काठमाडौं । डा पुरण राईद्वारा लिखित ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह सामाजिक यथार्थवादी रहेको नेपाली स्रष्टाहरुले बताएका छन् ।
‘नेपाल स्रष्टा समाज’ले काठमाडौंमा आयोजना गरेको पुस्तक अन्तक्र्रिया कार्यक्रममा वरिष्ठ रङ्गकर्मी अशेष मल्लले डा राईद्वारा लिखित नाटक सङ्ग्रहले सामाजिक चेतनालाई चित्रण गरेको बताए । “नाटक लेख्ने कार्य कविता र कथा लेखेजस्तो कोठामा बसेर लेख्ने विधा होइन । नाटक मञ्चमा मञ्चन भएपछि मात्रै कस्तो छ भनेर जानकारी हुन्छ । एक पटक लेख्दैमा र अभिनय गर्दैमा नाम र दाम खाज्ने प्रवृत्तिबाट रङ्गमञ्च र रङ्गकर्मीमुक्त हुनुपर्छ”, उनले भने ।
नेपालको नाट्य क्षेत्र दक्षिण एसियामै लोकप्रिय रहेको उल्लेख गर्दै उनले राज्यको साथ र सहयोग नपाए पनि युरोपसँग प्रतिस्पर्धा गर्नसक्ने हैसियत बनाएको वरिष्ठ रङ्गकर्मी मल्लले बताए ।
नाटक विधामा विद्यावारिधी गरेकी डा कान्छी महर्जनले नाटक भनेको साहित्यिक आयम मात्रै नभई रङ्गमञ्चिय आयम पनि भएकाले लेखक र निर्देशकको परिकल्पना भएको बताइन् । ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहमा सामाजिक यथार्थवादी धारका नाटक समाहित छन् । यी नाटकले समाजमा मान्छेको स्वार्थीपन कसरी देखिन्छ र प्रकट गर्छ भनेर उजिल्याउन खोजिएको डा महर्जनले बताइन् ।
नाटकमा ग्रामीण परिवेशमा बसोबास गर्ने नागरिकमा हुने मातृत्व प्रेम, पितृसत्तात्मक चेत, लाहुरेमा देशभक्ति, धामीझाक्रीका कथालाई समेटिएका छन् । छोटा र मध्यम किसिमका दृष्य रहेका नाटकले मानवीय चेतना जगाउने र रङ्गमञ्चमा सहज मञ्चन गर्न सकिन्ने उनको भनाइ थियो ।
फिल्म निर्देशक एवं पुरानो नाटक घरका निर्देशक सुलक्षण भारतीले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रह पढ्दा नाटकभन्दा पनि चलचित्र जस्तो लागेको बताए । नाटकमा इमोसन छ । साथै ग्रामीण परीवेश, भावना, यथार्थपरक नेपाली माटोको कथा पाएको निर्देशक भारतीले बताए ।
थिएटर मलका निर्देशक केदार श्रेष्ठले ‘लासमाथिको मानवता’ नाटक सङ्ग्रहले रङ्गमञ्चमा योगदान दिएको बताए । “नाटक लेख्दा दाम र नाम नहुने भएकाले धेरै समयदेखि नाटक लेखिएको छैन । यस्तो बेला लेखिएको नाटक सङ्ग्रहले रङ्गकर्मीलाई हौसला दिएको छ”, उनले भने ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा लेखक डा पुरण राई, स्रष्टा सामाजका महासचिव देविका तिमिल्सिना र सदस्य मधु पाठकले पनि सो पुस्तकबारे चर्चा गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...


प्रतिकृया लेख्नुहोस्: