ललितपुर । ललितपुरको बुङ्गमतीस्थित छयासीकोटमा रहेको आदर्श सौलः युवक माध्यमिक विद्यालयमा नेपाल प्रज्ञा-प्रतिष्ठानको “विद्यालयमा कुलपति” कार्यक्रम सम्पन्न भएको छ। कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा अन्तरक्रिया र कविगोष्ठी आयोजना गरिएको थियो।
सम्बोधन गर्दै कुलपति राईले भने– “तपाईँहरू नै साहित्यिक सिर्जनाको प्रारम्भिक केन्द्र हाे। कविता, कथा, निबन्ध, गीत, नाटक वा उपन्यास जुनसुकै विधामा तिमीहरूले अहिलेबाट सिर्जना थाले भने भविष्यमा भाषा, साहित्य र संस्कृतिमा उल्लेखनीय योगदान दिन सक्छौ।” उनले थपे– “साहित्य भनेको ध्यानजस्तै साधना हो। तिमीहरू सिर्जनामा लाग्दा आचरण र नैतिकतामा पनि उच्च बन्न सक्छौ।”
नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य–सचिव डा. धनप्रसाद सुवेदीले कार्यक्रममा भने– “यसले शिक्षक, विद्यार्थी र अभिभावकमाझ घुलमिल हुने वातावरण बनाएको छ। तपाईँहरूले जुनसुकै विषय अध्ययन गरे पनि सिर्जनामा हात हाल्न सक्नु कुन्छ, तर त्यसका लागि भाषामा अबल हुनैपर्छ।”
त्यसैगरी प्राज्ञसभा सदस्य चेतनाथ धमलाले भने– “विद्यालयमा कुलपति कार्यक्रमले तिमीहरूलाई प्रज्ञा-प्रतिष्ठानका गतिविधिसँग जोड्छ र लेखनतर्फ प्रेरित गर्छ। यो विद्यालय तिमीहरूको लागि गुणस्तरीय शिक्षाको केन्द्र हो।”
कार्यक्रमको अध्यक्षता गरेका विद्यालयका प्रधानाध्यापक ज्ञानभक्त महर्जनले भने– “म पनि यहीँको विद्यार्थी थिएँ। आज प्रधानाध्यापक भएर भाइबहीनीहरुमाझ उभिन पाउनु मेरो लागि गौरव हो। यो जमघट कुनै साधारण कार्यक्रम होइन, यो त तपाईँहरूको भावना र विचारको बगैँचा हो।”
कार्यक्रममा विद्यार्थी करिष्मा घर्ती मगर, हरिमाया पाण्डे, प्रतिभा न्यौपाने, रेखा पोखरेल, पुजन केसी, जीवन सुनुवार, आदित्य जैसीवाल, रञ्जना यादव, यशोदा थापा, सञ्जीव स्याङ्तान, आशिका लिम्बू र सीता बस्नेतले आफ्ना कविता वाचन गरेर तिमीहरूको सिर्जनशीलता प्रस्तुत गरेका थिए।
सहायक प्रधानाध्यापक डिल्लीमान श्रेष्ठले भने– “प्रज्ञा-प्रतिष्ठानले गरेको कामबारे आज भाइबहीनीहरूले प्रत्यक्ष थाहा पाउनु भयाे । प्राज्ञिक पदाधिकारीलाई स्वागत गर्न पाउनु हाम्रो विद्यालयको गर्व हो।”
शिक्षक दिनेश खड्गाले धार्मिक विसङ्गतिबारे कविता प्रस्तुत गर्दै भने– “यो कार्यक्रमले
विद्यालयका विद्यार्थीहरूलाई साहित्य, संस्कृति र कला सिर्जनामा लाग्न थप प्रेरणा दिएको छ।”
दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत आदर्श सौलःमा यो कार्यक्रम स्मरणीय बनेको विद्यालयले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: