी कतार जत्तिकै उच्च गर्मी, अझै केहीदिन ४० डिग्री आपसाप रहने

काठमाडौं । आज पनि तराई मधेशमा तातो हावाको लहर चल्दा जनजीवन कष्टकर भएको छ ।  आज पश्चिम तराईका धेरैजसो जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा म...

गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु

काठमाडौं । भारतको हरियाणामा गुडिरहेको बसमा आगो लाग्दा ८ जनाको मृत्यु भएको छ । २० जना घाइते भएका छन् । कुंडली-मानेसर-पलवल हाइवेको नूंह भन्ने स्थानमा...

बालुवाटार पुगे देउवा प्रधानमन्त्रीसँग छलफल गर्न

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् ।...

प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गर्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरू बालुवाटार पुगेका छन् । माओवादी केन्द्...

१२ वर्षीया बालिका बलात्कारकाे आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ

कञ्चनपुर  । कञ्चनपुरमा बालिकालाई करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बेलौरी नगरपालिका-५ भकुण्डा की १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको ...

प्रहरीका चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालयको...

ट्राफिक प्रहरीको लापसे चेकिङ : ६ जना चालकहरू नियन्त्रणमा

काठमाडाैं । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ६ जना चालकहरुलाई शुक्रबार ट्राफिक प्रहरीले काठमाडौंको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ ।  ...

जिल्ला अस्पताल मुगुमा छैन सिटामोल, सरोकारवाला निकाय बेखबर

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ । औषधि अभाव हुँदा सरोकारवाला नियकायले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies